निर्णय नं. ७९९० - कीर्ते जालसाज ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९९० - कीर्ते जालसाज । भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६५/०२/२० ३५११ निर्णय नं.७९९० ने.का.प. २०६५ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा सम्वत २०५७ सालको दे.पु.नं. २४६२ फैसला मितिः २०६५।२।२०।२ मुद्दा :– कीर्ते जालसाज । पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, कप्तानगंञ्ज गा.वि.स. वडा नं. ५ बस्ने बन्देश्वरप्रसाद मेहता समेत विरुद्ध प्रत्यर्थी वादीः जिल्ला सुनसरी, कप्तानगंञ्ज गा.वि.स. वडा नं. २ बस्ने, सत्यदेव सिंह मरी मु.स.गर्ने सुहागवती सिंह राजपुत शुरु फैसला गर्ने मा.जि.न्या. श्री इन्द्रमान कर्माचार्य पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री प्रेम शर्मा मा.न्या. श्री राजेन्द्रप्रसाद राजभण्डारी § विवाद नभएको विषयमा विशेषज्ञले दिएको राय आफैंमा स्वीकारयोग्य नहुने । (प्रकरण नं.५) § अदालतबाट फैसला भै अन्तिम भैरहेको अबस्थामा सो फैसला अन्यथा हुने गरी लिखतको औचित्यमा प्रश्न उठाई जालसाजीमा फिराद दिने र त्यस्तो फिरादबाट सो फैसलालाई असर गर्ने गरी सो लिखत जालसाजी हो होइन भनी अदालतले न्याय निरोपण गर्दै जाने हो भने अन्तिम भई बसेका जुनसुकै फैसला उपर जहिलेसुकै पनि फिराद दिन सकिने स्थित उत्पन्न हुने । § साधिकार अदालतबाट थैली समेत भराई दिने ठहर भै अन्तिम भैरहेको फैसलामा उल्लेखित लिखतलाई हाल आएर जालसाजी हो भनी छुट्टै फिराद गर्न नसकिने । § लिखत जालसाजी भएतर्फ मौकैमा प्रतिवाद समेत गरी सद्दे किर्ते तर्फ बयान जीकिर गर्न सक्नुपर्नेमा प्रतिवाद गर्न समाव्हान वा इतलायनामा रीतपुर्वक तामेल नभएको कारणले असमर्थ भएको भए अ.व.२०८ नं को कानुनी व्यबस्था बमोजिम प्रतिउत्तर सरहको निवेदन दिई त्यस्तो इतलायनामा वेरीतपूर्वक तामेल भएको भन्ने जीकिर लिई कानुनी उपचारको बाटो अबलम्वन गर्न सक्नुपर्ने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री विदुर विक्रम थापा र अशोक वराल प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.दामोदरप्रसाद शर्माः पुनरावेदन अदालत, बिराटनगरको मिति २०५६।३।२० को फैसला उपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः म फिरादी नेपालमा जन्मेको भए पनि कामको सिलसिलामा मेरो स–परिवार भारतको मुजफ्फरपुर जिल्लामा गै नोकरी गरेको र मेरो बुबा आमा सुनसरी जिल्लाको कप्तानगंञ्ज गा.वि.स. वडा नं. २(ख) कि.नं. ८ को १–५–१० जग्गामा घर बनाई तुलफुल, बगैंचा समेत लगाई भोगी आएको जग्गा मातापिताको मृत्यु पश्चात मेरो नाउँमा नामसारी भै सकेको थिएन । उक्त जग्गा म आफैंले भोगचलन गर्दै आएकोमा उपरोक्त जग्गा वार्षिक रु.४,५००।– का दरले ठेक्कामा ०५१।०५२ सालको २ वर्षसम्म बाली लगाई खान पाउने गरी रु.९,०००।– मात्र बिपक्षी मध्येको निरस महतोबाट एकमुष्ट मिति २०५१।१।५ का दिन बुझी लिई निजलाई उक्त जग्गा सो रुपैयाँ बापत खान दिएकोमा निजले सो रुपैयाँको सुरक्षाको लागि कपाली तमसुक बनाउँदा अन्तरसाक्षीमा रामानुज सिंहलाई राखेको थियो । पछि उक्त तमसुकमा सुवालाललाई समेत साक्षी राखी कीर्ते खडा गरेछन् । ०५१।०५२ साल गरी २ वर्षको ठेक्का सिद्धियो, अब फेरि जग्गा कमाउन ठेक्का दिनु पर्यो भनी घरमा आउँदा जग्गाको बास रुख समेत काटेको देखी गाउँलेसँग बुझ्दा निरस महतोले म उपर लेनदेन मुद्दा दायर गरी प्रतिउत्तर नपरेको आधारमा एकतर्फी रुपमा मिति