निर्णय नं. ८६३२ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६३२ - उत्प्रेषणसमेत भाग: ५३ साल: २०६८ महिना: असोज अंक: ६ फैसला मिति :२०६८/०१/२९ ३८३३ ने.का.प. २०६८, अङ्क ६ निर्णय नं.८६३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय संवत् २०६६ सालको रिट नं. WO–०१०१ आदेश मितिः २०६८।१।२९।५ विषयः उत्प्रेषण समेत । निवेदकः पाल्पा जिल्ला, खानीगाउँ गा.वि.स. वडा नं. २ बस्ने टेकबहादुर मिधुन विरुद्ध विपक्षीः पाल्पा जिल्ला, खानीगाउँ गा.वि.स. वडा नं. ५ बस्ने युवराज भटृराई समेत § नाबालकको सम्पत्ति अलग गर्नुपर्ने नपर्ने स्थिति ऋण कर्जा लिँदाको समयमा आउने नभै जायजात गर्दाको अवस्थामा मात्र आउने गर्दछ त्यसकारण उमेर कति छ र कसको अंश वा सम्पत्ति लिलाम गर्ने कसको नगर्ने भनी उमेरको गणना सोही समयमा गर्नुपर्ने । § ऐनमा धन खाँदा बाह्र वर्षदेखि माथिको भन्ने शव्द नभै धन खाने बाह्र वर्षदेखि माथिको भन्ने शब्द भएको कारण धन खाँदाको वा लेनदेनको कारोवार गर्दाको वा ऋण लिँदाको समयमा व्यक्तिको उमेर १२ वर्षदेखि माथिको थियो वा मुनिको थियो भनी हेर्नुपर्ने स्थिति नै हुँदैन । घरको मुख्यले ऋण लिएमा सो घरका सबै सदस्यले सो ऋणको उपभोग गर्ने हुँदा त्यसमा सानो उमेर र ठूलो उमेरले अन्तर नगर्ने । § ऋण लिँदा सँगै बसेको र पछि भिन्न हुनेको हकमा धन खाँदा भन्ने शब्द र १२ वर्षदेखि माथिको ऐनबमोजिम मानो नछुट्टिई सँग बसेकाको हकमा धन खाने भन्ने शब्द प्रयोग भएबाट विधायिकाले प्रयोग गरेको वेग्ला वेग्लै शव्दको अर्थ फरकफरक उद्देश्य र अर्थका लागि प्रयोग भएका हुन्, एउटै आसयमा दुई शब्द प्रयोग भएका होइनन् भनी मान्नुपर्ने । § जायजात गर्दाको समयमा नै कस्तो कस्तो सम्पत्ति र कस कसको सम्पति जायजात लिलाम गर्न हुने र कसको कस्तो सम्पत्ति जायजात लिलाम गर्न नहुने भनी विभाजन गरी लिलाम गर्नुपर्ने स्थिति आउने हुँदा जायजात लिलाम डाँक गर्दा नै व्यक्तिको उमेर कति छ भनी हेर्नुपर्ने र जायजात लिलाम गर्दाको समयमा १२ वर्षभन्दा कम उमेरको भए निजको अंश जायजात लिलाम गर्न नहुने तर जायजात लिलाम गर्दाको दिनमा १२ वर्ष उमेर पुगेको वा सोभन्दा माथिको रहेछ भने त्यस्तो व्यक्तिको अंशलगायत सम्पत्ति जायजात लिलाम गर्नुपर्छ । अतः जायजात लिलाम गर्दाको दिनमा १२ वर्ष पुगेको वा सो भन्दा माथिको उमेरको रहेछ भने त्यस्तो व्यक्तिले उक्त ऐनबमोजिम सुविधा पाउँछ भन्न नमिल्ने । (प्रकरण नं.४) निवेदकको तर्फबाटः विद्वान अधिवक्ता श्री विनोद बस्याल विपक्षीतर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटी अवलम्बित नजीरः सम्बद्ध कानूनः § दण्ड सजायको २६ र ६१ नं. § अ.वं. १७ नं. आदेश न्या.वैद्यनाथ उपाध्यायः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– विपक्षी मध्येका पदमप्रसाद र युवराज भट्टराईका एकासगोलका बाबुआमा भुवानीश्वर र सीता भट्टराई समेतका उपर मैले लेनदेन मुद्दा दिएको थिए । सो मुद्दा मिति २०६४।९।२३ मा फैसला भयो । फैसलाले भराई लिन पाउने ठहरेको तमसुकी साँवाव्याज, कोर्टफी र अन्य दस्तूर समेत दिलाई भराई पाऊँ भनी जेथा देखाई दरखास्त दिएकोमा पाल्पा जिल्ला अदालतबाट तायदात गर्दा, सर्जमिनले मूल्य रु.२,१८,०००।– कायम गरेको घर जग्गालाई मैले फैसलाबमोजिम पाउने ठहरेको बिगो रु.५,०४,२३७।४६ मा डाँक सकार गरेको थिए । मैले डाँक सकार गरेपछि तहसीलदारबाट मिति २०६५।१०।६।२ मा विगो मुद्दा तामेली राख्ने आदेश भएको थियो । ल