निर्णय नं. ४६३७ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६३७ - उत्प्रेषणयुक्त परमादेश भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १० फैसला मिति :२०४९/१०/०५ २१८९ निर्णय नं. ४६३७ ने.का.प. २०४९ (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४७ सालको रिट नं. ७६२ आदेश भएको मिति: २०४९।१०।५।२ मा निवेदक : जि.झापा तोपगाछी गा.पं. वा.नं. ३ बस्ने लिलाकुमार श्रेष्ठ विरुद्ध विपक्षी : श्री ५ को सरकार, प्रेस सूचना विभागसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) लोकसेवा आयोगद्वारा प्रत्यायोजित अधिकार विपरीत विज्ञापन भएको कुरामा विवाद नरहेपछि त्यस्तो विज्ञापन र सिफारिशको आधारमा गर्ने गरेको नियुक्ति कानुनसम्मत नभएपछि त्यस्तो वेरीतको सिफारिश र नियुक्ति समेत कानुन अनुरुप भएको भनी स्वीकार गर्न नमिल्ने । (प्रकरण नं. २२) (२) कानुन अनुरुप भए गरेको काम कारवाहीबाट निवेदकको नियुक्ति बदर गर्ने निर्णय भएको देखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने अवस्था नदेखिने । (प्रकरण नं. २२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अग्नी खरेल प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ आदेश न्या.रुद्रबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. जि.झापा तोपगाछी गा.पं. घर भई तत्काल ल्याब ब्वाई पदमा बहाल रहँदासम्म उक्त पदमा जिम्मेवारीपूर्वक आफ्नो दायित्व बहन गर्ने म निवेदक नेपालको नागरिक समेत हुँ । विपक्षी १ नं. मा सम्बन्धित ल्याब ब्वाइको रुपमा कार्य गर्नु पूर्व पनि ३ वर्षसम्म पाको न्यू रोड स्थित फोटो फ्रिक्वेन्सीमा काम गरे पश्चात नै विपक्षी नं. १ कहाँ २०४४।११।२५ देखि २०४५।५।२४ तक र २०४५।६।९ देखि २०४५।१२।१८ तक २ पटक ६।६ महीनाको अस्थायी नियुक्ति पाई काम गरेको कुरा संलग्न प्रमाण समेतले पुष्टि गर्ने नै छ । ३. यसै बीच २०४५।११।२८ मा लोकसेवा आयोगद्वारा अधिकार प्रत्यायोजन भएको भनी गो.प. मा प्रकाशित सूचनामा रा.प.अ.तृ. (प्राविधिक) ल्याब ब्वाइको न्यूनतम योग्यता सहितको आवश्यकता र वान्छनीय योग्यता समेत तोकी प्रकाशित सूचना मुताविक नै म निवेदक समेतले विपक्षी नं. १ मा आवश्यक योग्यता सहितको निवेदन दिई अन्तर्वातामा समेत सफल भई २०४६।२।२२ मा नियुक्ति दिने निर्णयानुसार स्थायी नियुक्ति पाई विपक्षी नं. १ मा कार्यरत थिएँ । ४. यस बीच विपक्षी नं. ४ (जो सोही पदको प्रत्यर्थी उम्मेदवार समेत थिए) को कस्तो व्यहोराको निवेदन विपक्षी नं. २ मा परेको थियो, मलाई थाहा हुने कुरा भएन । विपक्षी नं. २ ले मैले पेश गरेको प्रमाण दिने फोटो फ्रिक्वेन्सीको सिफारिशलाई आदेशले मान्यता नदिएकोले नियुक्ति गरेको बदर गरी पुनः विज्ञापन गर्ने भनी लेखी आएको राय अनुसार विपक्षी नं. १ को २०४६।१२।१६ को निर्णय बमोजिम म निवेदकको उक्त नियुक्ति बदर गरिएकोमा विपक्षी नं. ३ ले समेत विपक्षी नं. २ को निर्णय मनासिब रहेको जानकारी दिए पश्चात बाध्य भई अन्य उपचारको अभावमा असाधारण अधिकार क्षेत्र प्रयोग गरी उपस्थित भएको छु । ५. विपक्षी नं. २ को राय अनुसार भएको विपक्षी नं. १ को २०४६।१२।१६ को निर्णय निम्न अनुसार रहेको छ । आयोगको कार्यविधि क्षेत्र नियम तथा सिद्धान्त मुताविक नभएको हुँदा श्री ५ को सरकार सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन शाखाको पत्रानुसार र नि.से. ऐन, २०१३ को दफा ६(१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (च) बमोजिम उक्त पदमा नियुक्ति गर