निर्णय नं. ४६५४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६५४ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११ फैसला मिति :२०४९/११/०४ २५६७ निर्णय नं. ४६५४ ने.का.प. २०४९ (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०४८ सालको रिट नं. १९७१ आदेश भएको मिति: २०४९।११।४।२ मा निवेदक : का.न.पा. वडा नं. २९ को परिवर्तित ऐ.वडा नं. ३२ बस्ने कृष्णमाया खडकी विरुद्ध विपक्षी : मालपोत कार्यालय, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) निवेदकले मालपोत कार्यालयको निर्णय उपर पुनरावेदन तहमा नगई रिट क्षेत्रमा प्रवेश गरेको पाइन्छ । यसरी निवेदकलाई पुनरावेदन गर्न पाउने कानुनी उपचारको बाटो हुँदा हुँदै सो उपयोग नगरी असाधारण अधिकार क्षेत्रमा प्रवेश गरेको हुँदा प्रस्तुत रिटनिवेदनमा निवेदकको माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ६) विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी आदेश न्या.गजेन्द्रकेशरी वास्तोला १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनपत्रको तथ्य यस प्रकार छ :– २. साविकमा ५–८–० जग्गा भएकोमा २०११ सालमा खोला पसी केही जग्गा बाँकी रहेकोमा २०२३ सालमा सर्भे नक्शा हुँदा बाँकी जग्गा काठमाडौं जिल्ला काठमाडौं नगरपालिका वडा नं. २९(ख) बाट नाप नक्शा हुँदा कि.नं. ३४ को नाप नक्शा भई दक्षिणतर्फ खोला अझै बग्दै गई उक्त कि.नं. ३४ को दक्षिण साँधतर्फ नदी उकास हुँदै आएकोले २०२६ साल पौष ८ गते भूमि प्रशासन कार्यालय, काठमाडौंले रैकर परिणतको लागि सरजमीन गर्दा अरु खोलामा परेको हुँदा माग दावीको ज.रो. ५–८–० मध्ये ज.रो. २–८–० भूमिप्रशासन कार्यालयबाट २०२६।९।२३ गतेको ठहर पर्चा अनुसार अरु खोलामा परेको हुँदा माग दावीको ज.रो. ५–८–० मध्ये ज.रो. २–८–० जग्गा रै.नं. तथा हा.नं. ५७४ बाट रैकर परिणत भएको छ । हाल नदी उकास भई नदीले छोडेकोले उक्त कि.नं. ३४ को क्षेत्रफल १–१३–२ र नदी उकास जग्गा समेत क्षेत्रफल ५–८–० मैले भोग चलन गरी आएको छु । मालपोत कार्यालयले नाप नक्शा रेखांकन सरजमीन लगायत जो जे बुझ्नु पर्ने बुझी काठमाडौं जिल्ला का.न.पा. वडा नं. २९(ख) को हाल परिवर्तित वडा नं. ३२ को उक्त कि.नं. ३४ को दक्षिण तर्फको साँध जोडिएको २०२३ सालको नापीमा कि.नं. ३४ कायम भएको जग्गा अन्दाजी क्षेत्रफल ३–१०–२ नदी उकास जग्गा साविकमा खोलामा परी खोलाको कि.नं. ३४० गाभिएकोले सो कि.नं. ३४० को कित्ता नम्बरबाट कित्ताकाट गरी गराई जो लाग्ने दस्तुर म बाट लिई उपरोक्त उल्लेख गरिएको क्षेत्रफल ३–१०–२ जग्गा मेरो नाममा दर्ता गरी ज.ध.प्र.पूर्जा पाउँ भनी मालपोत कार्यालय, काठमाडौंमा मिति २०४८।६।२७ गतेमा निवेदन दिएकोमा “यसमा” माग दावीको का.जि.का.न.पा. वडा नं. २९(ख) कि.नं. ३४० को जग्गा मोठ भिडाउँदा श्री ५ को सरकारको नाममा दर्ता भनी भिडी आएको हुँदा श्री ५ को सरकारको नाममा दर्ता भएको जग्गा अन्य व्यक्तिको नाममा दर्ता गर्न नमिल्ने व्यहोराको जानकारी निवेदिकालाई दिई मिसिल तामेलीमा पठाई दिनु भनी २०४८।७।२७ गतेमा मालपोत कार्यालय, काठमाडौंले निर्णय गरेको रहेछ । मिसिल कागजात नक्कल लिंदा कि.नं. ३४० को जग्गा मिति २०४४।८।२३ गतेमा श्री ५ को सरकारको नाममा प्रमाणित भनी मे.ना. शाखा, काठमाडौंले पठाएको फिल्डबुकमा जनाइएको रहेछ । नक्कल पाउन मिति २०४८।८।१९ गतेमा दिएको निवेदनमा मालपोत कार्यालय, काठमाडौं मोठ फाँटले मिति २०४४।८।२३ गतेको निर्णय मिसिल यस शाखामा म जिम्मा नभएकोले निर्णयको नक्कल दिन नसक्