निर्णय नं. ७९९६ - जीउ मास्ने बेच्ने ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९९६ - जीउ मास्ने बेच्ने । भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६५/०४/२७ ३३१५ निर्णय नं.७९९६ ने.का.प. २०६५ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्वत् २०५९ सालको स.फौ.पु.नं.–३१७८ आदेश मितिः २०६५।४।२७।२ मुद्दाः जीउ मास्ने बेच्ने । पुनरावेदक वादीः सावित्री वि.क. को जाहेरीले नेपाल सरकार बिरुद्ध प्रत्यर्थी प्रतिवादीः नुवाकोट जिल्ला लिखु गा.वि.स. वडा नं. ५ हिले गाउँ घर भै हाल कारागार शाखा भद्रगोलमा थुनामा रहेको शेरे भन्ने शेरबहादुर लामा समेत शुरु फैसला गर्नेः मा.न्या. श्री शारदाप्रसाद घिमिरे पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री गौरी ढकाल मा.न्या.श्री मधुसुदनलाल राजभण्डारी § कसूरको अनुपातमा सजाय गर्नुपर्ने गरी तजवीजी अधिकार (Discretionary power) अदालतलाई प्रदान गरेको पार्इदा सजायको न्यूनतम र अधिकतम हद ऐनले नै निर्धारण गरेको अवस्थामा कसूरको गम्भीरताको आधारमा कसूरको मात्रा निर्धारण गरी सोही अनुपातमा सजाय गर्ने गरी न्यायपूर्ण ढंगले तजवीजी अधिकारको प्रयोग गर्नुपर्ने । § अन्य प्रतिवादीहरु तथा पीडितको साथमा लागि जानुसम्मको क्रियाकलाप कसूरको रुपमा मानेको अवस्थामा पनि त्यस बापत अधिकतम वा उच्चतम सीमाको सजाय गर्नु न्यायपूर्ण नहुने। (प्रकरण नं.५) पुनरावेदक वादी तर्फवाटः उपन्यायाधिवक्ता श्री वज्रेश प्याकुरेल प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा १ को देहाय (ग) अनुसार यसै अदालतको क्षेत्राधिकार भित्रको भै पुनरावेदन अदालत, पाटन ललितपुरको मिति २०५९।५।४।३ को फैसला उपर वादी नेपाल सरकारको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– मलाई ललाई फकाई भारत लगी बिक्री गरी आउने दोर्जे लामा, कान्छी लामा र सानी वि.क. लाई पक्राउ गरी कारवाही गरिपाऊँ भनी सावित्री वि.क. को मिति २०५४।५।१६ को जाहेरी दरखास्त । मलाई बेच्न भनी लाने र सो कार्यमा सहयोग पुर्याउने व्यक्तिहरु दोर्जे लामा तामाङ, कान्छी लामा तामाङ, सानी वि.क., शेरबहादुर लामा, दीर्घवहादुर तामाङ हुन भनी जाहेरवालीको मिति २०५४।१०।२२ को वयान कागज । सावित्री वि.क. लाई बिक्री गर्ने मुख्य व्यक्तिहरु दोर्जे लामा, कान्छी लामा, डल्ली लामा, दीर्घ तामाङ र शेरबहादुर लामा हुन भनी प्रतिवादी सानी वि.क. को वयान । सावित्री वि.क. लाई बिक्री गर्न मैले रु.१०,०००।– लगानी गरेको हुँ । के कतिमा बिक्री गरे भन्ने कुरा दोर्जे लामा, डल्ली तामाङ र कान्छी तामाङलाई थाहा छ भन्ने प्रतिवादी शेरबहादुर तामाङको बयान । पिपामा कार्यरत दीर्घवहादुर तामाङ मिति २०५४।३।१५ वाट ऐ. ३१ गते सम्म विदामा वसेको भन्ने शाही नेपाली जंगी अड्डाको पत्र । होटलमा राम्रो काम लगाई दिने भनी ललाई फकाई दोर्जे लामा, कान्छी लामा, डल्ली तामाङनी समेतले वम्वैमा लगी सावित्री वि.क. लाई बेचेको हो भन्ने रुपा राई तथा पेमा शेर्पाको कागज । दोर्जे लामा, निजको श्रीमती कान्छी लामा, सानी वि.क., दीर्घवहादुर तामाङ, डिल्ली तामाङ, डिल्लीको भाई नाम थाहा नभएको, कान्छी तामाङको दाजु नाम थाहा नभएको र शेरे भन्ने शेरबहादुर तामाङ समेतको मिलोमतोवाट मिति २०५४।३।१६ गते पीडित सावित्री वि.क. लाई बेच्ने सल्लाह गरी ऐ. १७ गते पोखरा लगी त्यहाँवाट भारत सिलगुढी पुर्याई भोलिपल्ट विहान दिल्ली सम्म जाने रेलमा चढ