निर्णय नं. ७९८९ - उत्प्रेषणयुक्त परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९८९ - उत्प्रेषणयुक्त परमादेश । भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६५/०५/०३ ३०६२ निर्णय नं.७९८९ ने.का.प. २०६५ अङ्क ७ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्बत् २०५९ सालको रिट नं......२४७८ आदेश मितिः २०६५।५।३।३ विषयः– उत्प्रेषणयुक्त परमादेश । निवेदकः मोरङ जिल्ला विराटनगर उप महानगरपालिका वडा नं. ६ घर भई हाल पूर्वाञ्चल डिभिजन सडक कार्यालय नं. ३ विराटनगरको रा.प.अनं.प्र. (प्रशासन) स्टोरकिपर नायव सुब्बा पदमा कार्यरत भुपालबहादुर पाण्डे विरुद्ध विपक्षीः भौतिक योजना तथा निर्माण मन्त्रालय, सिंहदरवार समेत § कुनै एक प्रकारको निजामती सेवाको पदबाट अर्को प्रकारको निजामती सेवाको पदमा सरुवा वढुवा गर्दा र अर्कै प्रकारको सरकारी सेवाबाट निजामती सेवाको पदमा सरुवा वढुवा गर्दाको अवस्थामा मात्र लोकसेवा आयोगबाट उम्मेदवारको उपयुक्तताको विषयमा परामर्श लिनु पर्ने । § सेवा समूह परिर्वतन र सरुवा वढुवा समेत केही नभई फाजिलमा परेको पदसम्म मिलान गरेको कार्यलाई लोकसेवा आयोगले आफ्नो परामर्श नलिएको भनी फाजिल दरवन्दी मिलान गरेको कार्य कानून अनुकूल देखिन नआउने । (प्रकरण नं.९) § लोकसेवा आयोगले अधिकार प्रत्यायोजन गरी नियुक्ति भएको पदमा आयोगले तोकेको प्रक्रिया र शर्त पूरा नगरेमा मात्र लोकसेवा आयोगले हेरी जाँची नियमित अनियमित के छ सबै मूल्याङ्कन गरी नियुक्ति सदर बदर गर्न सक्ने । § फाजिल दरवन्दीसम्म मिलान गरिएकोलाई नियुक्ति सरह मान्न नमिल्ने । (प्रकरण नं.१०) § दरवन्दी खारेज भै फाजिलमा परेमा कर्मचारीहरुलाई पद मिलान गर्दा योग्यता, अनुभव र काम प्रतिको चाहना समेतलाई विचार गरी पद मिलान भएको छ वा छैन भनी हेर्नु लोकसेवा आयोगको लागि मुनासिव हुनेमा योग्यता नै नमिल्ने पदमा पद मिलान भएकोमा प्रश्न नउठाई उचित व्यक्तिलाई उचित स्थान (Right Man In Right Place) भन्ने सिद्धान्तलाई आत्मसात गरी योग्यता र अनुभव मिल्ने ठाउँमा पद मिलान हुनु पर्दछ भन्नुको सट्टा उल्टो योग्यता र अनुभव मिल्ने पदमा मिलान गर्ने गरी गरेको कार्यलाई मिलेन भन्नु नीति एवं औचित्यताको दृष्टिकोणले समेत मिलेको नदेखिने । (प्रकरण नं.११) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती, नरेन्द्रप्रसाद पाठक र खगेन्द्रप्रसाद अधिकारी विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णजीवी घिमिरे अवलम्वित नजीरः आदेश न्या.कल्याण श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ एवं ८८(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको टिपोट र आदेश यस प्रकार छ । म निवेदक तत्कालिन निर्माण तथा यातायात मन्त्रालयको २०४६।१२।१२ को गोरखापत्रमा प्रकाशित विज्ञापन नं. १०/०४६/०४७ को स्टोरकिपर नायव सुब्बा राजपत्र अनंकित प्रथम (प्रा.) श्रेणीको पदमा खुल्ला प्रतियोगिताबाट छनौट भै सडक विभाग अन्तरगतका विभिन्न कार्यालयहरुमा कामकाज गर्दै आएकोमा २०५० सालमा सडक विभागको सांगठनिक संरचनामा परिवर्तन भई पुनः संरचना हुँदा म कार्यरत रहेको स्टोरकिपर ना.सु. (प्रा.) पद खारेज भै त्यसको ठाउँमा स्टोरकिपर ना.सु. रा.प. प्र. (प्रशासन) तर्फको दरवन्दी सिर्जना भई मेरो पद फाजिलमा पर्न गएकोले मेरो दरवन्दी मिलान गर्ने क्रममा सडक विभागले २०५२।१।१५ को पत्रबाट मलाई सिनियर मेकानिक्स पदमा पद मिलान गरी पदस्थापना गर्ने कार्य भयो । म निवेदकले आफूलाई मिलान गरेको सिनियर स्टोर मेकानिक्स पदको लागि आवश्यक यो