निर्णय नं. ८५९६ - उत्प्रेषण परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५९६ - उत्प्रेषण परमादेश भाग: ५३ साल: २०६८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६८/०३/१५ ९७१० ने.का.प. २०६८, अङ्क ४, निर्णय नं. ८५९६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय २०६७–WO– १३६१ आदेश मितिः २०६८।३।१५।५ विषयः उत्प्रेषण परमादेश । निवेदकः नुवाकोट जिल्ला, थान्सिङ्ग गा.वि.स. वडा नं ७ वस्ने विनोदप्रसाद पाठक समेत विरुद्ध विपक्षीः नुवाकोट जिल्ला, थान्सिङ्ग गा.वि.स. वडा नं २ स्थित महेन्द्र उच्च मा.वि.समेत § विद्यालयको सञ्चालन रेखदेख र व्यवस्थापनको लागि प्रचलित कानूनबमोजिम विद्यालय व्यवस्थापन समितिको गठन गर्नुपर्ने हुँदा कानूनको उचित प्रक्रिया पूरा नगरी वा कानूनद्वारा निर्धारित योग्यता तथा शर्तको परिपालन नगरी गठन गरिएको विद्यालय व्यवस्थापन समितिले वैधता पाउन नसक्ने । § अवैधानिक रुपमा गठन भएको वा तोकिएबमोजिम योग्यता नभएको विद्यालय व्यवस्थापन समितिले गर्ने कार्य अधिकारविहीन हुन जाने । (प्रकरण नं.७) निवेदकका तर्फबाट विद्वान अधिवक्ता रामप्रसाद आचार्य विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रमेश शर्मा पौडेल, विद्वान अधिवक्ता विष्णुबहादुर गुरुङ्ग अवलम्बित नजीरः सम्बद्ध कानूनः § शिक्षा ऐन, २०२८ को दफा १२(१)(ख) § शिक्षा नियमावली, २०५९ को नियम २३ (१), (३), २९(ग) आदेश न्या.रामकुमार प्रसाद शाहः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) ले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदकको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः – विपक्षीमध्येको महेन्द्र उच्च मा.वि.२०१५ सालमा मिडिल स्कूल (नि.मा.वि) को रुपमा स्थापित भई २०४० सालमा मा.वि.र २०६३ सालमा उच्च मा.वि.को स्वीकृति लिई सञ्चालन भइरहेको सामुदायिक विद्यालय हो । विद्यार्थी संख्याको आधारमा हाल यस विद्यालयमा झण्डै ५४७ जना अभिभावकहरू रहेका छन् । सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख, निरीक्षण एव व्यवस्थापनलगायतका कार्यहरू गर्न शिक्षा ऐन तथा शिक्षा नियमावलीले एक विद्यालय व्यवस्थापन समितिको व्यवस्था गरेको र त्यस प्रकारको व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू अभिभावकहरू मध्येबाट छनौट गरिने र छनौटको प्रक्रियामा समेत सोही ऐन तथा नियमावलीमा स्पष्ट व्यवस्था भएकोमा विपक्षी उच्च मा.वि.को व्यवस्थापन समिति गठन गर्ने भनी मिति २०६७।२।२९ गते आयोजना गरिएको अभिभावकहरूको भेलामा शिक्षा ऐन तथा नियमावलीमा सो सम्बन्धमा रहेको व्यवस्थाविपरीत झण्डै ५४७ जना अभिभावकहरू रहेको विद्यालयको व्यवस्थापन समिति गठन गर्ने भेलामा उपस्थित १३२ जनामध्ये अभिभावकहरू जम्मा २५ जनाभन्दा बढी नरहेको र उपस्थित २५ जनामध्ये पनि निवेदकलगायतका केही अभिभावकलाई Y.C.L. ले नियन्त्रणमा लिई जवर्जस्ती रुपमा व्यवस्थापन समिति गठन गरेकोमा कानूनविपरीत जवर्जस्ती रुपमा गठन गरिएको त्यस प्रकारको अवैधानिक समितिलाई खारेज गरी शिक्षा ऐन, नियमावलीअनुसारको प्रक्रिया पुर्‍याई विद्यालय व्यवस्थापन समिति गठन गरियोस् भनी हामी निवेदकलगायतका अभिभावकहरूले जिल्ला शिक्षा कार्यालय नुवाकोटमा मिति २०६७।२।३० मा निवेदन दिएकोमा हालसम्म पनि उक्त निवेदनउपर कुनै कारवाही नगरी आलटाल गर्दै आएको छ । झण्डै ५४७ जना अभिभावक रहेको विद्यालयको व्यवस्थापन समिति गठन गर्दा गैरअभिभावकलाई उपस्थित गराएको र २५ जना जति मात्र अभिभावक उपस्थित रहेकोमा आफूसँग असहमति जनाउने अभिभावकलाई नियन्त्रणमा लिई आफ्नो विचारसँग सहमति जनाउने व्यक्तिहरूलाई