निर्णय नं. ४६४३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६४३ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १० फैसला मिति :२०४९/१०/२६ २३८७ निर्णय नं. ४६४३ ने.का.प. २०४९ (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०४७ सालको रिट नं. ६४९ आदेश भएको मिति: २०४९।१०।२६।२ मा निवेदक : जि.दोलखा भिरकोट गा.वि.स. वडा नं. ९ बस्ने निलप्रसाद काफ्ले विरुद्ध विपक्षी : ६ नं. नापी गोश्वारा ३ नं. नापी टोली दोलखा चरिकोटसमेत विषय : उत्प्रेषण (१) कागज करकापबाट गराएको भन्ने निवेदन जिकिरको सम्बन्धमा सो कागज करकापबाट भएको हो वा होइन सबूद प्रमाण मूल्याड्ढन गरी निर्णय गर्नु पर्ने विषय भएको र त्यस्तो प्रमाणको मूल्याड्ढन गरी निर्णय गर्न रिट क्षेत्रबाट नमिल्ने हुँदा रिटनिवेदन खारेज हुने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान प्रत्यर्थीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलिअकवर मिकरानी आदेश न्या.केशवप्रसाद उपाध्याय १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. म निवेदकको हक स्वामित्व निहीत मौजा भिरकोट जिम्वाल डिल्लीनाथ पाध्य जिम्माको पूर्व वादेको डिल, पश्चिम तेस्रो बाटो, दक्षिणकाली दह कीर्तिबहादुरको खेत, उत्तर सल्ले खोला यती चार किल्ला भित्रको विजन माना ।।१ लागेको माटो मुरी ।७ तिरो रु. ।३५ तिर्नु पर्ने भीर बारी भन्ने जग्गा भूमिसम्बन्धी नियम, २०२१ को नियम १८ द्वारा निर्दिष्ट जग्गावालाको हैसियतले आफ्नो परिवारको नाउँमा रहेको जग्गाको ७ नं. फाँटवारी पिता धर्मानन्दको नाउँमा दाखिल भएको भीर बारी भन्ने उक्त जग्गा म निवेदकको मिति २०२८।९।१७ को दर्खास्त मिति २०२८।९।१७ को नापी मुचुल्का र माल कार्यालय दोलखाको मिति २०३२।१२।६ को पर्चा बमोजिम म निवेदकको नाउँमा दर्ता भई हक स्वामित्व स्थापित भई प्रत्येक साल जोती भोगी निर्दिष्ट म्यादभित्र तिरो बुझाउँदै आएको थिएँ । सो सम्बन्धमा कुनै विवाद थिएन । ३. उक्त चार किल्ला भित्रको भीर बारी भन्ने जग्गा दोलखा जिल्लामा कित्ता नापी लागू भई हाल भीरकोट गाउँमा नाप नक्शा शुरु भएको क्रममा उल्लेखित ४ किल्ला भित्रको जग्गा नाप नक्शा हुँदा म निवेदक उपस्थित हुन नसके तापनि भिरकोट गा.वि.स. वडा नं. ८ को क्रमशः कि.नं. १, २८८, ३२ र २९४ गरी जम्मा ४ किल्ला कायम भई नाप नक्शा हुँदा, कि.नं. १, २८८ र २९४ मेरो आफ्नो नाउँमा उल्लेख भएको र कि.नं. ३२ बुटेन जनिई प्रत्यर्थी ६ नं. नापी गोश्वारा ३ नं. नापी टोलीबाट मिति २०४७।२।५ मा ७ दिने सूचना प्रकाशित भएको रहेछ । उक्त बुटेन जनिई सूचना प्रकाशित भएको कि.नं. ३२ जग्गा मेरो नाउँमा नाप नक्शा हुनु पर्नेमा बुटेन जनिएकोले निर्दिष्ट ७ दिनको म्याद अर्थात् मिति २०४७।२।११ बाट प्रत्यर्थी ६ नं. नापी गोश्वारा ३ नं. नापी टोली समक्ष उक्त कि.नं. ३२ को जग्गा मेरो नाउँमा दर्ता गरी पाउन सबूद प्रमाण सहितको निवेदनपत्र प्रस्तुत गरी कारवाहीयुक्त अवस्थामा रहेको थियो सो तोकिएको ७ दिने सूचनाको म्यादमा म निवेदक बाहेक अरु कसैको उजूरी परेको थिएन । ४. साविक दर्ता र ४ किल्ला भित्रको भीर बारीको बिजन र माटो मुरी मध्येबाट मेरो नाउँमा नाप नक्शा भएको कि.नं. १ र २८८ को जग्गाको सम्बन्धमा म निवेदक उपर दोलखा जिल्ला भिरकोट वार्ड नं. ९ बस्ने जनअधिकार सुरक्षा समितिका अध्यक्ष श्री हरीप्रसाद काफ्लेले उक्त जग्गाहरुलाई सार्वजनिक कायम गरी पाउँ भनी प्रत्यर्थी नापी टोली समक्ष उजूरी प्रस