निर्णय नं. ८००३ - उत्प्रेषणयुक्त परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८००३ - उत्प्रेषणयुक्त परमादेश । भाग: ५० साल: २०६५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६५/०८/०४ ४०४३ निर्णय नं.८००३ ने.का.प. २०६५ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्बत् २०६४ सालको रिट.नं. ...०१५४ आदेश मितिः २०६५।८।४।४ विषयः– उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला धनुषा महुवा गा.वि.स.वडा नं. ५ घर भै हाल लमही प्राथमिक स्वास्थ्य केन्द्र दाङमा कार्यरत राजदेव शाह विरुद्ध विपक्षीः नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौं समेत § सहायक तहको कर्मचारीबाट सम्पन्न गरिएको कार्यमा हाल सो सहायक अधिकृत स्तरमा वृद्धि भए सोही अधिकृतबाट सहायक स्तरमा रहँदा सम्पन्न गरेको कार्य गर्ने भन्नेसम्म मान्नुपर्ने। (प्रकरण नं.६) § कानूनले अधिकार प्रत्यायोजन सम्बन्धमा गजेटमा प्रकाशन गर्नुपर्ने गरी गरेको प्रष्ट कानूनी व्यवस्था बमोजिम प्रकाशन नभएको प्रत्यायोजनले आधिकारिकता प्राप्त गर्न नसक्ने । § कानूनले आधिकारिकता नै प्राप्त गर्न नसक्ने अधिकार प्रत्यायोजनको आधारमा भएको सरुवालाई कानून बमोजिमको कार्य भन्न नसकिने । (प्रकरण नं.७) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री संजयकुमार के.सी. विपक्षी तर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री टिकाबहादुर हमाल अवलम्वित नजीरः आदेश न्या.मीनवहादुर रायमाझीः नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ अर्न्तगत धारा १०७ (२) बमोजिम पर्न आएको निवेदन यसै अदालतको अधिकारक्षेत्र भित्र पर्ने हुँदा निवेदनको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छः– निवेदक स्वास्थ्य सेवा ऐन, २०५३ लागु भए पश्चात् सो ऐनको दफा ९० बमोजिम निजामती सेवाबाट स्वास्थ्य सेवामा नि.से.को. रा.प.अनं. प्र.श्रेणीमा १० वर्ष सेवा अवधि पुगेकोलाई स्वास्थ्य सेवाको छैटौं तहमा मिलान गर्ने व्यवस्था भए अनुसार २०५९।१।२ को निर्णय अनुरुप जनस्वास्थ्य अधिकृत छैठौं तहमा मिलान भई सो पदनाम कायम भएको हो । स्वास्थ्य सेवा ऐन २०५३ (तेश्रो संसोधन सहित २०६३) मा भएको संसोधित व्यवस्थाबाट निवेदक छैठौं तहको अधिकृतबाट हाल सातौ तहको अधिकृतमा स्तरवृद्धि भई सेवामा कार्यरत छु । स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०५५ को नियम ७ अनुसूची ३ ले छैठौं तह जनस्वास्थ्य अधिकृतलाई सातौ तहमा पदनाम कायम गरेको छ । २०४६।४।११ को निर्णयबाट अर्को व्यवस्था नहुञ्जेल लमही स्वास्थ्य केन्द्र दाङ्गमा रहदा विपक्षी स्वास्थ्य सेवा विभागको कर्मचारी प्रशासन शाखाको २०६४।४।३१ को पत्रद्वारा २०६४।४।३१ को निर्णय बमोजिम भनि जिल्ला स्वास्थ्य कार्यालय खोटाङ अन्तर्गत हेल्थ असिस्टेन्टको पदमा सरुवा गरिएको हुँदा हाजिर गर्न जानु होला भनि २०६४।५।१२ मा पत्र प्राप्त गरें । पत्रमा मेरो पद हेल्थ असिस्टेन्ट छ । म सातौ तहको कर्मचारी हो । एकतह घटुवा गरी सरुवा गर्न मिल्दैन । नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को संसोधन सहित २०६३ को दफा २० बमोजिम अधिकृत तहको सरुवा गर्ने र काज खटाउने अधिकार नेपाल सरकारलाई सहायकको हकमा अख्तियारवालालाई हुनेछ भन्ने व्यवस्था रहेबाट विभागले गरेको सरुवा उक्त कानूनी व्यवस्था विपरीत छ । स्वास्थ्य सेवा विभागले २०६४।४।१० गते भित्रमा स्थानीय स्तरका कार्यालयको रिक्त पद पूर्ति गर्न सरुवा व्यवस्था मिलाउने निर्णय गरेको थियो । सो निर्णय विपरीत पुनः २०६४।४।३१ मा सरुवा गर्ने गरेको निर्णय सो निर्णयको प्रतिकूल छ । म सातौं तहमा स्तरबृद्धि भै कार्यरत रहेको स्थान दाङ्ग (लमहीमा) पाँ