निर्णय नं. ८००७ - उत्प्रेषण परमादेश लगायत उपयुक्त आदेश जारी गरिपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८००७ - उत्प्रेषण परमादेश लगायत उपयुक्त आदेश जारी गरिपाऊँ । भाग: ५० साल: २०६५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६५/०४/१६ ४७८४ निर्णय नं.८००७ ने.का.प. २०६५ अङ्क ८ सर्बोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्वत् २०६१ सालको रिट नं. ––३१४७ आदेश मितिः २०६५।४।१६।५ मुद्दाः उत्प्रेषण परमादेश लगायत उपयुक्त आदेश जारी गरिपाऊँ । निवेदकः गौरी पार्वती निर्माण सेवा प्रा.लि. कलंकी, काठमाडौको तर्फबाट अख्तियार प्राप्त भई संचालक अध्यक्ष प्रबन्ध निर्देशक रामकुमार थापा बिरुद्ध बिपक्षीः काठमाडौ महानगरपालिका, सुन्धारा, काठमाडौ समेत § स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावलीले सम्झौता गर्न नआउने ठेकेदारको धरौटी वापत राखेको रकम जफत गर्न सक्ने अधिकार प्रदान गरेको देखिएपनि उक्त व्यवस्था ठेक्काको शर्तहरु यथावत कायम रहेको अवस्थामा मात्र लागु हुने । § बोलपत्र सूचनाको आधारभूत शर्तमा परिवर्तन भइसक्दाको अवस्थामा स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली लागु हुन सक्छ भनी अर्थ गर्न नमिल्ने । § कानूनमा भएको व्यवस्थालाई पालना गर्दा वा लागु (Enforce) गर्दा सार्वजनिक निकाय वा अधिकारीले स्वेच्छाचारी (Arbitrary) ढंगबाट नगरी विवेकसंगत (Rational) उचित (Reasonable) तथा स्वच्छ (Fair) ढंगले गरेको देखिनुपर्ने । (प्रकरण नं.४) § ठेक्काको आधारभूत शर्तमा परिवर्तन गर्ने पक्षबाट अर्को पक्षलाई ठेक्का सम्झौताको पालन नगरेको भनी बैक ग्यारेन्टी जफत गर्ने गरी गरेको निर्णयलाई कानूनको उचित (Reasonable), स्वच्छ (Fair) तथा विवेकपूर्ण प्रकृयाबाट भएको मान्न नमिल्ने । (प्रकरण नं.५) निवेदक तर्फवाटःविद्वान अधिवक्ता श्री मदन रेग्मी विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री दिनेशलाल श्रेष्ठ अवलम्वित नजीरः आदेश न्या.राजेन्द्रप्रसाद कोइरालाः नेपालको संबिधान २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यसै अदालतको अधिकारक्षेत्र भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– बिपक्षी काठमाडौ महानगरपालिकाले आफना कार्यालय अन्तर्गत दर्ता भै रहेका र नयाँ दर्ता हुने निजी तथा भाडाका सवारी साधनहरुको का.म.न.पा. ले तोकेको दरमा आ.ब. २०६१।०६२ को वार्षिक सवारी कर लिई नविकरण तथा नयाँ दर्ता गर्ने कार्य एक वर्षको लागी ठेक्कामा दिने भनी सिलबन्दी बोलपत्र आव्हानको सूचना प्रकाशित गरेकोमा म निवेदकले बोलपत्र सहभागी भई तोकिएको दस्तुर वापत नेपाल बङ्गलादेश बैंक लि. कालीमाटी शाखाबाट बैंक ग्यारेन्टी (Bank Guarantee) नं. NB: 07:BB: 210-2004 बाट राखेको रकम रु. ४,००,०००।– (चार लाख) दिई बोलपत्रमा रकम रु. ७०,०१,०००।– (सत्तरी लाख एक हजार) कवुल गरेकोमा मेरो बोलपत्र स्वीकृत गर्ने बिपक्षीबाट निर्णय गरी सकेपछि बिपक्षी का.म.न.पा. ले आफ्नो बोलपत्रको सूचना सर्तको बिरुद्धमा १ बर्ष सम्मको सम्झौता नगरि २०६२ आषाढ मसान्त सम्मको लागि मात्र गर्ने भनी आफैले राखेको बोलपत्रको सूचना सर्तलाई आफैले उल्लंघन गरी बदनियत एवं स्वेच्छाचारी तवरवाट सम्झौता गर्न नआएको भन्ने झुठ्ठा आरोप लगाई मैले राखेको बैंक ग्यारेन्टी रकम जफत गर्ने भनी बिपक्षीबाट भएको मिति २०६१।०५।३० को निर्णय एवं सो संग सम्बन्धित बैंक ग्यारेन्टी जफत गर्नको लागि लेखिएको पत्र तथा काम कारवाही र गैरकानूनी निर्णयका आधारमा आफनो बैंकमा रहेको बैंक ग्यारेन्टी जफत गरी बिपक्षी का.म.न.पा. लाई रकम दिलाउने गरिएको काम कारवाही पत्र समेत उत्प्रेषणको आदेशवाट