निर्णय नं. ६२१६ - लेनदेन.

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२१६ - लेनदेन. भाग: ३८ साल: २०५३ महिना: असोज अंक: ६ फैसला मिति :२०५२/०१/०५ ३०६९ निर्णय नं. ६२१६ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्बत् २०५० सालको दे.पु. नं. ११३९, १७५० फैसला मिति २०५२।१।५।३ मुद्दाः लेनदेन । पुनरावेदक वादी जिल्ला पर्सा, प्रसौनी विर्ता गा.वि.स. वडा नं. ५ बस्ने जोतिया तत्मिन विरुद्ध प्रत्यर्थी प्रतिवादी - ऐ.ऐ. बस्ने गेनिया तत्मिन पुनरावेदक- प्रतिवादी जिल्ला पर्सा, प्रसौनीविर्ता गा.वि.स. वडा नं. ५ बस्ने गेनिया तत्मिनको मु.स. गर्ने चनरदास तत्मा । प्रत्यर्थी वादी - ऐ.ऐ. बस्ने जोतिया तत्मिन तमसुकमा केवल महिना मात्र उल्लेख भएको अवस्थामा सो महिनाको शुरुको मितिलाई इङ्गीत गरेको मान्न मिल्ने अवस्था देखिँदैन । महिनाको मात्र उल्लेख भएकोमा सो महिनाको अन्तिम दिनलाई नै इङ्गीत गरेको मान्नु पर्ने । (प्र.नं. १६) महिनाको शुरु देखि अन्तिम दिन भन्दा अगाडिलाई इङ्गीत गर्न पर्ने अवस्थामा सो दिनलाई लिखतमा नै उल्लेख गरिने अवस्था हुन्छ । त्यसरी दिन (गते) को उल्लेख नभएको अवस्थामा उल्लेखित महिनाको अन्तिम दिनलाई नै इङ्गीत गरेको मान्नु न्यायिक दृष्टिबाट पनि उचित र विवेकपुर्ण देखिन आउने। (प्र.नं. १६) पुनरावेदक तर्फबाट – विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद लम्साल प्रत्यर्थी तर्फबाट-विद्वान अधिवक्ता श्री विनोद रोक्का अवलम्बित नजिर- × फैसला न्या. केशव प्रसाद उपाध्याय- पुनरावेदन अदालत, हेटौंडाको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनहरु न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यसै अदालतको अधिकार क्षेत्र भित्रको भएकोले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । 2. प्रतिवादीले घर खर्च गर्न रु. २५००१।– कर्जा लिई सयकडा १० का दरले ब्याज लगाई साँवा ब्याज समेत २०४२ साल चैत्र मसान्तमा एकमुष्ट चुक्ती बुझाउने भाखा गरी मिति २०४२।१०।२९ गतेमा कपाली तमसुक लेखी दिएकोमा भाखामा साँवा व्याज समेत नबुझाएकोले लिखतमा मिति २०४२।१०।२९ गते भएपनि २०४२।१०।१ गते नै मानिने हुँदा सो मिति देखि आजतकको व्याज रु. ४६९४।– समेत साँवा जम्मा रु २९६९४।– र फैसला मिति भरी भराउ हुने अवस्था सम्मको व्याज समेत दिलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । 3. वादी जोतिया र निजका लोग्ने जोधा तत्मा समेत ६ जनाले २०४४।१०।१ गते करकाप गरी के लेखेको नेपाली कागज थान २ मा सहिछाप गरी लिएको, सो बारे वादी समेत उपर २०४४।९।३ मा करकाप मुद्दाको फिराद दायर गरेको छु । करकाप गरी सहिछाप गराएको सोही कागजबाट यो फिराद गरेका हुन् वा के कसो कागज हो, अदालतबाट सो कागजहरु वादीबाट झिकाई मलाई देखाएको बखत यकीन गरी छुट्याउने हुँदा फिराद दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गेनिया तत्मिनको प्रतिउत्तर पत्र । 4. वादीले पेश गरेको सक्कल लिखत देखे, सो लिखत करकापसँग गराई लिएको हुँदा करकाप मुद्दा नं. ७० को मुद्दा दायर गरेको छ । लिखत बमोजिमको रुपैयाँ लिएको छैन भन्ने समेत व्यहोराको प्रतिवादीको वारेश रामदासले गरेको बयान । 5. पेश गरेको लिखत सद्दे व्यवहारबाट भएको हो । करकापबाट सहिछाप गराएको होइन, छैन । प्रतिवादीले रुपैंया लिई लिखत गरी दिएको हो भन्ने समेत व्यहोराको वादीको वा. साहेवल राम हजारीले गरेको बयान । 6. साथै पेश भएको करकाप मुद्दामा आज यसै बेन्चबाट करकाप गरेको ठहरी फैसला भएको लिखत हेर्दा पनि लिखत कागजमा सहिछाप परेपछि सो सहिछाप परे म