निर्णय नं. ७९९२ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९९२ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ । भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६५/०७/१९ ३०६० निर्णय नं.७९९२ ने.का.प. २०६५ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री बलराम के.सी. संवत् २०६४ सालको रिट नं. WO–०४३७ आदेश मितिः २०६५।७।२९।६ विषयः उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ । निवेदकः चितवन जिल्ला भरतपुर न.पा.वडा नं. २ बस्ने मिनवहादुर रानाभाट विरुद्ध विपक्षीः भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा.वडा न. १५ वस्ने गंगाप्रसाद अर्याल समेत § रिट क्षेत्रबाट उपचार माग्न आउँदा वैकल्पिक उपचारका सबै मार्गहरुको प्रयोग भैसकेको हुनुपर्ने । § माग गरेको उपचारको विषयमा नै भूमिसुधार कार्यालयमा कारवाहीयुक्त अवस्था रहेको अवस्था हुँदा सफाहात लिई न्याय माग्न आएको नदेखिने । § असाधारण अधिकारक्षेत्रवाट सक्षम अधिकारी समक्ष विचाराधीन विषय प्रक्रियागत कुरामा अ.वं १७ न. ले Correctional Jurisdiction जस्तो गरी प्रक्रियागत कामकारवाही, आदेश ठिक वेठीक जाँच्न नमिल्ने । § मूल्य निर्धारण गर्न वनेको समितिको वनावट नै कानून बमोजिम भएको नदेखिंदा यस्तो समितिबाट भएको निर्णय कार्यान्वयन गरिपाऊँ भन्ने माग दावी भित्र प्रवेश गरी न्याय निरोपण हुने अवस्था नदेखिने । (प्रकरण नं.५) § माग गरेको विषयमा भूमिसुधार कार्यालयमा विचाराधीन भई निर्णय नभई सकेको प्रक्रियागत कुराले हक हनन् भैसकेको भन्न नमिल्ने । (प्रकरण नं.६) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री रमनकुमार श्रेष्ठ विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद सिवाकोटी र विद्वान अधिवक्ता माधव वास्कोटा अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी.: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः– विपक्षी गंगाप्रसाद अर्यालको नाममा मोही र म जग्गाधनी भएको भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स. वडा न. २ (ख) कि.न. ८ को क्षे.फ. ०–१–३–० को जग्गा मोही र जग्गाधनीको बीच वाँडफाँड गरी प्रचलित दरभाउले कायम हुने मूल्यको आधारमा रकम मोहीलाई दिलाई म जग्गाधनीको एकल स्वामित्व कायम गरिपाऊँ भनी प्रत्यर्थी भूमिसुधार कार्यालयमा निवेदन दिएकोमा उक्त निवेदन उपर प्रत्यर्थी मोहीले समेत सोही बमोजिम रकम वुझी आफैलाई एकल स्वामित्व कायम गराई पाउँ भनी लिखित जवाफ दिएकोमा प्रत्यर्थी वडा कार्यालयको मिति ०६४।३।३ को मूल्यांकन मुचुल्का बमोजिम उक्त जग्गा प्रति रोपनी ८० लाख कायम भई आएको र प्रत्यर्थी भूमिसुधार कार्यालयका भू.सु.अ. को संयोजकत्वमा वसेको मुल्य निर्धारण समितिवाट उल्लेखित जग्गाको मूल्यांकन रु ८०,००,०००। कायम भई सो उपर कुनै वाद विवाद नरहेको, मूल्यांकन समितिको बैठकमा प्रत्यर्थी वडा कार्यालयका सचिव समेत संलग्न भई सहीछाप गरेको अवस्थामा प्रत्यर्थी नगरपालिकाको पत्रको भरमा प्रत्यर्थी भूमिसुधार अधिकारीले पुनः मूल्यांकन गर्न आदेश गरी वडा कार्यालयलाई पठाएको हुँदा भूमिसुधार कार्यालयले आफैले गरेको निर्णय आफैले वदर गरेको मिति ०६४।६।२७ को आदेशले म निवेदकलाई अन्याय परी प्रचलित कानून विपरीत स्वेच्छाचारी ढंगबाट स्थानीय स्वायत्त शासन ऐन, २०५५ र भूमि सम्वन्धी ऐन, २०२१ को भावना र मनसाय विपरीत वेरीतपूर्ण एवं कानूनी त्रुटीपूर्ण कार्यबाट म निवेदकको कानूनी हक तथा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२, १३, १९,