निर्णय नं. ८५९३ - उत्प्रेषण परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५९३ - उत्प्रेषण परमादेशसमेत भाग: ५३ साल: २०६८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६७/०८/१९ ३८२७ ने.का.प. २०६८, अङ्क ४, निर्णय नं. ८५९३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६७ सालको रिट नं २०६६–WO–११६२ आदेश मितिः २०६७।८।१९।१ विषयः उत्प्रेषण परमादेशसमेत । निवेदकः ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं २ स्थित इन्हुरेड इन्टरनेशनल समेतका तर्फबाट अध्यक्ष डा.गोपालकृष्ण शिवाकोटी समेत विरुद्ध विपक्षीः सम्माननीय राष्ट्रपति, राष्ट्रपतिको कार्यालय समेत § विभूषण प्रदान गर्ने राज्यको अधिकार हो । जवकि विभूषित गरिपाउने कसैको पनि अधिकार होइन । विभूषण दिने नेपाल सरकारको निर्णयको न्यायिक पुनरावलोकन गर्दा विभूषण पाउने व्यक्तिको सम्बन्धमा Judicially Manageable Standard को विषय बन्न उचित नहोला । तर विभूषण प्रदान गर्ने निर्णय र प्रक्रियाको यस अदालतले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अन्तर्गत न्यायिक पुनरावलोकन भने गर्न सक्ने । (प्रकरण नं.८) § विभूषण पाउने न त मौलिक हक हो न त कानूनी हक नै हो । विभूषण प्रदान गर्ने निर्णय गरी प्रदान गरिसकेको विभूषण सरकारले फिर्ता लिन पनि सक्छ । बिभूषित गर्ने निर्णय गरे पनि उक्त निर्णय सरकारले संशोधन गर्न वा नगर्न पनि सक्छ । यसमा सरकारलाई विवन्धन लागू नहुने । (प्रकरण नं.९) § विभूषण पाउने जुनसुकै व्यक्ति निष्कलंकित हुनुपर्छ र त्यस्ता व्यक्तिउपर कुनै अभियोग लागेको हुन नहुने । (प्रकरण नं.१५) § कर्मचारीलगायत हरेक राष्ट्रसेवकले इमानदारिपूर्वक काम गर्नु कानूनी कर्तव्य नै भएको हुँदा इमानदारिपूर्वक काम गर्नु नै विभूषण पाउने आधार वन्न सक्दैन । इमानदारिता राष्ट्रसेवक कर्मचारीको आवश्यक र न्यूनतम् योग्यता हो । राष्ट्रसेवक कर्मचारी इमानदार नभै वेइमान भए कारवाही गनुपर्छ । त्यसैले इमानदारिता मात्र विभूषणको लागि योग्यता हुन नसक्ने । (प्रकरण नं.१८) § विभूषण को व्यक्तिले पाउने वा नपाउने भन्ने कुरा न्यायिक पुनरावलोकन हुने विषय नभएकाले सो विषय कार्यपालिकाको Domain भित्र पर्ने । (प्रकरण नं.२२) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरू श्री गोविन्द शर्मा, श्री हरिकृष्ण कार्की, श्री रमणकुमार श्रेष्ठ, श्री दिनमणि पोखरेल, श्री रविन्द्र भटृराई, डा.श्री भीमार्जुन आचार्य विपक्षी तर्फबाटः उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी तथा उपन्यायधिवक्ता श्री किरण गौतम अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ (२), १५२(१) § विभूषण ऐन २०६४को दफा ४, ४(१)(ग), ३, ६, ८, १२ र १६ आदेश न्या.बलराम के.सी.: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र धारा १०७(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिटको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ: निवेदकहरू सम्बद्ध संस्था अन्तर्राष्ट्रिय मानव अधिकार, वातावरण तथा विकास प्रतिष्ठान (इन्हुरेड इन्टरनेशनल) र सार्वजनिक सरोकार वकालत केन्द्र नेपाल (Litigation Nepal), मानव अधिकार, समानता र सीमान्तकृत वर्ग एवं क्षेत्रका नागरिकहरूको हक अधिकार संरक्षण र सार्वजनिक सरोकारका विषयहरूमा वकालत गर्दै आएका संस्था हुन् । निवेदकहरू अधिवक्ताका हैसियतबाट विगत १० वर्षदेखि कानून, मानव अधिकार र सार्वजनिक सरोकारको विषयमा निरन्तर वकालत गर्दै आइरहेका छौं । यस प्ररिप्रेक्षमा २०६७।२।१५ गतेको गोरखापत्रमा नेपाल सरकारको सिफारिशमा राष