निर्णय नं. ७९९९ - लिखत दर्ता वदर दर्ता ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९९९ - लिखत दर्ता वदर दर्ता । भाग: ५० साल: २०६५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६५/०८/१९ ५६९४ निर्णय नं.७९९९ ने.का.प. २०६५ अङ्क ८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गौरी ढकाल दे.पु.ई.नं.–०६३–DF–००११ आदेश मितिः २०६५।८।१९।५ मुद्दा :– लिखत दर्ता वदर दर्ता । पुनरावेदक/वादीः रौतहट जिल्ला, जोकहा गा.वि.स.वडा नं. ५ वस्ने शेष मरगुवको हकमा र आफ्नो हकमा समेत अवदा खातुन विरुद्ध प्रत्यर्थी/प्रतिवादीः रौतहट जिल्ला, जोकहा गा.वि.स.वडा नं. ५ वस्ने शेष रउफ समेत § अंशवण्डाको महल अन्तर्गत व्यवहार चलाउने भन्ने विषयलाई जुनसुकै कारोवार (Transaction) का रुपमा भन्दा पनि घर व्यवहार चलाउने अर्थमा लिनुपर्ने । § अंशवण्डाको महललाई समग्रतामा अध्ययन गर्दा यसले सगोलको सम्पत्तिमाथि परिवारका सदस्यहरुको अधिकारलाई सुनिश्चित तुल्याएको देखिन्छ भने व्यवहार चलाउने मुख्य व्यक्तिलाई व्यवहार चलाउने शर्तमा केही थप अधिकार र जिम्मेवारीको प्रबन्ध पनि गरेको देखिन्छ । व्यवहार चलाउने व्यक्तिमा निहीत रहेको त्यस्तो अधिकार र जिम्मेवारीको स्रोत भनेको कानून नै हो । निश्चित कानूनलाई आधार बनाएर आफ्नो अधिकारको जिकिर लिने व्यक्तिले सोही कानूनद्वारा निर्दिष्ट प्रक्रियाको अवलम्वन गर्न इन्कार गर्न नहुने । (प्रकरण नं.४) § रिझ वापत वकसपत्र गरी हक हस्तान्तरण गर्ने क्रियाले घर व्यवहार चलाउने क्रियाको प्रतिनिधित्व गर्न नसक्ने । (प्रकरण नं.६) § व्यवहार चलाउने प्रयोजनका लागि जुनसुकै प्रकारले हक छाडे पनि त्यसको वदलामा केही प्राप्त भएको हुनुपर्ने, त्यसरी व्यवहार चलाउने प्रयोजनका लागि विक्री व्यवहार नभै रिझ वापत वकसपत्र गरी दिएको अवस्थामा यदि प्रमाणबाट in return केही प्राप्त भएको नदेखिने हो भने अंशवण्डाको १९(१) नं. विपरीत खर्च गरेको मान्नुपर्ने । (प्रकरण नं.७) § घरको मुख्य व्यक्ति हुँदैमा सबै अंशियारको हक लाग्ने अचल सम्पत्ति आधा भन्दा बढी खर्च गर्ने सम्बन्धमा खास, विशेष, थप वा छुटै अधिकार वा सहुलियत प्राप्त नहुने । § सगोलको सम्पत्ति सबै अंशियारहरुको बराबर हक लाग्ने common property भएको कारण व्यवहार चलाउन खर्च गर्न सक्ने अधिकारको नाममा घरको मुख्य व्यक्तिको हैसियतले प्राप्त अधिकारको दुरुपयोग नहोस् भनेर एक प्रकारले Checks and Balance को रुपमा आधा भन्दा बढी अचल सम्पत्ति खर्च गर्नलाई हक पुग्नेहरुको मञ्जुरीको लिखत वा साक्षी वसेकोमा सदर हुने व्यवस्था भएको पाइने । § घर व्यवहार चलाउने जिम्मा मुख्य व्यक्तिको हुन्छ र त्यस्तो मुख्य व्यक्तिले व्यवहार चलाउनु पर्दा व्यवहार चलाउने प्रयोजनका लागि मात्र अंशवण्डाको १९ नं. मा तोकिए वमोजिमको प्रकृया अन्तर्गत रही खर्च गर्न पाउने । § सगोलको सम्पत्ति व्यवहार चलाउन चलमा सबै र अचलमा आधासम्म खर्च गर्न सक्ने भन्नु र अरु कसैबाट कुनै कुरामा रिझीएर वा कसैबाट तत्कालै वा भविष्यमा केही सहुलियत वा मद्दत वा सहारा वा लाभ पाउने उद्देश्यले आफ्नो एकलौटी भइसकेको सम्पत्ति वकस वा दान दिने भन्नु फरक फरक उद्देश्यका कार्य हुने । § अंशवण्डाको १९(१) नं. लाई हेर्दा व्यवहार चलाउन परेको तर अन्य स्रोत नभएको कारणले गर्दा अचल सम्पत्ति खर्च गर्नु परेको अवस्थालाई ईंगित गरेको देखिन्छ, त्यसको अर्थ घर व्यवहार चलाउनका लागि गरिएको बिक्री व्यवहारको कार्यलाई जनाउँछ, ताकि बिक्री व्यवहारबाट आएको रकमले घर व्यवहार चल्न सक्छ । सामान्य शाब्दिक अर