निर्णय नं. १६१२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६१२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/०१/०६ २४३० निर्णय नं. १६१२ ने.का.प. २०४० अङ्क १ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् ०३८ सालको रि.फु.नं. ४५ आदेश भएको मिति : २०४०।१।६।३ मा निवेदक/प्रतिवादी : महोत्तरी जि. डाम्ही गा.पं.वार्ड नं.३ बस्ने मोहन मण्डल धानुक विरूद्ध विपक्षी/रिट निवेदक : ऐ.ऐ.वार्ड नं.५ बस्ने देवेन्द्रकुमार ठाकुर विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) पिताको मृत्यु भएपछि मोहियानीको प्रमाणपत्र पाउँ भनी निवेदन भएकोमा विवादको जग्गा मोही भई कमाई आएको थियो थिएन, कमाई आएको थियो भने निजपछि सो हक कसलाई प्राप्त हुने हो, तत्सम्बन्धी कानुनबमोजिम सबूत प्रमाण बुझी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०) प्रत्यर्थी निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर र विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति ०३८।२।१३।३ को निर्णय उपर निवेदकको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र जाहेर हुँदा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपर्युक्त मुद्दा दोहर्‍याई दिनु भन्ने मौसूफका प्रमुख सचिवालय मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. बाबु छट्टु मण्डलले सूर्यनारायण ठाकुरको डाम्ही महेशपूर पञ्चायतको ४ नं.जो.अ.नि. बमोजिम नापी हुँदा वार्ड नं.२ कि.नं.१९८ र वार्ड नं.७ कि.नं.१३४ को दुई कित्ता जग्गा १–१०–९ बाबु छँदा कमाई आएको निज परलोक भएपछि उक्त जग्गा मैले कमाई आएको सूर्यनारायण परलोक भएपछि निजको छोरा देवेन्द्रकुमारलाई कूत बुझाई आएको हुनाले सो जग्गाको प्रमाणपत्र पाउँ भन्ने समेत विपक्षी मोहन मण्डलको विपक्षी कार्यालयमा निवेदन परेको रहेछ । सो जग्गा सूर्यनारायणको लम्बरीबाट मेरो अंश भागमा परी ४ नं.(साविक पेज नं. १) जो.अ.नि. अनुसार मैले सर्भे नापी गराई पूर्जा पाएको छु विपक्ष मोही भए बाली बुझाएको भरपाई हुनुपर्ने सो समेत नभई दावी लिएको हुँदा खारेज गरिपाउँ भन्ने समेत निवेदकको बयान भएकोमा भूमिसम्बन्धी ऐन, २०२१ संशोधन सहितको दफा २५(१) बमोजिम छट्टु मण्डल मोही देखिँदा ऐ.को दफा २६ (ख) बमोजिम छट्टु मण्डल परलोक भएपछि निजको एक मात्र छोरा वादी मोहन मण्डल भएकोले कि.नं.१३४ र १९८ को जम्मा बिगाहा १–१०–८ जग्गाको नामसारी गरी ३ नं.स्थायी प्रमाणपत्र दिने ठहर्छ भनी विपक्षी कार्यालयबाट ०३६।२।२८।२ मा निर्णय भएको रहेछ । सो बदर गराई माग्न यो निवेदन पर्नआएको छ । ३. विपक्षी अधिकारीज्यूबाट सबूत प्रमाणको आधारमा निर्णय नभई काल्पनिक निर्णय मात्र भएको अ.बं.१८४क.१८५।१८९ प्रमाण ऐनको दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश र भूमिसम्बन्धी ऐनको दफा २६(१) अ.बं.८२।३५ नं.समेतको प्रत्यक्षतः त्रुटिपूर्ण हुँदा बदरभागी छ । ४. विपक्षीद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत सिड्डलबेञ्चको मिति ०३७।२।२८ को आदेशानुसार विपक्षीद्वारा प्राप्त लिखितजवाफ जिकिर यस प्रकारका रहेछन् : ५. जग्गाधनीले रोज्ने हक हनन् भएको छैन वहाँलाई मोही रोज्ने कुरा जिकिर नभएको र सम्बन्धित गा.पं.ले जग्गा ना.सा.को लागि सिफारिश गरेको मात्र माल