निर्णय नं. ८६३४ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६३४ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५३ साल: २०६८ महिना: असोज अंक: ६ फैसला मिति :२०६८/०१/२८ ४०१९ ने.का.प. २०६८, अङ्क ६ निर्णय नं.८६३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री कमलनारायण दास संवत् २०६६ सालको रिट नं. WO–०४०० आदेश मितिः २०६८।१।२८।४ विषयः उत्प्रेषण, परमादेश समेत । निवेदकः रामलखन कोहारको नाति, रामनाथ कोहारको छोरा, जिल्ला रुपन्देही, हाल मानमटरिया गा.वि.स.,वडा नं. ३, खुनगावा बस्ने लालमन कोहार विरुद्ध विपक्षीः कमलप्रसादको छोरा जिल्ला रुपन्देही, मानमटरिया गा.वि.स., वडा नं. ३, खुनगावा बस्ने विनोदप्रसाद मिश्र समेत § सर्वोच्च अदालतले आफ्ना मातहतका निकायबाट गरेको नियमित कामकारवाहीबाट न्यायको मर्म पालन भएको छ, छैन वा कानूनी व्यवस्थाको पूर्ण परिपालना भएको छ, छैन भन्ने कुराको न्यायिक अनुगमन गरी आफूलाई प्राप्त असाधारण अधिकार प्रयोग गरी न्याय प्रदान गर्नसक्ने । § गम्भीर कानूनी त्रुटि भएको वा प्रतिपादित कानूनी सिद्धान्त अवलम्बन नगरी प्रत्यक्ष त्रुटि देखिरहेको अवस्थामा नियमित अदालतबाट तहतह गरी उपचार प्राप्त भएको छ भन्दैमा असाधारण अधिकारक्षेत्र आकर्षित हुन सक्दैन भन्दा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) को प्रयोग संकुचित हुन जान्छ, जुन मान्य हुन नसक्ने । (प्रकरण नं.२) § सूचना दिनु नपर्ने व्यक्तिलाई सूचना दिइएन भन्ने आधारले नियमपूर्वक भएको लिलामलाई अन्यथा भएको छ भन्न नमिल्ने । (प्रकरण नं.५) § साहूले जेथा लिन नचाहीँ विगो नगदमा नै खोजेको अवस्थामा साहूलाई एकपटक जेथा सकार नगर्ने मौका दिएकोलाई अन्यथा अर्थ गरी साहूले पहिलो लिलाममा सकार नै गर्न पाउदैन भन्ने अर्थ गर्न नमिल्ने । § कसैले डाँक सकार नगरेको स्थितिमा साहूले विगो नगदमा नखोजी जेथा नै सकार गर्न चाहेमा साहूले प्रथम पटकको डाँक लिलाममा पनि पञ्चकृर्ते मोलमा जेथा सकार गर्न पाउँछ । प्रथम पटकको लिलाममा साहूले पञ्चकृर्ते मोलमा सकार गर्न सक्दैन भन्न नमिल्ने । § साहूसहित कसैले पनि प्रथमपटकको डाँक लिलाममा सकार नगरे दोस्रोपटक डाँक लिलाममा राख्नुपर्ने र साहूबाहेक अन्यले डाँक सकार गरे सकार गर्नेले पाउँछ, अन्य कसैले सकार नगरेको अवस्थामा भने दोस्रो पटकको लिलामको हकमा साहूले अनिवार्यरुपमा पञ्चकृर्ते मूल्यमा नै सकार गर्नुपर्ने । (प्रकरण नं.६) § लिलाम गर्दा पञ्चकृर्ते मूल्यमा कसैले सकार नगरे दोस्रोपटक लिलाममा चढाउने व्यवस्था जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५ मा भए पनि कसैले लिलाम सकार नगरे प्रथमपटकको लिलाममा नै पञ्चकृर्ते मूल्यमा साहूले सकार गर्न पाउँदैन भन्ने व्यवस्था गरेको नदेखिँदा सकार गर्न पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं.७) निवेदकको तर्फबाटः विद्वान अधिवक्ता श्री वगला रेग्मी विपक्षीको तर्फबाटः विद्वान अधिवक्ता श्री पुण्यप्रसाद अर्याल अवलम्बित नजीरः सम्बद कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) § न्याय प्रशासन ऐन, २०४८ को दफा १६ § अ.वं. १७ र ६१ नं. § जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५(१)(११) आदेश न्या.कमलनारायण दासः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– विपक्षी विनोदप्रसाद मिश्रले म निवेदकसँग मिति २०४८।११।११ मा रु.१,१०,०००।– नगद बुझी लिई निजको नाउँ दर्ताको जिल्ला रुपन्देही, गा.वि.स. साविक मानपकडी वडा नं. ९ कि.नं. ४७४, कि.नं. २०७ कि.नं. ३३३ को क्रम