निर्णय नं. ७९९८ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९९८ - कर्तव्य ज्यान । भाग: ५० साल: २०६५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६५/०८/०५ २९३० निर्णय नं.७९९८ ने.का.प. २०६५ अङ्क ८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी दे.पु.ई.नं.–०६५–CF–००२७ दे.पु.ई.नं.–०६५–CF–००२८ फैसला मितिः २०६५।८।५।५ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः मकवानपुर जिल्ला, टिष्टुङ गा.वि.स.वडा नं. ५ घर भई हाल कारागार शाखा भिमफेदीमा थुनामा रहेको लोकबहादुर गोले विरुद्ध प्रत्यर्थी/वादीः सेराजुल हक मियाँ अन्सारीको जाहेरीले नेपाल सरकार पुनरावेदक/प्रतिवादीः मकवानपुर जिल्ला, टिष्टुङ गा.वि.स.वडा नं. ५ घर भई हाल कारागार शाखा भिमफेदीमा थुनामा रहेको मदन थिङ तामाङ विरुद्ध प्रत्यर्थी/वादीः सेराजुल हक मियाँ अन्सारीको जाहेरीले नेपाल सरकार § अ.वं. १८८ नं. को व्यवस्थाले भवितव्यको आशंका वा अपराध गरेको अवस्था समेतका आधारमा घटी सजाय हुनुपर्ने देखिएको अवस्था न्यायकर्ताले अनुभूत गर्ने विषय हुँदा यो नं. को व्यवस्था अधिकारको रुपमा रहने विषय नहुने । § न्यायकर्ताले घटी सजाय हुनुपर्ने भनी अनुभूति गरेको अवस्थामा निश्चित आधारहरुको विद्यमानता अपरिहार्य देखिदा कानूनले नै कारण सहितको खुलासाको अपेक्षा राख्ने । (प्रकरण नं.५) § कसूरदारको उमेर कम हुनु मात्र घटी सजायका लागि आधार हुन नसक्ने । § पूर्व योजना र तयारी सहित ज्यान मार्ने कार्य गरी त्यसपछि मृतकको साथमा रहेको नगद र कपडा समेत लुटी लैजाने समेतको कार्यमा संलग्न व्यक्तिहरुलाई अन्य व्यक्तिको उक्साहटमा मात्र त्यस्तो कार्य गरेको मानी घटी सजाय गर्नु अ.वं १८८ नं. को उद्देश्य विपरीत हुने। (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री टेकबहादुर रावल र श्री यमुना भट्टराई प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत हेटौंडाको मिति २०६२।७।८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम मिति २०६३।२।४ मा प्रतिवादीहरुको पुनरावेदन परेको र यसै मुद्दामा साधकको रोहबाट मिति २०६२।९।२७ मा नै फैसला भई सकेको देखिँदा प्रतिवादीको पुनरावेदनको हकमा समान स्तरको संयुक्त इजलासले हेर्न नमिल्ने भई पूर्ण इजलासमा पेश गर्नु भनी भएको आदेश वमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः मिति २०६०।६।७ गते जि.म.टिष्टुङ ३ स्थित घट्टेखोला स्थित जंगलमा मानिसको कंकाल अस्थिपञ्जर फेला परेको भन्ने निवर्तमान अध्यक्ष अशोक लामाको जाहेरी । जि.म.टिष्टुङ ३ पूर्व घट्टेखोला पश्चिम मूल वाटो उत्तर जंगल दक्षिण अधेरी खोला यति ४ किल्ला भित्र रहेको छाला मासु सडी गली सकेको मानिस अस्थिरपञ्जर हाडखोर उत्तानो अवस्थामा रहेको भन्ने र तल कालो पेन्ट, कट्टु, गन्जि, सर्टसमेत फेला परी वरामद भएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लाश प्रकृति मुचुल्का । लाश सडी गली पोष्टमार्टम गर्न नमिल्ने भएको भन्ने मुचुल्का । मिति २०६०।६।७ गते जि.म.टिष्टुङ ३ मा पुरुष मानिसको जस्तो देखिने र लगाएको कपडा समेत भएको हाडखोर भेटिएको भन्ने हुलिया परिपत्र गरिएको सि.नं.२९७ को सञ्चार । कपडा बेच्न हिँड्ने मेरो दाजु वर्ष ३७ को इजाजुल हक अन्सारी हराएको थाहा पाएको र जि.म.टिष्टुङ ३ घट्टेखोला स्थित मानिसको हड्डी फेला परेको भन्ने थाहा पाएपछि घटनास्थलवाट ल्याएको कपडावाट मेरो दाजु इजाजुल हक मियाँ अन्सार