निर्णय नं. ४६५२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६५२ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११ फैसला मिति :२०४९/११/१७ २३७७ निर्णय नं. ४६५२ ने.का.प. २०४९ (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य २०४६ सालको रिट नं. १०७८ आदेश भएको मिति: २०४९।११।१७।१ मा रिट निवेदक: विराटनगर न.पं. वार्ड नं. २ बस्ने ने.ट्रे.लि. को वरिष्ठ अधिकृत वर्ष ४५ को रामप्रसाद भट्टराई विरुद्ध विपक्षी : अम्बरबहादुर कार्की, महाप्रबन्धक, ने.ट्रे.लि. केन्द्रीय कार्यालय, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) नेशनल ट्रेडिंग लिमिटेड कर्मचारी सेवा शर्त नियमावली, २०३४ को परिच्छेद ६ को नियम १(२) अनुसार पद खारेज गरी सेवाबाट अवकाश दिनुपर्ने उचित कारण हुनु आवश्यक देखिन्छ । रिट निवेदकलाई सेवाबाट अवकाश दिने गरी गरेको निर्णय औचित्यपूर्ण र तर्कसंगत एवं सन्तोषजनक रहेको नदेखिने । (प्रकरण नं. ६) (२) अवकाश दिने गरी गरेको निर्णय सदासयताविहिन भएकोले अवकाश दिने गरी भएको ने.ट्रे.लि. संचालक समितिको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ६) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी, विद्वान अधिवक्ता श्री रामप्रसाद गौडेल आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवदेनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :– २. म ने.ट्रे.लि. को केन्द्रीय कार्यालय कर्मचारी प्रशासन महाशाखामा कार्यरत रहेको अवस्थामा मिति ०४६।९।२४ को निर्णय अनुसार केन्द्रीय कार्यालयको प्रशासन व्यवस्था महाशाखा अन्तर्गतको कर्मचारी व्यवस्था शाखाको तपाई बहाल रहेको ८ आठौं तहको पद आवश्यक नभई खारेज भएको र तपाईको सेवा यस संस्थानलाई आवश्यक नभएकोले ने.ट्रे.लि.से.श.नि., २०३४ को परिच्छेद ६ को नियम १(२) अनुसार १ महीनाको तलब दिने गरी आजैका मितिदेखि अवकाश दिइएको भनी ०४६।९।२४ का दिन पत्र दिइयो । उक्त निर्णय मितिसम्म मेरो पदस्थापना नै नभई सकेकोले ८ आठौं तहको पदबाट मलाई अवकाश दिन मिल्दैन । नियमावलीको परिच्छेद ६ को नियम १(२) अनुसार पद खारेज हुने भएमा कारण खुलाएर मात्र अवकाश गर्नु पर्नेमा, पद खारेज हुने कुनै उचित कारण देखाउन सकेको छैन । ने.ट्रे.लि. ले गरी आएका काम कुनै बन्द भएको छैन र पद खारेज गर्नु पर्ने कुनै कारण छैन । संस्थानको कारोवार र लक्षलाई मूल्यांकन गरिएमा पनि अरु जनशक्तिको आवश्यकता रहेको छ । संस्थानका समान तहका पदहरु खाली छँदाछँदै खारेज भए पनि खारेज गर्नुको अलावा सरुवा गर्नु पर्ने हो । उपरोक्त कारणहरुबाट विपक्षीहरुले पद खारेज भएको भनी बिना औचित्य अवकाश दिने गरी गरेको निर्णयबाट मेरो संवैधानिक तथा मौलिक हकको हनन् हुन गएको छ । तसर्थः अवकाश दिने गरी गरेको संचालक समितिको २०४६।९।२४ को निर्णय र तत्पश्चात भएका कारवाहीहरु बदर गरी आफ्नु पदमा बहाल गराउनु भन्ने आदेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन । ३. यसमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको मिति ०४६।१२।१६।५ को आदेश । ४. निवेदकलाई कुनै विभागीय कारवाही गरी सजायँबाट अवकाश दिएको होइन । यस ने.ट्रे.लि.को प्रतिस्पर्धात्मक बजार कारोवारले गर्दा संस्थाको काम कारवाहीमा सुधार ल्याउनु पर्ने र संस्थाको कार्यदक्षता वृद्धि गर्न एव