निर्णय नं. ८००६ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८००६ - उत्प्रेषण । भाग: ५० साल: २०६५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६५/०५/०२ ४०२४ निर्णय नं.८००६ ने.का.प. २०६५ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी सम्वत् २०६२ सालको रिट न. २९८३ आदेश मितिः २०६५।५।२।२ मुद्दाः– उत्प्रेषण । निवेदकः यज्ञध्वजको नाति तिलकध्वजको छोरा का.जि.डांछी गा.वि.स. वाडा नं. २ वस्ने बर्ष ४७ को अवकाश प्राप्त भनिएको प्रहरी निरीक्षक दिवाकर थापा विरुद्ध विपक्षीः नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय सिंहदरवार समेत § प्रहरी ऐनले पहिलो कारवाही निर्णय गर्ने प्रहरी विशेष अदालतको फैसला कार्यान्वयन सम्वन्धमा कुनै विशेष व्यवस्था नगरेवाट फैसला कार्यान्वयनका सामान्य सिद्धान्त र प्रकृया स्वतः आकर्षित हुनुपर्ने । (प्रकरण नं.५) § फैसला भएको मुद्दामा पुनरावेदन लाग्ने व्यवस्था भई पुनरावेदनको अवस्था वाँकी रहदै वा पुनरावेदन विचाराधीन रहेको अवस्थामा पहिलो मुद्दामा पहिलो तहको फैसलालाई नै आधार वनाई विपरीत असर पर्ने गरी अर्कै ऐन नियम अनुसार अन्य कारवाही निर्णय गर्न नमिल्ने। § प्रारम्भिक तहको फैसलाको आधारमा अर्को कारवाही निर्णय गर्दै जाने हो भने पहिलो मुद्दाको पुनरावेदकीय प्रकृया निष्प्रयोजन र त्यसमा हुने निर्णय निरर्थक हुन जाने । § पुनरावेदन गर्न पाउने हक कानूनी हक भएकाले कानूनले नै प्रदान गरेको यस हकलाई निरर्थक र निष्प्रभावी वनाउने गरी कुनै काम कारवाही गर्न नमिल्ने । (प्रकरण नं.७) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता किशोर कुमार अधिकारी, अधिवक्ताहरु हरि उप्रेती र मनोज दवाडी विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता ऋषिराम दवाडी अवलम्वित नजीरः आदेश न्या.ताहिरअलि अन्सारीः नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(२) वमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- म निवेदकले २०४०।१२।३० मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति पाई इमान्दारीपूर्वक पदीय जिम्मेवारी पूरा गरेकोले २०४४।५।१५ मा प्रहरी नायव निरीक्षक पदमा बढुवा पाएको, र २०५३।३।१९ मा प्रहरी निरीक्षक पदमा बढुवा पाई विभिन्न स्थानमा रही आफ्नो क्षमताले भ्याए सम्म पदीय जिम्मेवारी पूरा गरी आएको क्रममा २०५७।९।२१ मा प्रहरी चौकी किहुं टेक्रे स्ट्रयाईकिङ बेस क्याम्पमा काज सरुवा भएको हुं । उक्त वेस क्याम्पमा कार्यरत रहँदाको अवस्थामा मेरो गर्धनमा फोकाको रुपमा हड्डी बढेको जस्तो देखिदै आएको र दिन प्रतिदिन बढ्दै गै पीडा समेत हुन लागेको हुँदा २०५७।९।२१ मा पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा जँचाउँदा उपचारको लागि काठमाडौं जान रिफर गरेकोले गै काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा जँचाउँदा गर्धनमा पलाउँदै आएको मासुको डल्लो सल्यक्रियाद्वारा झिक्नु पर्ने भनी ०५७।१०।१० गतेको अपरेशन डेट समेत तोकिदिएको थियो । तत् पश्चात वेश क्याम्प डिउटीमा आई कार्यरत हुँदा स्टईकिङ कार्यमा खटिएको कारण निर्धारित दिन समयमा उपस्थित हुन नसक्दा अपरेशन हुन सकेन । गर्धनको पिडा बढ्दै गएको र गर्धन चलाउन समेत कठिनाई भएकोले उपचारार्थ वीरेन्द्र प्रहरी अस्पताल काठमाडौं जान पाउँ भनी क्र.सं. ११२ को सन्चारद्वारा प्रत्यर्थी जिल्ला प्रहरी कार्यालय तनहुंमा आवेदन गर्दा आवश्यक उपचारको लागि सो अस्पतालमा पठाउन भनी प्रत्यर्थी पश्चिम क्षेत्रीय प्रहरी कार्यालयलाई ०५७।११।१८ मा सिफारिस भै गएकोमा प्रेस्क्रिप्सन प्रमाणको माग भै पेसेन्ट बुक