निर्णय नं. ६२१७ - विषयः उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२१७ - विषयः उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ । भाग: ३८ साल: २०५३ महिना: असोज अंक: ६ फैसला मिति :२०५३/०१/२० २८१० निर्णय नं. ६२१७ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्बत् २०५२ सालको रिट नं. ३०३२ आदेश मिति २०५३।१।२०।५ विषयः उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ । निवेदक- ललितपुर जिल्ला, ललितपुर नगरपालिका वडा नं. ३ धोवीघाट बस्ने बर्ष ६० को कृष्णबहादुर बस्नेत ऐ.ऐ. बस्ने बर्ष ४६ को भवानी बस्नेत ऐ.ऐ. बस्ने बर्ष ४३ को मेनुका बस्नेत विरुद्ध विपक्षी- तत्कालिन ललितपुर नगर पंचायत विघटन भई सो को दायित्व बहन गर्ने गरी प्रतिस्थापन भएको ललितपुर नगरपालिका श्री प्रमुख, ललितपुर नगरपालिका नापी कार्यालय,धौगल ललितपुर ललितपुर जिल्ला, ललितपुर नगरपालिका वडा नं. ३ धोवीघाट बस्ने अन्दाजी बर्ष ३५ को डुमरी राज बस्नेत ऐ.ऐ. बस्ने अं. बर्ष ६० को चन्द्र कुमारी बस्नेत ऐ.ऐ. बस्ने बर्ष ३२ को रमेश बस्नेत नगरपालिका ऐन, २०४८ को परिच्छेद ४ को काम कर्तव्य र अधिकार शीर्षक अन्तर्गत दफा १५ मा नगरपालिकाको काम, कर्तव्य र अधिकार मध्ये सोही दफाको उपदफा (१) को खण्ड (र) मा हक बेहक छुट्याउने बाहेक घर, पसल, सडक आली सन्धी सर्पन सम्बन्धी उजुर परेमा जाँची किनारा गर्ने भन्ने उल्लेख भै नगरपालिकालाई कुनै पनि व्यक्तिको हक भोगको सम्पत्तिमा हक बेहक हुने गरी निर्णय गर्ने अधिकार रहेको नदेखिने । (प्र.नं. ११) कुनै पनि मुद्दामा वादी प्रतिवादी बीच मुख नमिली सबुद प्रमाण बुझी विवाद विषयमा हक निश्चित गर्नु पर्ने हुन आउँछ भने त्यो मुद्दामा हक बेहकको प्रश्न समावेश भएको मान्नु पर्ने। (प्र.नं. ११) विवादित बाटो कायम गरी कित्ता काट गरी कायम हुन आएको बाटो निवेदकहरुले आफ्नो भनी जग्गा धनी प्रमाण पुर्जा समेत पेश गरेको स्थितिमा मञ्जुरी विना निजहरुको हक टुट्ने गरी बाटो कायम गरिएको क्रियाले हक बेहकको स्थिति समावेश भएको सम्झनु पर्ने । (प्र.नं.११) रिट अधिकारको सर्वमान्य सिद्धान्तमा क्षेत्राधिकारको त्रुटी देखिएमा आकर्षित हुन सक्ने भन्ने रहेको र प्रस्तुत विवादमा बाटो विषयमा दुवै थरका बीचमा विवाद परेको र यस्तो अवस्थामा सबुद प्रमाण बुझी निर्णय गर्नु पर्ने देखिन आएकोले मिति २०५१।६।१४ मा विपक्षी नगरपालिका प्रमुखले गरेको निर्णयमा अधिकार क्षेत्रात्मक त्रुटी देखिँदा उक्त मिति २०५१।६।१४ को विपक्षी नगरपालिकाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । ( प्र.नं. ११) प्रस्तुत बाटो सम्बन्धी विवादमा दुई थरीको विवाद भै हक बेहकको स्थिति सिर्जना भएकोले हक बेहकमा अदालतमा जानु भनी मुद्दाका पक्षलाई सुनाई दिनु भनी विपक्षी नगरपालिकाका नाउँमा परमादेश समेत जारी हुने । (प्र.नं. ११) निवेदक तर्फबाट – विद्वान अधिवक्ता श्री देवेन्द्र प्रधान विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र प्रसाद पाठक विद्वान अधिवक्ता श्री रक्ष बहादुर क्षेत्री विद्वान अधिवक्ता श्री वोर्ण बहादुर कार्की अवलम्बित नजिर- ने.का.प. २०५१ अंक ५ पृष्ठ ३९३ मा प्रतिपादित सिद्धान्त आदेश न्या. केशव प्रसाद उपाध्याय- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ एवं धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत निवेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छः- 2. निवेदकहरुको संयुक्त नाममा दर्ता रहेको ललितपुर नगरपालिका वडा नं. ३(ख) कि.नं. ११६ को ०-१-१ जग्गा र सो मा बनेको