निर्णय नं. ४६५० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६५० - कर्तव्य ज्यान भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११ फैसला मिति :२०४९/११/०६ २४६२ निर्णय नं. ४६५० ने.का.प. २०४९ (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव २०४६ सालको फौ.पु.नं. ३६६ फैसला भएको मिति : २०४९।११।६।४ मा पुनरावेदक/वादी: ढुल्की जैसिनीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी: जि.दैलेख बडलम्जी गा.पं. वा.नं. ७ बस्ने काले कामीसमेत मुद्दा : कर्तव्य ज्यान (१) प्रहरी हिरासतमा गराइएको केवल बयानको आधारमा सजायँ गर्न नमिल्ने । (प्रकरण नं. ३५) (२) तत्काल उठेको रिस थाम्न नसकी लाठीले हिर्काएबाट मृत्यु भएको देखिंदा प्र.लाई ज्यानसम्बन्धीको १४ नं. अनुसार १० वर्ष कैद गर्ने गरी गरेको क्षे.अ. को इन्साफ मनासिब देखिने । (प्रकरण नं. ३५) पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु. उप सरकारी न्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक प्रतिवादी/विपक्षीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको २०४६।७।२३ को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. मेरो बाबु प्रसाराम जैसीको लिमुडखाडा भन्ने ठाउँमा गाई भैंसीको गोठ भएको र २०४२ साल मार्ग २२ गतेको दिन गाई भैंसी चराई बेलुका गोठमा बाँधी आएकी थिएँ, ऐ.२३ गतेको विहान अं.९ बजेको समयमा गाई भैंसी फुकाउन गोठमा जाँदा भैंसीको पाडोलाई बाँधेको दाम्लो फुकाई अं. २५ वर्षको नचिनेको लोग्ने मानिस घाँटीमा दाम्लो लगाई झुण्डी मरेकोले कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने ढुल्की जैसीनीको जाहेरी दर्खास्त । ३. २०४२।८।२२ गतेको दिन मेरै गाउँमा लालमणी, चन्द्रमणी, रत्ने, नरे, सार्की कामी, छोटेलाल, डल्लो, नाउटो, मोते, लालसिंगे कामी र कालोकामी समेतले मेरो लोग्ने समेतलाई चोर भनी दिनभर बाँधी मेरै घरमा राखेको र निज लोग्ने सेते सो दिन साँझ भाग्दाका अवस्थामा निजहरुले लखेटी लगेका हुन्, मेरो लोग्ने सेतेलाई कर्तव्य गरी कालो कामी समेतका ११ जनाले मारेकोमा विश्वास लाग्छ भनी लोग्ने सेते कामीको लास समेत पदम कमेनीले सनाखत गरी दिएको कागज । ४. २०४२।८।२५ गते भएको लाश प्रकृति मुचुल्का । ५. २०४२।८।२२ गतेका दिन चोर सेते पक्राउ भएको सुनी म पनि गएको थिएँ चोरीको विषयमा छलफल चलिरहेको थियो सो दिन साँझ सेते भागेपछि म समेत समात्न गएको थिएँ, को कसले कुटपिट गरे ठेगान भएन मैले कुटपिट गरिन सेते मरेपछि लाश लगी गोठभित्र झुण्ड्याएका हुन् भन्ने समेत व्यहोराको नरेकामी, लालसिंगे कामी समेतले प्रहरीमा बेग्ला बेग्लै गरेको बयान कागज । ६. २०४२।८।२२ गतेका दिन धान चोरीमा सेते पक्राउ भएको सुनी म पनि गएको थिएँ । सेतेलाई डोरीले बाँधेका थिए । चोरी सम्बन्धमा छलफल भयो, सेते साँझमा भागेपछि मसमेत पिछा गर्दै गएको थिएँ, खोला माथि सालघारीमा फेला पारी सबैले कुटपिट गर्दा मैले पनि एक थप्पड हानेको हुँ भन्ने सार्की कामी, चोर सेतेलाई खोला माथि फेलापारी सबैले कुटपिट गर्दा मरेको हो, मैले पनि १, २ थप्पड हानेको हुँ, मेरो हातबाट सेते मरेको होइन कालोकामी समेतको हातबाट मरेको हो भन्ने नाउटो कामीले प्रहरीमा गरेको बेग्लाबेग्लै बयान कागज । ७. २०४२।८।२२ गतेका दिन धान चोरीमा सेते पक्राउभएको सुनी म पनि गएको थिएँ । सेतेलाई डोरीले बाँधेका थिए, चोरी सम्बन्धमा छलफल भयो, सेते साँझ भागेपछि मसमेत पिछा गर्दै गएको थिएँ खोलामाथि सल्लाघ