निर्णय नं. ८६३० - गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६३० - गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भाग: ५३ साल: २०६८ महिना: असोज अंक: ६ फैसला मिति :२०६८/०५/२१ ९६६० ने.का.प. २०६८, अङ्क ६ निर्णय नं. ८६३० सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६२ सालको फौ.पु.नं.३६१७, ३६८४, ३६८५, ३६८६ र ३६८७ फैसला मितिः २०६८।५।२१।४ मुद्दा :— गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको । पुनरावेदक वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट अनुसन्धान अधिकृत चेतनाथ घिमिरेको प्रतिवेदनले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः पर्सा जिल्ला सिर्सिया ३ घर भै काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिल बुलबुले बस्ने, शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष रामाज्ञा चतुर्वेदी समेत पुनरावेदक प्रतिवादीः रामाज्ञा चतुर्वेदीको श्रीमती जिल्ला पर्सा, सिर्सिया गा.वि.स.वडा नं. ३ घर भै हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिल बुलबुले बस्ने बर्ष ४९ की आशा चतुर्वेदी विरुद्ध प्रत्यर्थी वादीः अख्तियार दुरुपपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत चेतनाथ घिमिरेको प्रतिवेदनले नेपाल सरकार पुनरावेदक प्रतिवादीः पर्सा जिल्ला सिर्सिया गा.वि.स. वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ७ चावहिल बुलबुले बस्ने बर्ष ५५ को रामाज्ञा चतुर्वेदी विरुद्ध प्रत्यर्थी वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत चेतनाथ घिमिरेको प्रतिवेदनले नेपाल सरकार पुनरावेदक प्रतिवादीः रामाज्ञा चतुर्वेदीको छोरा हाल संयुक्त राज्य अमेरिकामा अध्ययनरत जिल्ला पर्सा गा.वि.स. सिर्सिया वडा नं ३ घर भै काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.७ चावहिल बुलबुले बस्ने अभिषेक चतुर्वेदीको अधिकृत वारिस ऐ. बस्ने रामाज्ञा चतुर्वेदी विरुद्ध प्रत्यर्थी वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत चेतनाथ घिमिरेको प्रतिवेदनले नेपाल सरकार पुनरावेदक प्रतिवादीः रामाज्ञा चतुर्वेदीको छोरी भारत कर्नाटकको मेङ्गलोर स्थित मणिपाल कलेजमा अध्यनरत जिल्ल्ला पर्सा सिर्सिया गा.वि.स. वडा नं. ३ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिल बुलबुले बस्ने वर्ष २४ की सुश्री अदिती चतुर्वेदी विरुद्ध प्रत्यर्थी वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत चेतनाथ घिमिरेको प्रतिवेदनले नेपाल सरकार शुरु फैसला गर्नेः विशेष अदालत, काठमाडौं अध्यक्ष श्री गोबिन्दप्रसाद पराजुली सदस्य श्री रणबहादुर वम सदस्य श्री भूपध्वज अधिकारी § जुन सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको हो त्यस्तो सम्पत्ति आर्जन गर्दा हालको मूल्य तिरिने नभई तत्काल प्रचलित मूल्य नै लगानी भएको हुन्छ । तत्समयको आयस्रोतका आधारमा आर्जित सम्पत्तिको स्रोत पुष्टि भए नभएको कुरालाई नै ऐनले कानूनी र गैरकानूनी आर्जन छुट्याउने मापदण्ड मानेको हुँदा त्यस्तो सम्पत्ति आर्जन गर्दा स्रोत कति थियो र कति लगानी गरेको हो भन्ने कुराबाटै कसूर निर्धारण हुने र विगो कायम गर्नुपर्ने । (प्रकरण नं.१५) § अभियोग दावीमा स्रोत खुलेको र नखुलेको सम्पत्तिका सम्बन्धमा किटान नभएको अवस्थामा अदालतले न्यायिक विवेक प्रयोग गरी त्यस्तो वर्गीकरण गर्नुको विकल्प नभएकोले सो कुरामा प्रश्न उठाउनु उचित हुन नसक्ने । (प्रकरण नं.१९) § अनुसन्धानको प्रक्रियामा रहन गएका भनिएका र सम्बन्धित अदालतबाट मौकैमा सुपरिवेक्षण भ