निर्णय नं. ६२१९ - कर्तव्यज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२१९ - कर्तव्यज्यान । भाग: ३८ साल: २०५३ महिना: असोज अंक: ६ फैसला मिति :२०५३/०२/०७ २६५४ निर्णय नं. ६२१९ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे २०५० सालको फौ.पु.नं. ७५६ फौ.सा.नं. २०९ फैसला मिति २०५३।२।७।२ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादी : जिल्ला सर्लाही भक्तपुर गा.वि.स. वडा नं. ७ घर भै हाल कारागार शाखा सर्लाहीमा थुनामा बस्ने रामअसिम महतो कोइरी विरुद्ध विपक्षी वादी : फुलकुमारी महतोको जाहेरीले श्री ५ को सरकार अपराधबाट बच्न र कानूनी सजायबाट उम्कन प्रतिवादीले अदालतमा जे जस्तो झुठो कुरा पनि गर्न सक्ने परिप्रेक्ष्यमा निजहरुको इन्कारी बयानलाई मुद्दाको समुचित तथ्यसँग भिडाएर हेर्नु पर्ने । (प्र.नं. १८) प्रहरीमा गरेको सावितीलाई बरामदी मुचुल्का समेतबाट समर्थित भएको स्थितिमा सो साविती र त्यसबाट स्वाभाविक रुपले देखिएको कुराहरु प्रमाणमा लिन मिल्ने नै देखिने । (प्र.नं. १८) पुनरावेदक तर्फबाट – विद्वान वैतनिक अधिवक्ता श्री मुरली पौडेल विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री शंकर कुमार श्रेष्ठ अवलम्बित नजिर- × फैसला न्या. केदारनाथ उपाध्याय- प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । 2. मेरो विवाह सुरेश महतोसँग २०४६ साल फाल्गुणमा भएको, २०४७।२।९ गते माइत जाँदा २०४७।२।१५ गते डम्बर बहादुरको मकैवारीमा दाजु मरी रहेको समाचार लिई देवर आएकोले हेर्न जाँदा पति सुरेश महतो मरी सकेको लास देखे ससुरा राम आशिष चरित्रहिन व्यक्ति भएको र पंजावबाट पैसा कमाई नल्याएको रीशमा कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत फुल कुमारीको जाहेरी दरखास्त । 3. २०४७।२।१४ गतेका दिन विरेन्द्र बजारबाट चामल किनी श्रीमतीलाई घर पठाई ८ बजे तिर म पनि घर आउँदा छोरा सुरेशले पैसा मागी झगडा गरेको देखे । निज सुरेश पहिले देखि नै पैसा कमाई रक्सी खाने गर्दथ्यो । घरमा पैसा दिँदैन थियो । २०४६ सालमा पंजाव गएर आउँदा पैसा नदिएकोले वरावर झगडा भै रहेको थियो । त्यसदिन पैसा कमाए पनि ल्याईनस यहाँ पनि रक्सी मात्र खाई हिड्छस् भनी मैले एक थप्पड दिँदा मलाई आँखामा हिर्काएकोले रीस उठी फुलमा लाग्ने किरा मार्न ल्याएको औषधी श्रीमती पानी लिन गएको मौकामा पस्की राखेको सुरेशको भागमा हालि दिएको । अर्को छोरा रामविहारीले देखेकोले निजलाई चुप लागे भने । भात खाईन र सुरेश बाहिर बसेको अवस्था चक्कर लाग्यो भनी सुरेश आगनमा लडी छटपटाई मरेकोले श्रीमती आई पुग्दा सम्झाई गाउँका देवशरणलाई फसाउन लाश डम्बर बहादुरको मकैवारीमा राखेको भन्ने समेत प्र. रामअशिषले प्रहरीमा गरेको बयान । 4. पतिको भनाई बमोजिम पतिले भातमा विषादी औषधी हाली सुरेशलाई मारी लास मकैवारीमा फालेको हो भन्ने समेत शिया देवीले प्रहरीमा गरेको बयान । 5. भाई सुरेशलाई बाबुले खानामा विष हाली दिएको देखि किन यसो गरेको भन्दा रिसाई चुप लाग भनी गाली गरे सोही खाना खाएपछि भाई मरेका हुन् भन्ने रास विहारीले प्रहरीमा गरेको बयान । 6. किटनाषक ‌औषधी झोल समेत भएको ट्रिफाकाई २० भन्ने सिसी बरामद भने बरामदी मुचुल्का । 7. राम आषिष खराव चरित्रका मानिस हुँदा निजकै घरपरिवारका मानिस भै विष खुवाई मृतक सुरेशलाई मारेको विश्वास लाग्छ भन्ने समेत सर्जमिन मुचुल्का । 8. संकलित कागजातबाट आँखामा हिर्काएको तथा पैसा नदिएको समेत रिसमा मृतकलाई राम आशिषले विष हाली मारी फालेको प्रमाणित हुँदा निजलाई ज्यान सम्बन्धी महलको १३(२) र मार्ने मतल