निर्णय नं. ४६४२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६४२ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १० फैसला मिति :२०४९/१०/०४ २५७५ निर्णय नं. ४६४२ ने.का.प. २०४९ (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रिट नं. ६६० आदेश भएको मिति: २०४९।१०।४।१ मा निवेदक : जि.बारा अमृतगंज गा.पं. वडा नं. २ बस्ने बटखरी राय यादव विरुद्ध विपक्षी : प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय बारासमेत विषय : उत्प्रेषण (१) के कस्तो विषयको कागज के कस्तो अधिकार भएको अधिकारीले गराउन सक्षम हुन्छ भन्ने कुरा सम्बन्धित अड्डा अदालत, निकाय वा अधिकारीले जानकारी लिनु पर्ने । (प्रकरण नं. १२) (२) आफ्नो अधिकार क्षेत्र नभएको कागज कसैले दर्ता गराउन ल्याएमा त्यस्तो अड्डा, अदालत निकाय वा अधिकारीले सो दर्ता नगरी आफ्नो अधिकार क्षेत्र नभएको कारण जनाई दरपीठ गरिदिनु पर्ने । (प्रकरण नं. १२) (३) कुनै अधिकार विहीन निकाय वा अधिकारीले त्यस्तो दुनियाँदार बीच भएको कागज दर्ता गरेको वा लिएको जे जस्तो भए पनि अनधिकृत काम कारवाहीबाट सम्पन्न भएको लिखतलाई कानुन प्रमाण लगाई कसैको हकहित प्रतिकूल हुन सक्ने अवस्था नआउने । (प्रकरण नं. १२) (४) अनधिकृत किसिमले रहे भएको कागजको कानुनी अस्तित्व स्वतः नरहने भए पनि जिल्ला कार्यालयमा गरेको कागजलाई बदर गराउन उत्प्रेषणको आदेश जारी गर्नु पर्ने हो की भन्ने सम्बन्धमा निवेदक २०४१ सालको कागज बदर गराउन २०४६ सालमा अर्थात ५ वर्षपछि आएको देखिन्छ । यसरी ५ वर्षपछि बदर गराउन रिट दिनु पर्ने कारण र अवस्था सन्तोषजनक रुपले रिटनिवेदनमा देखाउन नसकेको अनुचित विलम्ब गरी आउने रिट निवेदकलाई निजले माग गरे बमोजिमको आदेश जारी गरी रहनु उपयुक्त नदेखिँदा प्रस्तुत रिटनिवेदन खारेज हुने । (प्रकरण नं. १२) विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री मोहनबहादुर थपलिया, विद्वान अधिवक्ता श्री महादेव यादव आदेश न्या.ओमभक्त श्रेष्ठ १. रिटनिवेदनको तथ्य यस प्रकार छ । २. जिल्ला बारा अमृतगंज गा.पं. वडा नं. २ को कि.नं. १५९ क्षेत्रफल बिगहा ०–५–१२ र ऐ. कि.नं. १६२ को क्षेत्रफल बिगहा ०–०–१५ समेत गरी जम्मा जग्गा ०–६–७ निवेदकका बाबु सिनु शरण राय यादवका नाउँमा दर्ता श्रेस्ता भोग तिरोको जग्गा हो । पिताजीको मृत्यु पछि उक्त जग्गा मिति ०४०।७।१५ मा मालपोत कार्यालय बाराको सदर टिप्पणी आदेशले मेरा नाउँमा दाखिल खारेज भई आएदेखि मैले नै भोग चलन गरी आइरहेको थिएँ । ३. उल्लेखित दुवै कित्ता जग्गाहरु मिति ०४०।९।३ मा केही व्यक्तिहरु मिली मेरा नाउँबाट विपक्षी मध्येका चुल्हाई राय यादवलाई बिक्री गरेको कीर्ते राजीनामा मा.पो.का. बारा मार्फत रजिष्ट्रेशन पारीत गराएछन् । यो कुरा मैले पछि गाउँघरमा सुनी थाहा पाएपछि उपरोक्त उल्लेखित जग्गा मलाई फिर्ता दिलाई निज चुल्हाई लगायतका त्यस कीर्ते राजीनामा गर्न गराउन संलग्न सम्पूर्ण व्यक्तिलाई कानुन बमोजिम सजायँ होस भनी जिल्ला कार्यालय बारामा निवेदन गरेपछि कारवाहीको सिलसिलामा निज चुल्हाइलाई कार्यालयले बुझ्नको लागि झिकाएकोमा चुल्हाई उपस्थित नभई मिति ०४१।३।३ मा झिटकैया गा.पं. र पिपरपाती गा.पं. का प्रधानपञ्चहरु प्रयाग राय यादव र जिम्दार राम यादव जिल्ला कार्यालयमा आई हामीले उक्त विवाद १० दिनमा मिलाई दिने छौं नमिलेमा चुल्हाईलाई यस कार्यालयमा उपस्थित गराउने छौं भनी कागज समेत गरेको रहेछन् । ४. २०४१।४।९ मा उक्त विवाद सुल्झाउने सिलसिलामा म निवेदकलाई समेत उक्त कार्यालयमा बोलाई अघि देखि नै तयार ग