निर्णय नं. ७९९५ - चिकित्सकको रुपमा दर्ता गराईपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९९५ - चिकित्सकको रुपमा दर्ता गराईपाउँ । भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६५/०७/०३ ३१८९ निर्णय नं.७९९५ ने.का.प. २०६५ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्वत २०६३ सालको दे.पु.नं– ९०४८ आदेश मितिः २०६५।७।३।१ मुद्दा :– चिकित्सकको रुपमा दर्ता गराईपाउँ । पुनरावेदकः का.जि.का.म.न.पा.वडा नं. ३ बाँसबारी स्थित नेपाल मेडिकल काउन्सिल समेत विरुद्ध प्रत्यर्थीः महोत्तरी बथनाहा गा.वि.स. वडा नं.६ घर भई हाल धनुषा जिल्ला जनकपुर न.पा. वडा नं. ९ साकेतनगर बस्ने सुरेश झा शुरु निर्णय गर्नेः नेपाल मेडिकल काउन्सिल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री नन्दराजअधिकारी मा.न्या. श्री दुर्गाप्रसाद उप्रेती § एउटै संस्थाबाट अन्य व्यक्तिहरुले प्राप्त गरेको प्रमाण पत्रले मान्यता पाइरहेको अवस्थामा प्रत्यर्थीले पेश गरेको प्रमाण पत्रले मान्यता नपाउनु पर्ने कारण, ठोस आधार प्रमाणबाट पुष्टि हुनुपर्ने । (प्रकरण नं.८) § चिकित्सकको रुपमा दर्ता हुन निवेदन पर्न आएमा जाँचबुझ गरी नाम दर्ताको निर्णय गर्ने अख्तियारवाला निकाय नेपाल मेडिकल काउन्सिल भएकोले पेश गरेको प्रमाण पत्रको सम्बन्धमा आवश्यक तथ्यहरु बुझी पुनः निर्णय गर्न स्वतन्त्र एवं सक्षम देखिने । § विदेशमा विद्यार्थीको हैसियतबाट अध्ययन गरी संस्थाबाट प्राप्त गरेको भनी पेश गरेको प्रमाण पत्र सम्वन्धमा लामो अवधिसम्म अडिग रहि जिकिर लिई रहन्छ भने त्यसलाई अन्यथा भन्ने संस्थाले उसलाई सन्तुष्ट हुने गरी कारण देखाउनु पर्ने । (प्रकरण नं.९) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री सन्ध्या पुडासैनी प्रत्यर्थी तर्फवाटः अवलम्वित नजीरः आदेश न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) ले यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– मैले सम्वत २०४५ सालमा एस.एल.सि. र सन.१९९१ मा आई एस्सी उर्तीण गरेको थिएँ । दगेस्थान स्टेट मेडिकल इस्टिच्युटको ता १२।१९९२ ई को एडमिसन कन्फर्मेशन तथा यू.एस. एस.आर एम्बेसी ईन नेपाल, काठमाण्डौंको पत्रबाट म लगायतका अन्य नेपाली विद्यार्थीहरुको एडमिसन फाइनान्समा कन्फर्म भएको थियो । श्री ५ को सरकार राष्ट्रिय योजना आयोग (जनशक्ति विकास समन्वय शाखा) सिंहदरबारको प.सं. (निजी खर्च १७) मिति ०४८।८।२० को पत्र द्वारा श्री ५ को सरकारको जनशक्ति आपुर्ति हेतु दगेस्थान स्टेट मेडिकल इन्स्टिच्युटमा जनरल मेडिसीनमा एम.डी अध्ययन गर्न श्री ५ को सरकार शिक्षा मन्त्रालयको नाउँमा स्विकृतिका लागि एमडी अध्ययन गर्न श्री ५ को सरकार शिक्षा मन्त्रालयको नाउँमा स्विकृतिका लागि विदेशी मुद्रा उपलव्ध गराउन नेपाल राष्ट्र बैंकलाई मिति ०४८।८।२५ को पत्रबाट लेखि पठाएको आधारमा म शोभियत रुस एम.डी (जनरल मेडिसन) अध्ययन गर्न गए । मैले सन १९९१– १९९८ ई को कोर्षमा पुरा सहभागी भई एम.डी (जनरल मेडिसिन) को परीक्षाहरु उर्तीण गर्दै आएको कुरा इन्स्टिच्युटबाट दिएको क्वालिफीकेशनल रेकर्ड तथा डिप्लोमा बाट स्थापित छ । मैले एम .डी ( जनरल मेडिसन ) गरी नेपाल फर्के पछि मिति ०५५।८।२३ मा परीक्षण दर्ताका लागि काउन्सील समक्ष दरखास्त दिएँ । काउन्सीलका रजिष्ट्रारले प्रोभिजन रजिष्ट्रेशनका लागि काउन्सील समक्ष दरखास्त दिएको भनी ता १४।६।२००० ई प.स. ३३०।०५६।०५७ मा प्रमाणित गरी दिएको आधारमा मैले नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजको च.नं.१८३ मिति ०५८