निर्णय नं. ४६४५ - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६४५ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १० फैसला मिति :२०४९/१०/१९ ३५५५ निर्णय नं. ४६४५ ने.का.प. २०४९ (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४७ सालको रिट नं. ८५३ आदेश भएको मिति: २०४९।१०।१९।१ मा निवेदक : जगतप्रसाद शर्मा (गोतामे) का.न.पा. पकनाजोल विरुद्ध विपक्षी : गृहमन्त्रालय, श्री ५ को सरकार काठमाडौंसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) निवेदक करीब ५० वर्ष उमेरको साबालक भएको फाइल संलग्न कागजातबाट देखिन्छ । तसर्थ निजलाई नाबालक छोरा मानी सौतेनी आमा उपर निज आश्रित भएको मान्न सकिने अवस्था नरहने । (प्रकरण नं. १५) (२) प्रहरी नियमावली, २०३३ को नियम १.२ को परिभाषा खण्ड (घ) भित्र नपर्ने साबालक सौतेनी छोरालाई ऐ.को नियम १०.४ बमोजिमको पारिवारिक निवृत्तिभरण प्राप्त हुन नसक्ने कानुनी व्यवस्था भइरहेको देखिँदा निवेदकलाई मृतक सौतेनी आमाको निवृत्तिभरण बापतको रकम प्राप्त हुन नसक्ने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलिअकवर मिकरानी आदेश न्या.केदारनाथ उपाध्याय १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. म निवेदकका बाबु लक्ष्मीप्रसादका दुई श्रीमती मध्ये जेठी मनसादेवीबाट म समेत ३ जनाको जायजन्म भएको कान्छी आमा पवित्रादेवीबाट कुनै सन्तानको जायजन्म भएको थिएन, मसंग बसी मैले पालनपोषणा गरी आएको थिएँ । वहाँ प्रहरी सेवामा प्रहरी निरीक्षक भई काम गर्दा गर्दैका अवस्थामा २०४३।२।१७ मा कालगतीले परलोक हुनुभयो । कान्छी आमाको मृत्यु पछि निजको नाउँको सारा चल अचल सम्पत्ति सरकारी पेन्सन पट्टा निवृत्तिभरण समेतको सम्पूर्ण रकम मैले खानु भनी २०४३।७।१८ गते रजिष्ट्रेशन पास गरी अंश छोडपत्रको कागज मेरा दाजु भाइले कागज गरी दिनु भयो । ३. म बाहेक कुनै हकवाला नभएकोले निज कान्छी आमाले नोकरी अवधिमा संचित विदा औषधोपचारको खर्चको रकम तथा निवृत्तिभरणको रकम समेत दिलाई पाउँ भनी मैले प्रहरी प्रधान कार्यालयमा निवेदन दिएको थिएँ । उक्त कार्यालयबाट पनि उक्त रकमहरु मलाई दिनु भनी प्रहरी किताबखाना र सदर ट्राफिक कार्यालयमा २०४३।३।२५ मा लेखी गएको थियो । प्रहरी किताबखाना र सदर ट्राफिक कार्यालयमा बुझ्दा पकनाजोल बस्ने वासुदेव लामिछाने भन्ने व्यक्तिले निवृत्तिभरणको रकम आधा निजको छोराले पाउने पवित्रादेवीले इच्छाएको हुँदा पाउनुपर्छ भनी दावी गरेको रहेछ । महान्यायाधिवक्ताको कार्यालयमा राय मागी पठाएकोमा निवृत्तिभरणको रकम इच्छाइएको व्यक्तिले पाउने व्यवस्था नभएको राय दिइयो । म नै एकमात्र हकवाला भएको निश्चित भयो । ४. यसरी राय लेखी आइसकेपछि उक्त मेरो निवेदन सहितको फाइल गृहमन्त्रालयमा गएको र तुरुन्त रकम नपाएको हुनाले उक्त रकमहरु अविलम्ब पाउँ भनी मैले २०४३ साल कार्तिक महीनामा गृहमन्त्रालयमा निवेदन लेखी दिएकोमा स्व. पवित्रादेवीको संचित बिदा र उपचार खर्चको रकम निजको सौतेनी छोरा जगतप्रसादलाई भुक्तानी दिने र निवृत्तिभरणको रकमको सम्बन्धमा प्रहरी नियमावली, २०३३ को नियम १०.४ र १.२(घ) अनुसारको परिवार भित्र नपर्ने भएकोले पारिवारिक निवृत्तिभरणको रकम कसैलाई पनि दिन नमिल्ने भनी गृहमन्त्रालय प्रहरी कारागार शाखाबाट प्रहरी प्रधान कार्यालयलाई २०४३।८।२६।५ मा लेखी त्यसको बोधार्थ मलाई द