निर्णय नं. ८६३५ - करारबमोजिम रकमको क्षतिपूर्ती दिलाई पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६३५ - करारबमोजिम रकमको क्षतिपूर्ती दिलाई पाऊँ । भाग: ५३ साल: २०६८ महिना: असोज अंक: ९६ फैसला मिति :२०६७/०७/२३ ७२८२ ने.का.प. २०६८, अङ्क ६ निर्णय नं.८६३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६३ सालको दे.पु.नं. ८९६, ०५८१ फैसला मितिः २०६७।७।२३।३ मुद्दा :– करारबमोजिम रकमको क्षतिपूर्ति दिलाई पाऊँ । पुनरावेदक प्रतिवादीः अध्यक्ष, सञ्चालक समिति अमर आदर्श माध्यमिक विद्यालय समेत विरुद्ध प्रत्यर्थी वादीः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. ३३ मैतिदेवी वस्ने कृष्णबहादुर श्रेष्ठ पुनरावेदक वादीः काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ३३ मैतिदेवी वस्ने कृष्णबहादुर श्रेष्ठ विरुद्ध प्रत्यर्थी प्रतिवादीः अध्यक्ष, सञ्चालक समिति, अमर आदर्श माध्यमिक विद्यालय वानेश्वर समेत शुरु फैसला गर्नेः– मा.जि.न्या.श्री वीरसिंह महरा पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती मा.न्या.श्री जगदीश शर्मा पौडेल § एक पक्षबाट करारको उल्लघंन हुनासाथ अर्को पक्षले करारमा उल्लिखित पूरै रकम क्षतिपूर्तिबापत भराई लिन पाइहाल्ने भन्ने होइन । क्षतिपूर्तिको रकम अत्याधिक वा वेमुनासिव भई एक पक्षले अर्को पक्षबाट वेमुनासिव लाभ वा फाइदा (Unjust Inreachment) पाउने अवस्थामा क्षतिपूर्ति भनी उल्लेख गरिएको रकमले पेनाल्टी वा जरीवानाको रुप पनि धारण गर्नसक्ने । § व्यापारिक प्रकृतिका देवानी कारोवार वा कारवाहीमा राज्यले त कुनै पनि रुपमा जरीवाना, पेनाल्टी असूल गर्ने कानून बनाउन सक्दैन भने कुनै करारको एक पक्षले अर्को पक्षबाट जरीवाना वा पेनाल्टी भरी लिन सक्ने अधिकार नहुने । § करार उल्लघंन हुँदा प्राप्त हुने क्षतिपूर्ति भनी करारमा उल्लेख गरिएको रकम करारको एक पक्षले करारको उल्लंघन हुँदा अर्को पक्षलाई पुग्न गएको वा पुग्ने व्यावसायिक हानि नोक्सानीको वास्तविक क्षतिपूर्तिको पूर्वानुमानभन्दा अत्याधिक देखिएको अवस्थामा यसरी तोकिएको रकमले जरीवानाको रुप लिने हुन्छ र यस्तो रकम अदालतले भराउँदैन । करार उल्लंघनबाट मर्का पर्ने पक्षले आफूलाई क्षति पुग्न गएको कारण र आधार प्रस्तुत गर्न सकेको छ वा छैन भन्ने आधारमा पनि भिन्नता छुट्याउन सकिने । § करार उल्लंघनबाट पुग्न गएको क्षतिपूर्तिको रकम प्रमाणित गर्न नसकेको वा प्रमाणित रकमभन्दा अत्याधिक र वेमुनासिव देखिएको अवस्थामा पनि करारमा लेखिएको रकम क्षतिपूर्तिबापत भराउँदै जाने हो भने दुई व्यक्तिबीचको निजी कारोवारमा अदालतले जरीवाना भराउने नियम निर्माण गरेको अवस्था हुन सक्ने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ताहरू क्रमस सोमकान्त मैनाली, तेजबहादुर कटवाल, तुलसी सिंखडा प्रत्यर्थी वादीतर्फबाटः विद्वान अधिवक्ता पिताम्बरप्रसाद सिलवाल अवलम्बित नजीरः सम्बद्ध कानूनः § अ.व. ७८ नं., अ.वं. १३९ नं. § करार ऐन २०५६ को दफा ८३, ८३(२) फैसला न्या.भरतराज उप्रेतीः पुनरावेदन अदालत पाटनको मिति २०६३।३।४ गतेको फैसलाउपर न्याय प्रशासन ऐन २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । विपक्षी बसन्तबहादुर समेतले स्कूल सञ्चालनका लागि मसँग केही रकम माग गरेकोले स्कूलका नाममा रही विपक्षी बैंक अफ सिलोनमा धितोमा रहेको का.जि. का.म.न.पा. वडा नं. १० कि.नं. २४२ को क्षेत्रफल २–६–०–२, ऐ.ऐ. कि.नं.२४३ को क्षेत्रफल, ०–१५–१–०, र ऐ.ऐ.