निर्णय नं. ७९९३ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९९३ - कर्तव्य ज्यान । भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६५/०४/०७ ३४८७ निर्णय नं.७९९३ ने.का.प. २०६५ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वलराम के.सी माननीयन्यायाधीश श्री ताहिर अलि अन्सारी सम्वत २०६४ सालको साधक नं.०५३ फैसला मितिः २०६५।४।७।३ मुद्दा–कर्तव्य ज्यान । वादीः राजकिशोर मण्डलको जाहेरीले नेपाल सरकार विरुद्ध प्रतिवादीःजिल्ला महोत्तरी कोल्हुवा गा.वि.स.वार्ड नं. १ घर भई हाल जिल्ला प्रशासन कारागार शाखा जलेश्वर महोत्तरीमा थुनामा रहेको नवल किशोर मण्डल समेत शुरु फैसला गर्नेः मा.न्या. श्री कुमारप्रसाद पोखरेल पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री हरिवंश त्रिपाठी मा.न्या.श्री गिरीराज पौडेल § योजनाबद्ध ढंङ्गले क्रूरतापूर्वक गरिएको अपराधका लागि कुनै पनि स्पष्टीकरण वा तर्क (explanation or logic) स्वीकार्य हुन नसक्ने । § अदालती बन्दोवस्तको १८८ नं. ले अदालतलाई ऐनले हुने ठूलो सजाय सर्वश्वसहित जन्मकैद वा जन्मकैदको सजायमा कमी गर्न वा छुट दिन सक्ने विशेष अधिकार प्रदान गरेकोले यसको प्रयोग पनि विशेष परिस्थितीमा गर्नुपर्ने । § प्रमाणबाट कर्तव्य ज्यानको कसूर गरेको देखिन आएतापनि अपराध हुँदा र गर्दाको परिस्थिति विचार गर्दा भवितव्य पर्न गएको अथवा दुर्घटनाबश अचानक अपराध हुन गएको हो भन्ने शंका उत्पन्न भएको अवस्थामा अ.वं. १८८ नं. को प्रयोग गर्न सकिने § तथ्य र प्रमाणको विश्लेषणवाट ज्यान सम्वन्धीको ५ नं. को अवस्था ठहर गर्न नसकिने भएतापनि वारदात भन्दा पहिलाका घटनाक्रमहरु र वारदातको परिस्थितीवाट भवितव्य हो भन्ने लागेको अवस्थामा सजायमा छुट दिने गरी अ.वं. १८८ नं. को प्रयोग गर्न सकिने । § अपराधको प्रकृति र अपराध गर्दाको अवस्थावाट अपराधको गाम्भीर्यताको आधारमा कसूरदारलाई सजायमा छुट दिन सकिने नसकिने कुरा अदालतले निर्धारण गर्नसक्ने । (प्रकरण नं.५) § अपराध गर्दा अत्यन्त क्रूर र अमानवीय ढंगले अंग, प्रत्यङ्ग काटेर मार्ने काम गरिएको अपराध र यस्तो प्रकृतिको अपराधिक कार्य गर्ने अपराधीलाई अ.वं. १८८ नं. अनुसार सजायमा छूट गर्न सकिने गरी अदालतलाई प्राप्त विशेष न्यायीक र स्वविवेकीय अधिकारको प्रयोग हुन नसक्ने । (प्रकरण नं.६) वादी तर्फवाटः प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन २०४८ को दफा १० वमोजिम साधक जाहेरीको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छ :- जिल्ला महोत्तरी जलेश्वर न.पा. वा.नं १३ स्थित रातो नदिको किनारमा लाश उत्तर टाउको दक्षिण खुटृा पूर्व कोल्टे अवस्थामा रहेको सो देखि १० फिट टाढा १ फिट गहिरो २ फिट चौडाई भएको केही दिन पहिला खनिएको खाल्टो रहेको सो देखि दक्षिण १०० फिट टाढा नदीको किनारामा रहेको झारपातमा रगत लागेको देखिएको, उक्त लाशको गर्दनको भाग फेदमा काटी टाउको तथा घाँटीको भाग नभएको मृतकको शरीरमा कुनै वस्त्र नभएको मृतकको लिङ्ग फेदमा काटी सो ठाउँवाट सेतो मासु देखिएको मृतकको दुइ वटै अण्डकोष वाहिर निस्केको झुण्डी रहेको अवस्थामा रहेको भन्ने समेत व्यहोराको घटनास्थल तथा लाश जाच मुचुल्का । मिति २०६०।१२।७ गते देखि मेरो छोरा वर्ष २१ को लोकेन्द्र मण्डल हराएको र जलेश्वर १३ स्थित रातो नदीको किनारामा १ जना मानिसको शीर लिङ्ग विनाको लाश प्रहरीले फेला पारी पोष्ट मार्टम लगायतको अनुसन्धान कार्य पुरा गराइ नगरपालिका कार्यालय मार्फत सदगद गराएको हुदा उक्त लाश मेरो छोरा लोकेन्द्र मण्डलको