निर्णय नं. ४३३८ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३३८ - उत्प्रेषण समेत भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १० फैसला मिति :२०४९/०८/२९ २४९७ निर्णय नं. ४६३८ ने.का.प. २०४९ (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४६ सालको रिट नम्बर ७५९ आदेश भएको मिति: २०४९।८।२९।२ मा निवेदक : का.न.पं. वा.नं. ३३ बस्ने चित्रबहादुर के.सी. विरुद्ध विपक्षी : प्रमुख मालपोत अधिकृत, मालपोत कार्यालय सुनसरीसमेत विषय : उत्प्रेषण समेत (१) विवादित जग्गामा आफ्नो समेत हक लाग्ने भनी मालपोत कार्यालयमा उजूर गरेको देखिँदा त्यसरी आफ्नो हक छ भन्ने उजूरी मालपोत कार्यालयमा परेपछि निवेदक समेतलाई बुझी निर्णय गर्नु पर्ने हुन आउँछ । त्यसरी यी निवेदकलाई बुझी निर्णय गरेको भन्ने लिखितजवाफबाट समेत देखिँदैन । त्यसरी निवेदक समेतलाई नबुझी निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको देखिन्छ, त्यसरी प्राकृतिक न्याय सिद्धान्त विपरीत गरी भएको निर्णय त्रुटिपूर्ण देखिँदा कायम रही रहन नसक्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री रामप्रसाद सिटौला, विद्वान अधिवक्ता श्री योगेन्द्रप्रसाद शर्मा तथा विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ आदेश न्या.रुद्रबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. विपक्षी मध्ये सुवोध सिंह के.सी. ले चतरा गुठी अन्तर्गतको जिल्ला सुनसरी बक्लौरी गा.पं. वडा नं. ६(क) कि.नं. २६९, २७० वडा नं. ७(क) कि.नं. ६७, ८४ वडा नं. ६(क) कि.नं. २४० वडा नं. ७(ख) कि.नं. १२, ३१ वडा नं. ७(ग) कि.नं. ३२, ३३ र ३८ समेतको जग्गा दर्ता गरी जग्गा धनी दर्ता प्रमाण पुर्जा पाउँ भनी मालपोत कार्यालय सुनसरीमा निवेदन दिनु भएको रहेछ । उक्त कुरा जानकारीमा आएकोले सो जग्गाको सम्बन्धमा मेरो र पदमकुमारी के.सी. समेतको हक भोगको कि.नं. २६९ समेतका जग्गाहरु विपक्षी सुवोध सिंह के.सी. को नाउँमा मात्र गुठीको सिफारिश बमोजिम एकलौटी दर्ता गर्न नमिल्ने हुँदा रोक्का गरिपाउँ भनी आकाशवाणीद्वारा सूचना पठाएपछि विपक्षी मा.पो.का.ले मेरो भाइ प्रकाशबहादुर के.सी.को नाममा म्याद जारी गरी पठाएको थियो । उक्त म्याद भित्र निज प्रकाशबहादुर के.सी. हाजिर भई वादी हरिवीर के.सी. प्रतिवादी म समेत भएको अंश मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतमा चलिरहेको र मोरंग जिल्ला अदालत विराटनगरमा निर्णय दर्ता बदर मुद्दा थान ३ मुलतवी अवस्थामा छन् ती मुद्दाहरुको निर्णय नभएसम्म उक्त गुठीको सिफारिश बमोजिम उल्लेखित जग्गा सुबोध सिंह के.सी. को नाममा दर्ता नहोस भनी निज प्रकाशबहादुर के.सी. को नाममा दर्ता रहोस भनी निज प्रकाशबहादुर के.सी. तारेखमा बसी आएका थिए । ३. मा.पो.का.बाट मिति २०४६।३।५ मा निर्णय गरिंदा निजहरु विपक्ष भई अदालतमा चलिरहेका उपरोक्त मुद्दाहरुको सम्बन्धमा पछि अदालतबाट ठहर भए बमोजिम हुने नै हुँदा गुठीको जग्गाको श्रेस्ता पुर्जा दिने सम्बन्धमा गुठी कार्यालयबाट सिफारिश भए बमोजिम मालपोत कार्यालयले श्रेस्ता पुर्जा प्रमाणित गरी पुर्जा दिने काम निवेदक सुबोध सिंह के.सी.को नाममा यस कार्यालयको प.सं. ६८२ मिति २०४४।१।३१ को सिफारिशबाट यस कार्यालयलाई दर्ता गरी दिई पूर्जा दिन भनी उल्लेख भए बमोजिम बक्लौरी गा.पं. वडा नं. ६(क) कि.नं. २६९, २७०, वडा नं. ७(क) कि.नं. ६७, ८४, ६(क) कि.नं. २४ वडा नं.