निर्णय नं. ७९९४ - उत्प्रेषण, परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९९४ - उत्प्रेषण, परमादेश । भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६५/०४/१७ ४७४५ निर्णय नं.७९९४ ने.का.प. २०६५ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्बत् २०५८ सालको रिट नं.३१८७ आदेश मितिः २०६५।४।१७।६ मुद्दाः– उत्प्रेषण, परमादेश । निवेदकः ललितपुर जिल्ला, ललितपुर उप महानगरपालिका वडा नं.२ बस्ने नैनकुमारी पाण्डे विरुद्ध बिपक्षीः पुनरावेदन अदालत पाटन समेत § कानूनले दिएको पुनरावेदन गर्ने हक अड्डाको गल्तीवाट अपहरण हुन सक्तैन र अदालतले पनि पुनरावेदन गर्ने हक हनन गर्न नसक्ने । § फैसला जहिले भएपनि म्याद तामेल भएको मितिले पुनरावेदन गर्ने म्याद शुरु हुने । (प्रकरण नं.६) § सक्षम अदालतवाट सवुद प्रमाण वुझी आफ्नो अधिकारक्षेत्र अन्तर्गत रही गरेको निर्णयलाई त्यसको merit भित्र प्रवेश गरी असाधारण अधिकारक्षेत्रवाट वदर गर्दै जाने हो भने असाधारण क्षेत्राधिकारमा विकृति पैदा हुन जाने । (प्रकरण नं.८) § तह तह हुदै अदालतवाट सवुद प्रमाण वुझी मुद्दा अन्तिम भएकोमा पुनः मौलिक हक हनन् भएको भन्ने नयाँ वहानामा असाधारण अधिकारक्षेत्र अन्तर्गत रिट निवेदन लाग्न नसक्ने । (प्रकरण नं.१०) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री प्रकाश वस्ती, विद्वान अधिवक्ताद्वय श्री रमनकुमार श्रेष्ठ र वावुराम कुँवंर विपक्षी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री उमेश खकुरेल, श्री लोकभक्त राणा, कुवेर घिमिरे र राम राउत अवलम्वित नजीरः ने.का.प.,०५५ अंक १२ नि.नं ६६४१ पृष्ठ ६९८, ने.का.प., २०४८ अंक ५ नि.नं.४२८४ पृष्ठ १७३, सर्वोच्च अदालत वुलेटिन ०४९, वर्ष १ अंक १४ पृष्ठ ५ ऐ.अंक १३ पृष्ठ ६ र ऐ अंक १५ पृष्ठ ३ आदेश न्या.वलराम के.सी.: हामी निवेदक मध्ये म नैनाकुमारी म भाईकृष्ण भन्ने पद्म जंग पाण्डे र हाम्रो छोरा भाइ मिनजंग भन्ने गोपीकृष्ण पाण्डे समेत ३ जनाले हाम्रा पति वावु रामवहादुरसंग ०३३।२।४ गते र.नं. १८०५ को अंश वुझी अंश छोडपत्र लिखत रजिष्ट्रेशन पारित गरी अलग वसी आएका छौ । उक्त अंशवण्डा छोडपत्र वमोजिम हामी ३ जनाको द्धारीका श्रेष्ठ ज.ध. भएको ललितपुर नगरपालिका वडानं.२(ङ) को कि.नं. ५३ को २–३–१ मा वनेको घर मध्ये पुर्व तर्फको ०–९–० मा वनेको ३ तले घर र वद्रीप्रसाद जोशी ज.ध.भएको ललितपुर जिल्ला ललितपुर नगरपालिका वडा नं.२(ङ) को कि.नं.५६ को ०–९–३ मा वनेको डेढ तल्ला गोठघर समेत संयुक्त रुपमा भोग चलन गरी आएका थियौं । यस्तैमा विपक्षी मध्येका मैया पाण्डेले हाम्रा पति वावु रामवहादुर पाण्डे समेत ७ जना उपर ०४७।८।२४ मा अंश मुद्दा दायर गर्नु भएपछि हामी समेतले निज मैया पाण्डेले निजका पति गोपीकृष्ण पाण्डेको अंश सम्पतिवाट अंश पाउनु पर्ने हो निज गोपीकृष्ण पाण्डेको कान्छी श्रीमती देवकी पाण्डे र निजवाट छोराको समेत जायजन्मभएकोले गोपीकृष्णको दावी वमोजिम २ अंशियार मात्र नभइ ४ जना अंशियार छन् भन्ने प्रतिउत्तर परेपछि गोपीकृष्णको कान्छी श्रीमती देवकी पाण्डेलाई अ.वं.१३९ नं..वमोजिम वुझी प्रतिवादी समेत कायम गरी फैसला हुँदा निज गोपी कृष्णको अंश सम्पतिवाट ४ भागको १ भाग वादी मैया पाण्डेले पाउने फैसला भएको छ भन्ने सुन्नमा आएको । त्यसै गरी निज मैया पाण्डेले मिति ०३३।२।४ को अंश छोडपत्रको लिखतलाई जालसाजी हो भनी जालसाजी मुद्दा समेत दायर गर्नु भएकोमा वादी दावी नपुग्ने गरी फैसला भएको छ भन्ने सुन्नमा आएको हुँदा उक्त दुवै फैसला सार्न तथा सो उपर पुनरावेदन समेत गर्न आवश्य