निर्णय नं. ४६५३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६५३ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११ फैसला मिति :२०४९/११/१८ २३९७ निर्णय नं. ४६५३ ने.का.प. २०४९ (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य २०४७ सालको रिट नं. ९२१ आदेश भएको मिति: २०४९।११।१८।२ मा रिट निवेदक: शोल्टी क्यासिनोको तर्फबाट महाप्रबन्धक पुरुषोत्तम शमशेर ज.ब.रा. विरुद्ध विपक्षी : श्री ५ को सरकार, श्रम विभाग, रामशाहपथसमेत विषय : उत्प्रेषण (१) कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी नियम, २०१९ को नियम २६(क) अनुसार गयल खारेज गरेको सम्बन्धमा कारखाना निरीक्षक समक्ष पुनरावेदन गर्ने कानुनी व्यवस्था रहे भएको पाइएन । कानुनी व्यवस्था नभएपछि त्यस्तो पुनरावेदन लिने तथा हाजिर गराउने सम्बन्धी लेखी पठाएको पत्र समेत अनधिकृत देखिएकोले सो पत्र उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री उमेश खकुरेल, विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. विपक्षी उत्तमकुमार यस क्यासिनोमा जुनियर कुपियर पदमा बहाल रहँदा ०४४।१०।१२ मा क्यासिनोको रकम चोरी मुद्दामा श्री ५ को सरकार वादी भई मुद्दा चल्दा का.जि.अ.बाट चोरी गरेको ठहरी फैसला भएको । त्यस उपर बा.अं.अ. बाट निजले सफाई पाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट पनि बा.अं.अ.को फैसला सदर भई निजले सफाई पाएका । चोरीको सम्बन्धमा निज ०४४।१०।१३ देखि ऐ. १७ गतेसम्म थुनिएका त्यसपछि निज २ वर्ष ५।६ महीनासम्म क्यासिनोमा हाजिर हुन आएनन् । लामो समयसम्म गयल रहेबाट नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी नियम, २०१९ को दफा २६(क) अनुसार तथा क्यासिनो नेपाल सेवा शर्तको दफा २५ र ३३ मुताविक २०४७।४।२५ को पत्रबाट निजलाई सेवाबाट हटाइएको हो । त्यस उपर श्रम कार्यालयले विपक्षी उत्तमकुमारबाट पुनरावेदन लिई त्यसमा निजलाई साविक पदमा हाजिर गराउनु भन्ने समेत व्यहोराको विपक्षी कारखाना निरीक्षकले मिति ०४७।५।१७ को पत्र पठाउनु भयो । त्यस्तो पुनरावेदन सुन्ने र त्यस किसिमको पत्र लेख्ने कारखाना निरीक्षकलाई कुनै अधिकार तथा कानुनी व्यवस्था समेत नभएकोले सो ०४७।५।१७ को आदेशपत्र गैरकानुनी हुँदा बदर गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन । ३. निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरुबाट लिखितजवाफ मगाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासबाट भएको मिति ०४७।८।१७।२ को आदेश । ४. रिट निवेदक आफैं जाहेरवाला भई चलाएको चोरी मुद्दामा मैले ०४७।३।१२ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला समेतबाट सफाई पाइसकेको छु । म मिति ०४२।१०।१७ मा पूर्पक्षको लागि तारेखमा छुटेपछि भोलि पल्टै हाजिर हुन पाउँ भनी विपक्षी समक्ष जाँदा महाप्रबन्धकले तिम्रो मुद्दा टुड्डो नलागेसम्म हाजिर गर्न मिल्दैन भनी निवेदन दर्ता गर्न समेत इन्कार गरी पठाएका हुन् । कारखाना तथा कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१ अनुसार मलाई श्रम कार्यालयमा पुनरावेदन गर्ने अधिकार छ । सोही अधिकार अन्तर्गत मैले श्रम कार्यालयमा पुनरावेदन दिएको तथा त्यहाँबाट निर्णय गरी लेखेको ०४७।५।१७ को आदेशपत्र समेत कानुन बमोजिम नै भएको हुँदा सो बदरभागी