निर्णय नं. ८६३७ - अंगभंग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६३७ - अंगभंग भाग: ५३ साल: २०६८ महिना: असोज अंक: ६ फैसला मिति :२०६८/०२/२४ ४८०२ ने.का.प. २०६८, अङ्क ६ निर्णय नं.८६३७ सर्वोच्च अदालत, संयुक्त इजालस माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की २०६४–CR–००१८, ०३१३ फैसला मितिः २०६८।२।२४।३ मुद्दा :— अंगभंग । पुनरावेदक वादीः असर्फीलाल साह तेलीको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला बारा, प्रष्टोका गा.वि.स. वडा नं. ५ बस्ने बैजनाथ साह तेली समेत पुनरावेदक प्रतिवादीः जिल्ला बारा, प्रष्टोका गा.वि.स. वडा नं. ३ बस्ने श्रमु भन्ने शम्भु साह कानु समेत विरुद्ध प्रत्यर्थी वादीः असर्फीलाल साह तेलीको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.जि.न्या. श्री अजयराज उपाध्याय पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री उद्धबप्रसाद बासकोटा मा.न्या.श्री गौरीबहादुर कार्की § फौजदारी कानून र न्यायको एउटा महत्वपूर्ण उद्देश्य भनेको कसूरदारलाई सजाय गर्नुको साथै अपराधको रोकथाम र नियन्त्रण गरी समाजमा शान्ति र व्यवस्था कायम गर्नु पनि हो । कसूरदारलाई सजाय तोक्दा दण्ड गरे जस्तो मात्र देखिनु हुँदैन । कसूरको मात्रा र गाम्भीर्यताअनुसार दण्ड पाएको अनुभूति गरी पश्चातापको वातावरण पनि सिर्जना हुने किसिमले दण्ड गर्नुपर्ने । (प्रकरण नं.६) § ऐन कानूनले कैदको सजाय कसूरदारहरू बीच दामासाही हुने भनी स्पष्ट नभनेको अवस्थामा दामासाही गर्नु तर्क एवं न्यायपूर्ण देखिदैन । यदि एक व्यक्तिले गर्ने कसूर अपराधमा निजलाई हुने दण्ड सजाय नै सामूहिक रुपमा अपराध गर्ने व्यक्तिलाई तोकी दण्ड सजाय कसूरदारहरूका बीच दामासाही गरी तोक्ने हो भने एक्लैले गरेको भए हुने सजायभन्दा औसतमा कम सजाय हुन गई सजायको प्रभाव न्यून हुन जाने । § एक व्यक्तिले गर्ने अपराधभन्दा एकभन्दा बढी व्यक्तिहरू मिली सामूहिक तबरले गरिने अपराधमा कसूरको मात्रा र गुरुत्व बढी हुने हुँदा कसूरदारलाई दिइने कैदको सजायमा ऐनले कसूरदारहरूका बीच दामासाही हुने भनी स्पष्ट व्यवस्था गरेको अवस्थामा बाहेक कसूरदारहरूलाई कैदको सजाय गर्दा दामासाही नगरी जनही गर्नु न्यायोचित हुने । (प्रकरण नं.८) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी पुनरावेदन प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता मनमोहन तिमिल्सिना अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन कुटपीटको महलको १, २, ६, ७ फैसला न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) ले यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः— यसमा विपक्षी बैजनाथ र सत्येन्द्र समेतले अबैध रुपमा भित्र्याएका काठहरू प्रहरी र सेनाबाट छापा मारिएकोमा सो बारे जानकारी हामीले नै दिएको होला भनी अनुमान गरी रिसइवी लिई राखेका रहेछन् । मिति २०५९।४।१० गते बेलुका म बजार जाँदा विपक्षीहरूले देखी योजना बनाई ६ बजेको समयमा फर्की आउँदा मलाई घेराहाली बैजनाथको आदेशले बाँसको लठ्ठी, फाइट मुक्काले म असर्फीलालको दाहिने हात २ टुक्रा अंगभंग हुने गरी, दाँत टुट्ने गरी, टाउको फुट्ने गरी तथा शरीर भरी घाउ चोट पुग्ने गरी कुटपीट गरेको र म विक्रम वीरगञ्जबाट आउने क्रममा विपक्षीले म विक्रम समेतलाई घेराहाली पछाडिबाट टाउकोको बीच जोडले बाँसको लठ्ठीले हानि गम्भीर घाउचोट पुर्याउनुको साथै जिउभरी कुटपीट गरी घाउ, खत पुर्याएकोमा घा जाँच गराई पाउँन म असर्फी कुटपीट अंगभंगको चोटले सनाखत गर्न असमर्थ हुँदा ऐनको म्यादमा