निर्णय नं. ८००२ - उत्प्रेषण समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८००२ - उत्प्रेषण समेत । भाग: ५० साल: २०६५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६५/०४/१९ २९८१ निर्णय नं.८००२ ने.का.प. २०६५ अङ्क ८ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संबत २०६२ सालको रिट नं. ..........३१५५ आदेश मितिः २०६५।४।१९।१ मुद्दाः उत्प्रेषण समेत । निवेदकः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३० ज्याठा बस्ने कृष्ण प्रजापति विरुद्ध विपक्षीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ लैनचौर बस्ने श्याम प्रजापति समेत § डोरमा उपस्थित हुन तारीख तोकिएको अवस्थामा सो तोकिएको तारीखका दिन वण्डा छुट्याउने निश्चित भएको हुँदा त्यस्तो तारीखमा हाजिर हुन अनिवार्य हुने र हाजिर नभएमा खटिएको डोरले कानूनी प्रक्रिया अनुरुप नरम गरम मिलाई वण्डा छुट्याउनु अन्यथा नहुने । § वण्डा छुट्याउने डोरमा हाजिर हुन तारीख तोकेको देखिएको अवस्थामा निवेदकलाई थाहा जानकारी नदिई सुनुवाईको मौकाबाट बञ्चित गरेको भन्न नमिल्ने । § शुरुमा दावी नै नगरेको र फैसला हुँदा नवोलिएको सम्बन्धमा फैसला कार्यान्वयनको चरणमा फैसलामा नबोलिएको प्रश्न उठाउन उचित नदेखिने । (प्रकरण नं.७) § वण्डा मुचुल्का उपर दण्ड सजायको ६१ नं. बमोजिम जिल्ला न्यायाधीश समक्ष गरेको उजुर उपर वण्डा मुचुल्का बदर नहुने गरी आदेश भएको र सो आदेश उपर अ.वं. १७ नं. बमोजिम तहगत रुपमा परीक्षण भैसकेपछि करिव १ वर्ष पछि निवेदन परेको अवस्थामा विलम्बको सिद्धान्तले समेत मद्दत गर्न नसक्ने । (प्रकरण नं.८) निवेदक तर्फवाटः विद्वान अधिवक्ता मोहनबहादुर वञ्जारा क्षेत्री विपक्षी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधर, अवलम्वित नजीरः आदेश न्या.मीनवहादुर रायमाझीः तत्कालिन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) बमोजिम दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र आदेश निम्न बमोजिम छः– स्व. पिता आशा प्रजापति र स्व. माता भवानी माया प्रजापतिका छोरा छोरीहरु मध्ये विपक्षी श्याम प्रजापति जेठा, पूर्ण प्रजापति माहिला, अष्टबहादुर प्रजापति साईला र विवाहिता बहिनी लक्ष्मी प्रजापति (महर्जन) र रिट निवेदक कान्छो छोरा हुँ । निवेदक निरक्षरी र अविवाहित भएकोले बहिनी लक्ष्मी प्रजापति (महर्जन) ले नै खान लाउन दिई बहिनी कै आश्रयमा बस्दै आएकोमा दाजुहरु अलग अलग बस्दै आएकोले काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दिई २०५६।३।४ मा ४ भागको १ भाग वादी म निवेदकले पाउने ठहर गरी फैसला भएको छ । विपक्षी श्याम प्रजापतिको नाममा रहेको का.जि. नगर वडा नं. ८(क) कि.नं. ७ को जग्गाबाट बढे बढाएको कि.नं. १२९ को जग्गा वण्डा नलाग्ने भनी देखाएको र वडा नं. २९ कि.नं. २३ र २४ को घर तायदातीमा नदेखाएको र वडा नं. ३० कि.नं. ५१ को जग्गा अंशवण्डाको १८ नं. अन्तर्गत पर्ने संयुक्त घर जग्गालाई अंशभाग वण्डा गरेको मिलेन भनी पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेकोमा बढे बढाएको उपर अंशवण्डाको २७ नं. को बाटो खुला रहेको र कि.नं. ५१ को हकमा प्रमाण पुर्‍याउन नसकेको भनी २०५७।१२।१० मा फैसला भै अन्तिम भए पछि विपक्षी दाजुहरुले फैसलामा जे बोले पनि अंशवण्डाको १७ नं. मा भएको कानूनी व्यवस्था बमोजिम विवाह खर्च जनही एक एक आना जग्गा दिन्छौं, मिलापत्र गरी आ–आफ्नो भाग लिई बसौं भनी विश्वास दिलाएकोले विश्वासमा परी आजसम्म कुनै चल अचल सम्पत्ति प्राप्त भएको छैन । मिलापत्रको कुरा चल्दा चल्दै विपक्षी श्याम प्रजापतिको फैसला बमोजिम वण्डा छुट्याई पाउन निव