निर्णय नं. ४६४४ - निर्णय दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६४४ - निर्णय दर्ता बदर भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १० फैसला मिति :२०४९/१०/२५ २२३५ निर्णय नं. ४६४४ ने.का.प. २०४९ (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा २०४६ सालको दे.पु.नं. ४८२ फैसला भएको मिति: २०४९।१०।२५।१ मा निवेदक/प्रतिवादी: ल.पु.जि. लेले आदर्श गा.पं. वडा नं. २ बस्ने काशिराम महत क्षेत्री विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने नेत्रबहादुर महत क्षेत्री मुद्दा : निर्णय दर्ता बदर (१) कुनै पनि अंशियारका नाउँमा दर्ता रहेको जग्गा निजको मृत्युपछि अन्यथा प्रमाणित नभएसम्म सबै अंशियारको हक लाग्ने । (प्रकरण नं. १४) (२) लिखत नामसारी एवं लिखत पासका फैसला पुनरावेदकका विरुद्ध प्रमाण लाग्ने नलाग्ने भन्ने निष्कर्षमा पुग्न मालपोत कार्यालयलाई अधिकार छ भन्न नसकिने । (प्रकरण नं. १४) (३) आफ्नो समेत हक लाग्ने भनी पुनरावेदकहरुले निवेदन दिएपछि जग्गामा हक बेहक पर्न आएको भन्ने स्पष्ट देखिन आएको छ । यस्तो अवस्थामा हक बेहक गरी ल्याउनु भनी सुनाउनु पर्नेमा मालपोत कार्यालयले प्रमाणको मूल्यांकन गरी गरेको निर्णय अधिकार विहीन देखिने । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसाल फैसला न्या.केशवप्रसाद उपाध्याय १. मुद्दाको संक्षिप्त तथ्य निम्न बमोजिम छ । मेरो दाजु रामबहादुर महत ०४१ सालमा र आमा बालकुमारी महत अघि नै परलोक भइसक्नु भएको र रामबहादुरको शेषपछि हक खाने श्रीमती छोरा छोरी कोही नभएको माइलो मेघबहादुर महत २०३१।२।७ मा आफ्नो अंशभाग बुझिलिई लिखत गरिदिए बमोजिम मृतक आमा र दाजुको शेषपछिको हकदार म भएकोले दर्ता प्रमाणित भइसकेको ल.पु.जि. लेले गा.पं.वडा नं.२(ग) कि.नं.३४ को क्षे.फ. १–११–० ऐ.कि.नं. २७ को क्षे.फ. ०–८–० ऐ.कि.नं. ३१ को क्षे.फ. ०–१२–० ऐ.कि.नं. २१ को क्षे.फ. १–१५–० समेत ४ कित्ता जग्गा नामसारी गरी ज.ध.प्र.पु. पाउँ भन्ने निवेदक नेत्रबहादुर महतको निवेदन माग दावी । २. माइलो मेघबहादुरले ०२१ साल बैशाख ७ गते आफ्नो अंश बुझी लिखत समेत गरी दिएकोले साविक दर्तावाला रामबहादुर महत र बालकुमारी महतको नाउँ खारेज गरी नेत्रबहादुरका नाउँमा नामसारी दर्ता गरी ज.ध.प्र.पु. दिलाई दिन हुन सिफारिश गर्दछु भन्ने व्यहोराको लेले आ.गा.पं.को सिफारिश उक्त कित्ता जग्गाहरु रामबहादुर महतको नाममा दर्ता प्रमाणित भएको । ३. यस कार्यालयबाट प्रकाशित सार्वजनिक सूचनाको म्यादभित्र निवेदक नेत्रबहादुरको भतिजाहरु काशिराम महत, कान्छा महत समेतले हामी २ जनाको नाउँमा दर्ता गरिपाउँ भन्ने काशिरामको निवेदन उजूरी । ४. निज काशिराम महतलाई ०४४।१२।३ गते प्रमाण पेश गर्न तोकिएको तारेखमा प्रमाणहरु पछि प्रमाण पेश गरी तारेखमा बस्न पाउँ भनी निवेदन दिई तारेखमा रहेकोमा ०४५।१।१५ गतेको तारेख गुजारी बसेको । ५. फिल्डबुकमा कि.नं. ११९ को जग्गा साविक दर्ता मेरा बाबु क्षेत्रबहादुरको अंश भागबाट मेरो हक भई मेरा नाममा नामसारी गरेको हुँ भनी सही गर्ने मेघबहादुर भनी उल्लेख गरिएको र निवेदकको माग बमोजिमको जग्गा रामबहादुर महत क्षेत्रीले मेरै दर्ता गरी आफैं जोती आएको छु भन्ने लेखाएको । ६. निवेदक नेत्रबहादुर महतबाट ०२१।१।७ को मेघबहादुरले अंश बुझेको लिखतको फोटोकपी र मेघबहादुरले भरेको ७ नं. फाँटवारीको प्रमाणित, मेघबहादुरले अंश बुझी जग्गा बिक्री व्यवहार गरेको भन्ने देखिने वादी दिपकुमारी महत प्रत्यवादी मेघबहादुर महत भएको लिखत पास मुद्दाको फैसलाको फोटोकपी मेघबहादुर