निर्णय नं. ४६५५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६५५ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११ फैसला मिति :२०४९/११/०४ २५६१ निर्णय नं. ४६५५ ने.का.प. २०४९ (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०४७ सालको रिट नं. १०२९ आदेश भएको मिति: २०४९।११।४।२ मा निवेदक : जिल्ला सिंचाई कार्यालय, बाग्लुङमा सेवारत डिभिजन इन्जिनियर कृष्णकान्त सिग्देल विरुद्ध प्रत्यर्थी : जलस्रोत मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) अन्य कानुनी उपचारको व्यवस्था भएकोमा सो उपचारको अवलम्बन नगरी रिट क्षेत्रमा प्रवेश गरेको देखिएकोले निवेदकको माग बमोजिमको आदेश जारी हुन सक्ने अवस्था नहुँदा रिटनिवेदनपत्र खारेज हुने । (प्रकरण नं. १०) प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी, विद्वान अधिवक्ता श्री प्रचण्डराज अनिल, विद्वान अधिवक्ता श्री इन्द्र खरेल आदेश न्या.गजेन्द्रकेशरी वास्तोला १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ । २. म निवेदक विपक्षी जलस्रोत मन्त्रालय अन्तर्गत श्री ५ को सरकारको २०३२।१२।१८ गतेको निर्णयले अ.ई.मा स्थायी नियुक्ति भई मिति २०४६।८।२२ गते देखि लागू हुने गरी डिभिजन इन्जिनियरमा बढुवा भई हाल जलस्रोत मन्त्रालय अन्तर्गत जिल्ला सिंचाई कार्यालय बाग्लुड्डमा सेवारत छु । उक्त बमोजिम विपक्षी जलश्रोत मन्त्रालय अन्तर्गतका सहायक सचिव (प्राविधिक) स्तरमा म समेतका कर्मचारीहरुका सम्बन्धमा बढुवाको सूचना भनी विपक्षी जलस्रोत मन्त्रालयका नाममा विपक्षी लो.से.आ.को सूचना नं. ४४९।०३६ को सूचना २०४०।६।४ गतेको गोरखापत्रमा प्रकाशित भएको रहेछ जुन सूचनामा लोकसेवा आयोगको निम्न सूचनामा उल्लेखित निम्न सेवा समूह र श्रेणीका पदहरुमा मूल्याड्ढनद्वारा बढुवाको लागि मिति २०४६।६।२ का दिन बसेको बढुवा समितिको बैठकबाट निम्नलिखित उम्मेदवारहरुलाई बढुवाको निमित्त सिफारिश गरेको हुँदा नि.से.नि., २०२१ को परिच्छेद ३.५(९) र (१०) को प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ । इन्जिनियरिड्ड सेवा सिभिल समूह इरिगेशन उपसमूहको राजपत्राड्ढित द्वितीय श्रेणीको पद बढुवा भन्ने व्यहोरा उल्लेख भई विपक्षी मध्येका गुप्तमान शेरचनको नाममा पनि प्रकाशित भएको रहेछ निवेदकले जलस्रोत मन्त्रालय गई नि.से.नि.को परिच्छेद ३.५(१०) बमोजिम हेर्न माग गर्दा सम्पूर्ण कुरा गोप्य रहेको भनियो । जसका कारणले बढुवाको सूचना विरुद्ध कुनै उजूरी नै नगरी म आफ्नो कार्यालय, बाग्लुड्डमा फर्की गएँ । उक्त अनुसार प्रकाशन भएको बढुवाको पहिलो पटकको सूचनामा नाम भएका केही उम्मेदवारहरुको सम्बन्धमा विपक्षी लोकसेवा आयोग, विपक्षी जलस्रोत मन्त्रालय र विपक्षी बढुवा समितिले निर्धारण गरेको शैक्षिक योग्यता र उपाधिहरु नियम कानुनसंगत छैनन् भनी केही साथीहरुले लोकसेवा आयोगमा उजूरी दिनुभएको छ भन्ने कुरा मैले बागलुङ गएपछि थाहा पाएँ । जसका कारणले पुनः दोस्रो पटक मिति २०४७।८।२७ गते दोस्रो सूचना विपक्षी जलस्रोत मन्त्रालयका नाममा प्रकाशित भएछ । पहिलो सूचनामा बढुवाको नाम भएका २ जवान उम्मेदवारहरुलाई हटाई अर्को २ जवान उम्मेदवारहरुको नाम बढुवा सूचीमा प्रकाशित भएको कुरा थाहा पाई म पुनः काठमाडौं आई बुझ्दा पहिलो बढुवा सूचीमा नाम प्रकाशन हुने साथीहरुले किटानी उजूरी नदिई गैरकानुनी मूल्याड्ढन भएको हल्ला सुनी त्यस्तो मूल्याड्ढन बदर होस् भनी दिएको निवेदनमा दुई जनाको नाम हटाई उजू