निर्णय नं. ४६५७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६५७ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११ फैसला मिति :२०४९/११/०६ २७१७ निर्णय नं. ४६५७ ने.का.प. २०४९ (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य २०४७ सालको रिट नं. १२६३ आदेश भएको मिति: २०४९।११।६।४ मा निवेदक : जि.कपिलवस्तु गा.पं. बहादुरगंज वडा नं. ४ बस्ने सीताराम कुर्मी विरुद्ध विपक्षी : ऐ. ऐ. बस्ने गोरखनाथ चौधरी कुर्मीसमेत विषय : उत्प्रेषण (१) प्रतिवादीले पाएको १ वर्षको सजायँ उपर अन्याय पर्‍यो भनी सफाई पाउन परेको पुनरावेदनमा उल्टै प्रतिवादीकै पुनरावेदनमा थप सजायँ गर्ने कुरा कानुन, प्राकृतिक न्यायको सिद्धान्त समेतले नमिल्ने । (प्रकरण नं. १४) (२) ठूलो सजायँको लागि पुनरावेदन तहमा माग नभएको अवस्थामा अदालत स्वयंले सजायँ थप गर्ने कुरा औचित्यले पनि नमिल्ने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री मिथिलेसकुमार सिंह विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुड्डाना, विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ आदेश न्या.मोहनप्रसाद शर्मा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. मिति २०४२।४।२२ गते विहान ७।८ बजेको समयमा सीताराम कुर्मी समेतका ५ जना व्यक्तिहरु आई म रामललीलाई लछार पछार गरी कुटपिट गरेकोले मेरो श्रीमान गोरखनाथले हल्ला सुनी हेर्न जाँदा सीतारामले कुटे भनी बचन दिई दिनानाथ तथा सीताराम सहितले प्रहार गरी निजको लठ्ठीको प्रहारबाट मेरो टाउको तथा दाहिने खुट्टा भाँचिएको साथै निज जमुनादेवीले आदेश दिए बमोजिम निज औतारी चमाइनले जोर जुलुम गरी मेरो गहना जेव समेत कुटपिट गरेकोले कुटपिट लुटपिटमा विपक्षी गोरखनाथ तथा निजको पत्नी विपक्षी रामललीको मिति २०४२।५।२३ मा कपिलवस्तु जि.अ.मा फिराद पर्‍यो । ३. वारदातको दिन अगावै श्रावण २१ गते म सालोको घरमा गई ऐ. २४ गते आएको छु । जमुनादेवीलाई कुट्न गोरखनाथ ढोकाबाट निस्कदा खाटमा अल्झीचोट पटक लागी निजको खुट्टा भाँचिएको रहेछ भन्ने प्रतिउत्तर परेको र सीतारामले बचन दिई दिनानाथ समेतले कुटपिट गरी गोरखनाथको दाहिने खुट्टा भाँची दिएकोले निज सीताराम र दिनानाथलाई जनही १ वर्षको दरले कैद हुन्छ । सीतारामले बचन दिएको ठहर्दैन कुटेको ठहर्छ लुटपिट गरेको ठहर्दैन भन्ने कपिलवस्तु जिल्ला अदालतको फैसला । ४. वादी जमुनादेवी विरुद्ध प्रतिवादी गोरखनाथ रामलली भएको कुटपिट लुटपिट मुद्दामा गोरखनाथ र निजकी श्रीमती रामललीले वादीलाई कुटपिट गरेको ठहर्छ कुटपिटको १३ नं. अनुसार प्रतिवादीलाई रु. ५०।– जरिवाना हुने साथै लुटपिटमा वादी दावी नपुग्ने यसका अतिरिक्त यिनै वादी प्रतिवादी भएको गाली बेइजती मुद्दामा रामललीको र जमुनाको झगडा कुटपिट भएको बेला प्रतिवादी गोरखनाथबाट निस्कदा ढोका अगाडि लडी चोट लागे भन्ने बकपत्र छ त्यसतर्फ हेर्दा गोरखलाई चोट लागी सकेपछि गोरखले साडी खोल भन्ने कुरा मिल्न आएन र बचन दिएको कुरा पनि तथ्य आधार प्रमाण भएन । यसप्रकार प्र. गोरखले सफाई पाउने ठहर्छ । प्र.रामललीले वादीलाई बेइजती गरेको ठहर्छ । साथै रु. ५०।– जरिवाना हुन्छ तथा रु. ५००।– वादीले क्षतिपूर्ति पाउने ठहर्छ भनी २०४३।५।४ गते कपिलवस्तु जिल्ला अदालतबाट फैसला भयो । उक्त फैसलामा प्रतिवादी गोरख समेतको लु.अं.अ.मा पुनरावेदन पर्दा लु.अं.अ. समेतबाट कपिलवस्तु जिल्ला अदालतको फैसला सदर भई अन्तिम भई बसेको छ । ५. वादी गोरखनाथ समेत प्रतिवादी म सीताराम