निर्णय नं. ८५९७ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५९७ - अंश चलन भाग: ५३ साल: २०६८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६७/०९/०७ ६२३८ ने.का.प. २०६८, अङ्क ४, निर्णय नं. ८५९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६६ सालको CI–०४८४ आदेश मितिः २०६७।९।७।४ मुद्दा : अंश चलन । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.३५ कोटेश्वर हाल पेप्सीकोला बस्ने सान्नानी भन्ने महकुमारी गजुरेलसमेत विरुद्ध प्रत्यर्थी वादीः काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.३५ घर भई भै हाल गोठाटार गा.वि.स.वडा नं.९ बस्ने कान्छी गजुरेल शुरु फैसला गर्ने : मा.न्या.श्री ओमप्रकाश मिश्र पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री गोपाल पराजुली मा.न्या.श्री विश्वम्भरप्रसाद श्रेष्ठ § मुद्दा दर्ता भई पक्षले हक परित्याग गरेको वा अन्य कतिपय कारणले न्याययोग्य नभएको अवस्थामा पनि मुद्दा फछ्र्यौट हुन पुग्दछ वा सो गर्नुपर्ने हुन्छ मुद्दामा पक्षले तारेख गुजार्नु, दावी पुग्न सक्दैन भन्नु रीत नपुर्‍याई दर्ता गरेको देखिनु, कोर्टफी नै नपुग हुनु वा तिर्न नसक्नु आदि कतिपय अवस्थामा प्राविधिक किसिमले मुद्दा फछ्र्यौट गर्नुपर्ने हुन्छ । ती सबै अवस्था यथार्थमा फैसला होइनन् । फैसला गर्नु भनेको पक्ष विपक्षबीचको मुख मिले वा नमिलेको कुरा तय गरी के ठहर्छ सो इन्साफको रोहमा विचार गरिने स्थिति हो भनी बुझ्नु पर्ने । कम्तिमा पनि एक पटक फिराद परेपछि अर्को पटक सोही विषयमा दावी गर्न नसक्ने गरी अयोग्यता सिर्जना गर्ने गरी इन्साफ बोलेको स्थिति सुनिश्चित गर्नु अ.बं.८५ नं. आकर्षित हुनको लागि सान्दर्भिक देखिने । (प्रकरण नं.३) § अंश, कानूनबमोजिम स्थापित कुनै खास परिवारमा जन्मकै आधारमा प्राप्त हुने नैसर्गिक हकको विषय भएकोले व्यक्तिको नैसर्गिक हकलाई प्राङ्न्यायको सिद्धान्तको हवाला दिई निस्तेज गर्न नहुने । § परिवारको सदस्य भएको नाताले कानूनबमोजिम अंश पाएको वा परित्याग गरेको टड्कारो स्थितिबेगर अंशको हक गुमेको अनुमानित तर्क गरी अंशको हकलाई निरर्थक वा उपभोग अयोग्य हुने गरी कुनै व्याख्या गर्न समेत मिल्ने देखिन्न । अन्यथा सामान्य कार्यविधिगत वा प्राविधिक कारणले व्यक्तिले नैसर्गिक हक उपयोग गर्नबाट बञ्चित हुनुपर्ने अवस्था आउन सक्ने । § अघि दायर गरेको अंश मुद्दामा हाललाई दावी नपुग्ने गरी फैसला भएको देखिए तापनि सो निर्णय अन्तिम प्रकृतिको नभै तात्कालीक प्रकृतिको भएको र मुद्दामा हारजीतको फैसला नभएकोले अंशको नैसर्गिक हकलाई उपभोग गर्नबाट रोक लगाउन नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता शशीविनोद प्याकुरेल प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § अ.बं.३२ र ८५ नं. फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत पाटनबाट मिति २०६६।१।८ गते भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतसमक्ष दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– ससुरा बालकृष्ण गजुरेल र सासू लक्ष्मीमाया गजुरेलको परलोक भैसकेको र निजहरूको कोखबाट एकमात्र छोरा हेमप्रसाद गजुलेलको जायजन्म भएकोमा निज हेमप्रसाद गजुरेल मेरो पति हुनुहुन्छ । विपक्षी पति र मेरोबीचमा २०२३ सालमा प्रेम विवाह भएको हो । मेरो विवाह हुनु भन्दा अगाडि नै निजको सान्नानी गजुरेलसँग विवाह भैसकेको कुरा मलाई विवाह भै घर जाँदा मात्र थाहा भयो । वि.सं.२०२५ सालमा मेरो कोखबाट छोरी कमला गजुरेलको जन्म भएपश्चात् विपक्षीक