निर्णय नं. ७९८५ - कर्तब्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९८५ - कर्तब्य ज्यान । भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६५/०६/०९ ४७५७ निर्णय नं.७९८५ ने.का.प. २०६५ अङ्क ७ सर्वोच्च अदालत पूर्ण इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्बत २०६५ सालको फौ.पु.इ.नं. ०६४–CF–००२९ फैसला मितिः २०६५।६।९।५ मुद्दाः– कर्तब्य ज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला ओखलढुङ्गा माम्खा गा.वि.स. वडा नं. ८ घर भै हाल कारागार शाखा मोरंग विराटनगरमा थुनामा रहेको रामबहादुर बस्नेत विरुद्ध प्रत्यर्थी वादीः रामबहादुरको जाहेरीले, नेपाल सरकार शुरु फैसला गर्ने न्यायाधीशः मा.जि.न्या. श्री पुरुषोत्तम भण्डारी पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री भिमेन्द्रवहादुर कार्की मा.न्या.श्री राघवलाल वैद्य § पुनरावेदन गर्न पाउने विषय कानूनी हक भएकाले यसलाई सारवान हक कै रुपमा लिइनु पर्ने । (प्रकरण नं.३) § मातहत अदालतले जन्मकैदको सजाय ठहर गरेका मुद्दाहरुमा यस अदालतले आफ्नो सुपरीवेक्षकीय अधिकार अन्तर्गत साधकको रोहवाट हेर्ने कुरा र पुनरावेदकीय अधिकारक्षेत्र अन्तर्गत पुनरावेदन सुन्ने विषय पृथक—पृथक हुँदा जन्मकैद सजायको अन्तिम अनुमोदन यस अदालतवाट हुनै पर्ने बाध्यात्मक कानूनी व्यवस्थाका कारण त्यस्तो सजाय भएका मुद्दाहरुमा पक्षको पुनरावेदन नपरे पनि सम्वन्धित अदालतले साधक जाहेर गर्नुपर्ने । (प्रकरण नं.४) § मिसिल संलग्न प्रमाण वा वस्तुस्थितसँग मेल नखाने विशेषज्ञको राय प्रमाणमा लिन नमिल्ने। § मिसिल संलग्न प्रमाणलाई नजरअन्दाज गरी न्यायकर्ताले विशेषज्ञको रायलाई बाध्यात्मक रुपमा स्विकार गर्नै पर्दछ भनी न्यायकर्ताको विवेकलाई बन्धक बनाउन नमिल्ने । § प्राविधिक कुरामा सम्वन्धित विषयका विशेषज्ञको विज्ञतालाई सहजै इन्कार गरिदैन । तर विशेषज्ञको राय मिसिल संलग्न वस्तुस्थिती एवं सबुद प्रमाणसँग मेल नखाने र वारदातवाट स्थापित तथ्यभन्दा ज्यादै नै पृथक भई शंकास्पद देखिन्छ भने त्यसलाई अस्विकार गर्न सकिने । § भैरहेको कानूनी प्रावधानको उपेक्षा गरी वा गलत अर्थ लगाइ विशेषज्ञको रायलाई प्रमाणमा लिइनु पर्ने भन्ने जिकिर ग्रहणयोग्य नदेखिने । (प्रकरण नं.८) § अपराध गरिसकेपछि अपराधबोध गरी अनुसन्धान र अदालतमा सत्य तथ्य कुरा राखी न्यायीक प्रक्रियालाई सघाउनु पर्नेमा उल्टै पटकपटक भ्रमात्मक कुरा गरी न्यायीक प्रक्रियालाई नै गुमराहमा पार्ने प्रयास गरेको देखिदा त्यस्तो व्यक्तिप्रति सहानुभूति राखि ठहर भएको संजाय घटाउनु पर्ने अवस्था नदेखिने । (प्रकरण नं.११) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वैतनिक अधिवक्ता श्री टेकबहादुर रावल एवं अधिवक्ताद्वय श्री मोतिलाल श्रेष्ठ र हरिबहादुर कार्की प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.तपवहादुर मगरः न्याय प्रशासन ऐन २०४८को दफा ९ बमोजिम पुनरावेदन अदालत विराटनगरको मिति २०६२।११।२९ को फैसला उपर प्रतिवादीको पुनरावेदन परेकोमा साधकको रोहवाट यस अदालतवाट फैसला भइसकेको कारण पुनः समानस्तरको संयुक्त इजलासले हेर्न नमिल्ने भई पूर्ण इजलासवाट हेरिनु पर्ने भन्ने संयुक्त इजलासको आदेश बमोजिम पूर्ण इजलासमा पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । धरान १४ स्थित पूर्वमा ओम कटुवालको कुखुरा फाराम, पश्चिममा सार्वजनिक बाटो, उत्तर दक्षिण खाली जग्गा, यति चार किल्ला भित्र भक्तबहादुर भुजेलको पश्चिम मोहडाको टिनले छाएका ३ कोठे घर, सो कोठाहरु मध्ये दक्षिण तर्फ