निर्णय नं. ८००४ - करार बमोजिमको क्षतिपूर्ति र हर्जाना रकम समेत भराई पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८००४ - करार बमोजिमको क्षतिपूर्ति र हर्जाना रकम समेत भराई पाउँ । भाग: ५० साल: २०६५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६५/०५/१६ ४१९३ निर्णय नं.८००४ ने.का.प. २०६५ अङ्क ८ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी सम्वत २०६२ सालको दे.पु.नं. ...८७५० फैसला मितिः २०६५।५।१६।२ मुद्दा :– करार बमोजिमको क्षतिपूर्ति र हर्जाना रकम समेत भराई पाउँ । पुनरावेदक वादीः रघुबरलाल श्रेष्ठ विरुद्ध विपक्षी प्रतिवादीः स्याको कन्स्ट्रक्सन प्रा.लि. मुकाम समेत शुरु फैसला गर्नेः मा.जि.न्या – श्री बेदराम पोखरेल पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री खिलराज रेग्मी मा.न्या.श्री राजेन्द्रराज पन्त § आफूले ठेक्का तोडिसकेपछि आफूखुशी आफूले चाहेको समयमा सोको जानकारी दिएको वा सो जानकारी अर्को पक्षले बुझेको मितिबाट नालिश गर्ने हदम्याद प्रारम्भ भएको अर्थ गर्न नमिल्ने। § मुद्दा गर्नुपर्ने कारण परेको मितिले नालिश गर्नुपर्नेमा सो कारणको जानकारी वा सूचना अर्को पक्षलाई दिनु वा अर्को पक्षले सो सूचना बुझ्नु हदम्यादको सम्बन्धमा कुनै महत्व नराख्ने। (प्रकरण नं.२) § करारको अर्को पक्षले करार अनुसारको काम गर्न बन्द गरिसकेको र करारको अवधि नबढाइएको अवस्थामा ठेक्का तोड्नु नै करार सम्बन्धमा मुद्दा गर्नुपर्ने कारण परेको मान्नुपर्ने । (प्रकरण नं.३) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री माधव बास्कोटा विपक्षी प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल अवलम्वित नजीरः आदेश न्या.ताहिरअलि अन्सारीः पुनरावेदन अदालत, पाटनको मिति २०५८।५।२५ को फैसला उपर वादी पक्षबाट परेको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) को आधारमा यस अदालतबाट दोहोर्याउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट यसप्रकार छ :– काठमाडौं जिल्ला नक्साल काठमाडौंस्थित नेपाल दूर सञ्चार संस्थानको टेलिफोन एक्सचेन्ज भवनको तल्ला थप र प्रशासकीय काउन्टर भवन (कम्प्लेक्स) को निर्माण कार्य पुरा गर्न सञ्चालक समितिको मिति २०४८।१०।८ को निर्णय बमोजिम ठेक्का पट्टाको बन्दोवस्त गरी बोलपत्र माग भएकोमा विपक्षीसंग रु.६०,५८,३२०।१४ मा सम्पन्न गर्न मञ्जूर भएकोले संस्थान र स्याको कन्स्ट्रक्सनका वीचमा निर्माण स्थलमा चिनो लागेको मितिले १८ महीनाभित्र पुरा गर्ने गरी सम्झौता भएको थियो । विपक्षीले निर्धारित समय भित्र कार्य सम्पन्न गर्न नसकेको कारण देखाई १० महीनाको म्याद थप गरी पाउन निवेदन दिनुभएको, दोश्रोपटक म्याद थप गरी दिंदा पनि निर्माण कार्य तदारुखताका साथ सम्पन्न गर्नेतर्फ कुनै वास्ता नगरि बसेकाले मिति २०५०।१२।२१ को पत्रद्वारा निर्माण कार्य तदारुखताका साथ शुरु गरी सम्पन्न गर्नु अन्यथा ठेक्का तोड्ने तर्फ कारवाही हुनेछ भनी सूचित गरिएको थियो । दोश्रोपटकको म्याद थपमा पनि कार्य सम्पन्न नगरेपछि पुनः म्याद थपिएकोमा विपक्षीले सम्झौता अनुरुप काम सम्पन्न नगरेकाले मिति २०५३।४।२७ मा विपक्षीसंग भएको ठेक्का सम्झौता तोड्न बाध्य भई विपक्षीलाई लिखित सूचना दिएको मितिले मुद्दा गर्नुपर्ने कारण परी करार ऐन, २०२३ को दफा १८(२) को देहाय (ग) मा निर्दिष्ट हदम्याद भित्रै फिरादपत्र साथ उपस्थित भएको छु । विपक्षीको सम्झौता उल्लंघनबाट फिरादीलाई कुल रु.१८,८९,०५२।८४ नोक्सान भएको हुँदा उक्त रकम र कोर्ट फी समेत विपक्षीहरुबाट दिलाई इन्साफ पाऊँ