निर्णय नं. ७९८६ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९८६ - कर्तव्य ज्यान । भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६५/०३/१८ ३०९० निर्णय नं.७९८६ ने.का.प. २०६५ अङ्क ७ सर्वोच्च अदालत संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री गौरी ढकाल संवत २०६३ सालको फौ.पु.नं.०६३–CR–०३६६ फैसला मितिः २०६५।३।१८।४ मुद्दाः— कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जि.संखुवासभा स्यावुन गा.वि.स.वडा नं. १ घर भै हाल कारागार शाखा खाँदवारीमा थुनामा रहेको बाबुराम तामाङ विरुद्ध प्रत्यर्थी वादीः विष्णुमाया वि.क.को जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः– मा.न्या. श्री भुपेन्द्रप्रसाद राई पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री दिपकराज जोशी मा.न्या. श्री फणिन्द्रदत्त शर्मा § मानिसहरु भेला जम्मा भएको भीडमा आफूले प्रहार गरेको खुकुरीले जो कोहिलाई लाग्नसक्छ भन्ने प्रतिवादीले स्वतः अन्दाज गर्न सक्ने र धारिलो हतियारको प्रयोगबाट मानिस मर्न सक्छ भन्ने सामान्य समझ भएका जो कोही मानिसले अनुमान गर्न सक्ने । § खुकुरी जस्तो धारिलो हतियारको प्रहार गर्नेले आत्मरक्षाको लागि प्रहार गरेको भन्न नमिल्ने । § मानिसको भीडमा खुकुरी प्रहार गर्ने कृत्य भवितव्य पूर्वकको हत्यामा पर्छ भन्न नमिल्ने। (प्रकरण नं.४) § कसै उपर कुनै पूर्व इवी नभई तत्काल उत्पन्न परिस्थितिबाट घटना घट्न गएको व्यहोरा उल्लेख गरी प्रहरीमा उपस्थित हुन आएको, भएको सत्य साँचो व्यहोराको बयान दिई अनुसन्धान तथा मुद्दाको पूर्पक्ष गर्न सहयोग गरेको समेतवाट ठहरे बमोजिम सर्वश्व सहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री कृष्णप्रसाद न्यौपाने प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला प्र.न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत धनकुटाबाट मिति २०६३।३।२२ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको यस अदालतमा पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः– मिति २०६१।७।२६ गते मेरो घरमा जंगली पूजा भएको हुँदा धामी सुवास राईलाई बोलाई पूजा सकी बसेका थियौं । यस्तैमा राती अं. ९ बजेको समयमा बाबुराम तामाङ हामीहरुको घरमा आई पूजामा बसी गफ गरिरहेका थिए । के कुन निहुँमा सुवास राईसँग बाबुराम तामाङको वादविवाद हुँदै थियौं । हामीले किन झगडा गरेको भन्दाभन्दै बाबुराम तामाङले कम्मरमा भिरेको खुकुरी निकाली मेरो छोरा चन्द्रबहादुर विश्वकर्मालाई टाउकोमा प्रहार गर्दा छोरा भूईमा लडेपछि निज बाबुराम तामाङ के कता भागे, मैले छोरालाई उठाउन खोज्दा छोराको तत्कालै मृत्यु भयो । निजहरु बीच कुनै रीस इवी भएको थाहा छैन । के कुन आवेशमा आई मेरो छोरालाई काटी मारेका हुन्, निजलाई पक्राउ गरी कानून बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको विष्णुमाया विश्वकर्माको २०६१।७।२८ को जाहेरी दरखास्त । मृतक चन्द्रबहादुर वि.क.को वायाँ कन्चट चल्निनेर कान माथि १५ से.मी लम्वाई ३ से.मि चौडाई ४ से.मि. गहिराई चोट भएको उक्त चोटबाट रगत तथा गिदीको टुक्राहरु रगतसँग बगेका अवस्थामा रहेको भन्ने समेत व्यहोराको मिति २०६१।७।२८ को घटनास्थल लाश जाँच मुचुल्का । मृतकको टाउकोमा भएको चोटबाट रगत बगी मृत्यु भएको The cause of death is Braining (Head Injury ) Leading to coma/haemorrhage) भन्ने समेत व्यहोराको मृतकको शव परीक्षण प्रतिवेदन । मिति २०६१।७।२६ गते मृतक चन्द्रबहादुर विश्वकर्माको घरमा पूजा हुँदा सो पूजाको लागी मला