निर्णय नं. ७९९१ - हरहिसाब गराईपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९९१ - हरहिसाब गराईपाऊँ । भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६५/०२/१९ ६२९६ निर्णय नं.७९९१ ने.का.प. २०६५ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्वत् २०५८ सालको दे.पु.नं.––––११४७ फैसला मितिः २०६५।२।१९ मुद्दा :– हरहिसाब गराईपाऊँ । पुनरावेदक वादीः जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.१ लाल दरवार स्थित दरवार होटल प्रा.लि.को तर्फबाट ऐ.को अध्यक्ष प्रमोद शर्मा विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्ग स्थित नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड शुरु फैसला गर्नेः मा.जि.न्या.श्री हरिवंश त्रिपाठी पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री दुर्गाप्रसाद उप्रेती मा.न्या.श्री माधवप्रसाद चालिसे § कुनै विषयमा फिराद वा नालिश दिई अदालत प्रवेश गर्ने पक्षले आफ्नो दावी कुन कानूनको कुन व्यवस्था अन्तर्गत स्थापित हुने हो भन्ने कुराको स्पष्ट कानूनी आधार समेत खुलाउन सक्नुपर्ने, केवल हदम्याद र हकदैयाको कुरा देखाउँदैमा जुनसुकै प्रकारको दावी वा फिराद स्थापित नहुने । § कानूनले उपचारको स्पष्ट व्यवस्था नगरेको विषयमा पनि अदालतले न्याय निरोपण गर्ने हो भने विषय विषयका विवादको सम्बन्धमा छुट्टा छुट्टै उपचारको मार्ग प्रशस्त गर्नुको कुनै औचित्य नरहने । § विना कानूनी आधार जस्तोसुकै विषयमा पनि आवश्यकता भन्दा बढी सक्रियता देखाई अदालतले कानूनी कारवाही र न्यायीक निर्णय गर्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फवाटः प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः ने.का.प.२०४४, निर्णय नं. ३०३६, पृष्ठ ४४१ आदेश न्या.ताहिरअलि अन्सारीः पुनरावेदन अदालत, पाटनको मिति २०६३।८।४ को फैसला उपर वादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यसप्रकार छः- कम्पनी ऐन, २०२१ बमोजिम प्रा.लि.नं.१२२५।०५०–०५१ मा दर्ता रही मिति २०५२।११।१२ देखि व्यवसायिक कारोबार गरिआएको फिरादी कम्पनीको भवन निर्माण समेतको कार्य गर्नको लागि लगानीकर्ताको शेयर रकमबाट मात्र सम्भव नभएकोले नेपाली लगानीकर्ता प्राणेश शर्मा, प्रताप शर्मा र प्रमोद शर्मा समेत शेयरधनी तथा सञ्चालक रहेको हिमालयन कार्पेट प्रा.लि.का नामको सम्पत्ति धितोमा राखी कर्जा कारोबार विपक्षी बैंकबाट प्रारम्भ गरिएकोमा उक्त कम्पनीको धितो फुकुवा गरिदिनु पर्ने भएकोले वर्किङ्ग क्यापिटल तथा स्थिर पूँजि समेतमा कर्जा लगानी गर्न वर्किङ्ग क्यापिटलको लागि ओभर ड्राफ्ट कर्जा रु.१,००,००,०००।– (एककरोड रुपैयाँ) र स्थीर पूँजिका लागि रु.२,५०,००,०००।– (दुई करोड पचासलाख रुपैयाँ) प्रदान गर्ने गरी मिति २०५४।४।६ मा विपक्षी बैंकले स्वीकृति प्रदान गरे अनुसार सो ३,५०,००,०००।– (तीनकरोड पचासलाख रुपैया) कर्जा पटक पटक गरी लिएको र २००१ अप्रिल ८ सम्म विपक्षी बैंकलाई रु.२,६८,६५,७९८।९७ (दुई करोड अठसठ्ठी लाख पैसंठ्ठीहजार सातसय अन्ठान्नब्बे रुपैयाँ सन्तान्नब्बे पैसा) चुक्ता गरिएकोमा मिति २०५८।१।१४ को गोरखापत्रमा ऋण चुक्ता गर्ने सम्बन्धमा कुनै चासो नदेखाएको भनी फिरादी कम्पनीको अचल सम्पत्ति विक्री गर्ने भनी विपक्षी बैंकले सूचना प्रकाशित गरेकोले के रहेछ भनी बैंकमा बुझ्न जाँदा तपाईले बैकबाट रु.३,५०,००,०००।– कर्जा लिएको र हालसम्म सोको ब्याज रु.२,७८,९९,५७८।१५ मध्ये २,६८,६५,७९८।९७ ब्याज भुक्तानी गरिसकेको र