निर्णय नं. १६१४ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६१४ - डाँका भाग: २५ साल: २०४० महिना: बैशाख अंक: १ फैसला मिति :२०३९/११/३० २६२५ निर्णय नं. १६१४ ने.का.प. २०४० अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् ०३८ सालको फौ.पु.नं. ३९१ फैसला भएको मिति : ०३९।११।३०।२ मा पुनरावेदक/प्रतिवादी : जि.वारा प्र.वरियापुर गा.पं.पिपरवाती वार्ड नं.२ घर भई हाल वीरगञ्ज कारागार थुनामा रहेको जवाहिर सातुराहा विरूद्ध विपक्षी/वादी : सिउवरण राउतर अहिरको जाहेरीले श्री ५ को सरकार मुद्दा : डाँका (१) जाहेरी दरखास्त र सरजमीनको लेखाईबाट समेत चारजना भन्दा बढीको जमात भई वारदात गरेको देखिन आएकोले डाँका वारदात कायम गर्न नमिल्ने भन्ने जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १९) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल (साविक पेज नं. ७) विपक्षी/वादीतर्फबाट : विद्वान का.मु.वरिष्ठ सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे फैसला न्या.बासुदेव शर्मा १. मध्यमाञ्चल क्षेत्रीय अदालतले मिति २०३८।४।१८।१ मा जवाहिर सातुराहालाई डाँका गरेको ठहराएको इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी जवाहिर सातुराहाको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् : २. यही ०३४ साल मार्ग २२ गते ४ का रात खानपिन गरी आफ्नो खपडाको चैपार घर भित्र मेरो जहान परिवार सुतेको र म सोही घरको दक्षिण मूल ढोका तर्फ भएको ओछ्यानमा सुती निदाएको अवस्थामा राती अं.१२ बजेको बखत १०।१२ जनाको संख्यामा डाँकाहरू आई मलाई २ जना डाँकाले समाई कुटी थिची छातीमा भाला तेर्साई बोलिस् भने मारी दिन्छु भनी डराई अरू डाँकाहरू मध्ये १ जनाले मूलढोकाको चौकठको छेउमा भएको प्वालबाट हात पसाली मूलढोका खोली दिँदा मलाई थिची राख्ने बाहेक गाउँकै बञ्चरो लिएका जवाहिर सातुराहा र अरू मैले नचिनेका डाँकाहरू भित्र पसी मेरी बुहारी जगिया अहिर्नी र छोरी मन्तुरवा अहिर्नी सुतेको खपडाको घरको कोठा भित्र पसी बुहारीलाई निज जवाहिरले समाती गहनाहरू दे भनी बन्चरो तथा अरूले लाठी समेतले बुहारीलाई कुटपिट गरी काटी छोरीलाई लात्तीले कुटी त्यहीँ घेरी राखी सो घरमा रहेको तपसीलको धनमाल डाँका गरी लिए । अर्कोपट्टि कोठामा सुतेको मेरो कान्छो छोरा साघो राउत ब्यूँझी हेर्दा डाँकाहरू देखी मौका पारी घरको पछाडिको ढोका खोली भागी गाउँमा गई हल्ला गर्दा डाँकाहरूले तपसीलको धनमाल डकैती गरी पछि म तर्फ भागी गाउँलेहरूले लखेटा गर्दा पक्राउ हुन नसकी डाँकाहरू भागी गए । अरू डाँकाहरू पहिचान हुन नसकेको, निज अभियुक्त जवाहिर सातुराहालाई पक्राउ गरी अरू सबैको नाम वतन खुलाई सवैलाई पक्राउ गरी सरजमीन समेत बुझी तपसीलको रू.९६५०। को धनमाल डाँका गरी लगेमा कानुन बमोजिम सजाय गराई तपसीलको धनमाल र नदिए त्यसको हुने मोल बिगो रू.९६५०। समेत दिलाई भराई पाउँ भन्ने समेत सिउवरण राउत अहिरको जाहेरी दरखास्त । ३. निज जाहेरवालाको घरमा जाहेरी दर्खास्तमा तोकिएको दिन म समेत भई डाँका गरेको हो। म र नन्दु सा कानू, द्वारीका राउत, ब्रम्हादेव, उमाशंकर ब्राम्हण, बैजनाथ गोडे, दामोदर खत्री र अरू नाउँ नजानेको व्यक्तिहरू समेत भई जाहेरवाला सिउवरण राउतको घरमा डाँका गरी गोडाई, हसुली, ककना, पहुचाका सुनचाँदी गहना र नगद रू.२००। को नोट नगद जिन्सी डाँका गरी लगेको हो भन्ने व्यहोराको जवाहिर सातुराहाको प्रहरीमा गरेको ठाडो कागज । ४. द्वारीका राउतको घरमा निजकै छोरीले लगाउने सिंधुरे रंगको व्लाउज फ्रक–१ पहेँलो डोरो भएको भित्र सेतो रा