निर्णय नं. ८००० - मिलापत्र वदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८००० - मिलापत्र वदर । भाग: ५० साल: २०६५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६५/०८/२३ ३०३८ निर्णय नं.८००० ने.का.प. २०६५ अङ्क ८ सर्वोच्च अदालत संयुक्त इजलास संम्माननीय प्रधानन्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री अनूपराज शर्मा संवत २०५६ सालको दे.पु.नं..८५८७, ८५९० फैसला मितिः २०६५।८।२३।२ मुद्दाः मिलापत्र वदर । पुनरावेदक/वादीः काठमाडौं जिल्ला का.म.न. पा वार्ड नं. ४ वस्ने टिकाकुमारी दाहालको मु.स. गर्ने कृष्णबहादुर दाहाल विरुद्ध प्रत्यर्थी/प्रतिवादीः काठमाडौं जिल्ला जितपुरफेदी गा.वि.स वार्डनं. ४ वस्ने सूर्यप्रसाद धिताल समेत पुनरावेदक/प्रतिवादीः काठमाडौं जिल्ला जितपुरफेदी गा.वि.स वार्ड नं. ४ वस्ने सूर्यप्रसाद धिताल विरुद्ध प्रत्यर्थी/वादीः काठमाडौं जिल्ला का.म.न.पा वार्ड नं. ४ वस्ने टिका कुमारी दाहाल शुरु फैसला गर्नेः मा.जि.न्या. श्री ठाकुरप्रसाद शर्मा पुनरावेदन फैसला गर्ने मा.न्या. श्री माधवराज थापा मा.न्या. श्री हरिराम कोइराला § दर्ता कायम नै नरहेको जग्गा अनधिकृत रुपमा मिलापत्रमा उल्लेख गर्दैमा हककायम हुने स्थिति नहुने । § आफ्नो हकभोग र दर्तामा नरहेको जग्गा कसैले मिलापत्रमा उल्लेख गराउँदैमा दर्तावालाको हक नजाने भएकोले त्यसलाई बदर गराइरहनुको औचित्य र प्रयोजन नरहने । (प्रकरण नं.३) पुनरावेदक वादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री प्रकाश वस्ती र श्री हरिहर दहाल एवं विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.अनूपराज शर्माः पुनरावेदन अदालत पाटनको मिति २०५५।१०।२५को फैसला उपर वादी तथा प्रतिवादीको तर्फबाट परेको मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) (ख) अनुसार यस अदालतबाट निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– म फिरादीले नन्दकुमारीबाट मिति २०१९।७।१६ मा रु.२०००।– मा मौजे हाडी गाउँको रै.नं. ११० र ५९५ को जग्गा राजिनामा गरी लिई वद्रीप्रसाद दुलाललाई २०२० सालमा कबुलियत गरी मोहीमा कमाउन दिई निजले र निजका छोरा श्रीमतीले कुत बुझाई आएका छन् । सो जग्गा सर्भे नापीमा का.जि.का.न.पा वार्ड नं. २३(ढ) कि.नं. १७ मा ३–१०–२ मा नापी भएको र दर्ता गरिपाऊँ भनी मा.पो. का.मा निवेदन दिई कारवाही चलेकोमा सो जग्गा शंकरमान श्रेष्ठ र दिलिप कुमार श्रेष्ठको नाउँमा अस्थायी दर्ता गरी दिने गरी मिति २०४८।३।११ मा भएको निर्णय वदर गरिपाऊँ भनी छुट्टै फिराद दिएको छु । उक्त मेरो जग्गा खाने गरी विपक्षी देवकुमारी वादी र सूर्यप्रसाद धिताल प्रतिवादी भै अंश मुद्दा गरी सो जग्गा सूर्यप्रसाद धितालको कायम हुने गरी मिति २०४७।८।१४ मा मुद्दा मिलापत्र गरेको जानकारी हुन आएको हुँदा फिराद गर्न आएको छु । मेरो जग्गा लिनुदिनुपर्ने गरी मिलापत्र गर्ने हक विपक्षीहरुलाई नभएकोले अ.वं. ८६ नं. हुने वमोजिम उक्त मिलापत्र वदर गरिपाऊँ भन्ने समेत व्यहोराको वादी टिकाकुमारी दाहालको फिराद पत्र । विवादीत जग्गा शम्शेरबहादुर पाण्डेको नाउँमा दर्ता भएको र उक्त जग्गा २००५।११।२८ गते आमा देव कुमारी धितालले भोग वन्धकी लिनु भएकोमा मिति २०३०।१०।२८ मा शम्शेरबहादुरको छोरा दिपेन्द्र जंग पाण्डेबाट फार्छे राजिनामा गराई लिएको जग्गा हो आमा देवकुमारी संगको अंश मुद्दामा मिति २०४७।८।१४ मा मिलापत्र गर्दा मेरो हक हुन आएको हुँदा मिलापत्र बमोजिम आ–आफ्नो अंशको जग्गा आ–आफ्नो गरिपाऊँ भनी म