निर्णय नं. ४६५६ - निर्णय बदर गरी सार्वजनिक बाटो कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६५६ - निर्णय बदर गरी सार्वजनिक बाटो कायम भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११ फैसला मिति :२०४९/११/०६ ३२२८ निर्णय नं. ४६५६ ने.का.प. २०४९ (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४४ सालको दे.पु.नं. ७११ फैसला भएको मिति: २०४९।११।६।४ मा पुनरावेदक/वादी: का.न.पा. वडा नं. १७ ठहिटी बस्ने महेन्द्रबहादुर राजभण्डारीसमेत विरुद्ध प्र. विपक्षी/प्रतिवादी: का.न.पं., वडा नं. ११ बस्ने चक्रमाया ताम्राकारसमेत मुद्दा : निर्णय बदर गरी सार्वजनिक बाटो कायम (१) जसको हकहितमा असर परेको छ उसलाई उजूर गर्ने हकदैया छैन भन्न कानुनसंगत नदेखिने । (प्रकरण नं. १५) पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री कृष्ण सापकोटा विपक्षी, प्रतिवादीको तर्फबाट: विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी, विद्वान अधिवक्ता श्री श्रीहरी अर्याल फैसला न्या.गजेन्द्रकेशरी वास्तोला १. म.क्षे.अ.को मिति २०४३।८।१० गतेको फैसलामा चित्त बुझेन भनी वादी महेन्द्रबहादुर समेतको पुनरावेदनको अनुमतिपाउँ भन्ने निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :– २. सार्वजनिक प्रचलनको बाटो हामी दक्षिण पट्टिका संधियारहरुलाई आवागमन गर्ने तथा प्रयोग गर्न पाउने कानुनी अधिकारमा आघात पार्ने खराब मनसाय लिई सार्वजनिक बाटो अनाधिकार रुपबाट निजी लाभ गर्ने कुनियतले १६ फिट जग्गा मध्ये १२ फिट मात्र सार्वजनिक सडक राखी ४ फिट जग्गा कब्जा गरी निजी उपयोग गर्ने कानुन विपरीत गैरकानुनी कार्य गरी हाल नक्शा समेत पास नगरी सार्वजनिक बाटो मिची पर्खाल समेत बनाउन लागेको हुनाले अ.बं. ८२ नं. बमोजिम नालेश गर्न आएका छौं । उक्त साविक बमोजिम तथा हाल नापी अनुसार कि.नं. ६१४ को नक्शा तथा फिल्डबुक बमोजिम पहिले देखि प्रयोग भई आएको सार्वजनिक १६ फिट बाटोको १६ फिट नै चौडाई नक्शा कायम गरी ३ नं. नापी गोश्वाराका का.मु. अधिकृतले कि.नं. ६१५, ३१८ ६१९ र ६२२ का जग्गाका क्षेत्रफलमा बाटोको ४ फिट जग्गा समावेश गरी बाटो १२ फिट गराई क्षेत्रफल संशोधन गरी दिने र विपक्षीहरुका नाममा अस्थायी दर्ता गरी दिने गरेको निर्णय बदर गराई साविक बमोजिम उक्त सार्वजनिक बाटोको १६ फिट नक्शा कायम गर्नुका साथै उक्त सार्वजनिक बाटो सुरक्षित गरी हक संरक्षण गरी हक इन्साफ दिलाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको महेन्द्रबहादुर राजभण्डारी समेतको संयुक्त फिरादपत्र । ३. फिरादको १ दफामा लेखिएकोलाई उक्त कि.नं. ६१४ को बाटोमा १६ फिट चौडाई छैन १२ फिट चौडाई मात्र बाटो छ । उक्त कि.नं. ६१४ को १२ फिटे जग्गाको बाटो सार्वजनिक बाटो नभई यस मुद्दाका प्रतिवादीहरु जना ४ को मात्र साझा बाटो हो । विपक्षीहरुले चलन गर्न पाउने बाटो होइन र विपक्षीहरुको जग्गामा जाने यो कि.नं. ६१४ को बाटो होइन विपक्षीले नापी गर्नेलाई हात लिई १२ फिटे बाटोलाई १६ फिटे लेखाई पठाएको त्यसमा हाम्रो उजूर पर्दा १२ फिटको मात्र देखिएकोले बाटोको निमित्त छाड्नेहरुकै नाममा समावेश गर्ने भन्ने निर्णय ३ नं. नापी गोश्वाराबाट भएको छ । यसरी प्रतिवादीहरु ४ जनाको मात्र १२ फिटे साझा बाटो गर्ने गरी आ–आफ्नो जग्गाबाट जग्गा कटाई बाटोलाई पन्छाई २०३२ सालमा नै पर्खाल लगाई सकेकोमा अहिले ०३७ साल साउनमा मात्र यो नालेश गरेको लाग्न नसक्ने प्रष्ट छ भन्ने समेत व्यहोराको प्रतिवादी पदमकृष्ण ताम्राकार समेत जना ४ को संयुक्त प्रतिउत्तर जिकिर । ४. य