निर्णय नं. ८६४१ - नापी दर्ता बदर खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६४१ - नापी दर्ता बदर खिचोला भाग: ५३ साल: २०६८ महिना: असोज अंक: ६ फैसला मिति :२०६८/०२/०२ २८५९ ने.का.प. २०६८, अङ्क ६ निर्णय नं.८६४१ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय ०६५–CI–०४६८ आदेश मितिः २०६८।२।२।२ मुद्दाः– नापी दर्ता बदर खिचोला । पुनरावेदक प्रतिवादीः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ४ बस्ने मुन्द्रीकादेवी ब्राह्मणी विरुद्ध प्रत्यर्थी वादीः जिल्ला धनुषा लोहना बमनगामा गा.वि.स. वडा नं. १ बस्ने महालक्ष्मी देवी ब्राह्मणी शुरु फैसला गर्ने :– मा.न्या.श्री बलरामप्रसाद अधिकारी पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री दीपेन्द्र उपाध्याय मा.न्या.श्री बिष्णुप्रसाद ढकाल § मुलुकी ऐन दण्ड सजायको ४३ नं. मा मुद्दा फैसला भई पुनरावेदनको उजूरको म्याद नाघेपछि जायजातबाट भराउने विगोबाहेक फैसलाबमोजिम चलन पाउने वस्तु चलन गर्न जाँदा नदिएमा भन्ने व्यहोरा रहेको हुँदा यदि फैसलाबमोजिम आफ्नो हक कायम भएको जग्गामा कुनै बाधा बिरोध विना घरसारमा नै निर्विवाद भोगचलन गर्न पाएको अवस्थामा चलन चलाउनेतर्फ कारवाही नचलाई भोग गर्न पाउने व्यवस्था विद्यमान भएको हुँदा त्यसतर्फको प्रतिवादीको जिकीर तर्कसंगत नभएको, विना विवाद भोगचलन गर्न पाएपछि चलन हटकतर्फ उजूरी गर्नुपर्ने भन्ने अवस्था नै नआउने । (प्रकरण नं.३) § फैसलाबमोजिम हक स्थापित भएको तथा भोगसमेत भएको एकाको जग्गामा आफ्नो हकै नपुग्ने जग्गालाई नापी कार्यालयले अर्काको नाउँमा जग्गा दर्ता गरिदिएको आधारमा जग्गा खिचोला गरी भोगचलन गर्दैमा हक समाप्त हुने देखिँदैन । भोगमा अवरोध गरेको मितिमा जग्गा खिचोलाको उजूर गर्न पाउने । (प्रकरण नं.४) § प्राकृतिक न्यायको सिद्धान्तअनुसार जसको विरुद्ध प्रमाण लाग्ने हो निजलाई जानकारी प्रत्यक्ष रुपमा नदिएको अवस्थामा हदम्याद जान नसक्ने । § वारिस बसेको मुद्दामा फैसला भइसकेपछि त्यस्तो वारिसको प्रयोजन समाप्त हुन जान्छ । त्यसरी विवादको अन्त्य भएपछि वारिसले पत्र बुझेको अवस्थामा विवादको अन्त्य भएपछि बुझेको पत्रको आधारमा हदम्याद जान नसक्ने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादीतर्फः विद्वान वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव र अधिवक्ता श्री नारायण झा प्रत्यर्थी वादीतर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § अ.वं. ८५ नं. § दण्ड सजायको ४३ नं. फैसला न्या.सुशीला कार्कीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(क), (ख) बमोजिम दोहोर्याई हेर्न निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्न छ :— मैले जिया धनुकाइनसँग मौजे जनकपुर सहौद्रापट्टीको कि.नं. ८२१ को ०–६–११ तथा कि.नं. ८२४ को ०–४–० मध्ये परिक्रमा सडक सो दक्षिण ०–१–९ जग्गा जसको कायमी कि.नं. ८३९ को समेतका जम्मा ०–८–० जग्गा मिति २०२२।३।६ मा धनुषा मालबाट राजीनामा पास गराई सो मध्ये ०–२–० रामलाललाई, ०–०–१० बालकृष्णलाई बिक्री गरी बाँकी ०–५–१० जग्गा भोगचलन गर्दैआएकोमा २०२५ सालमा विपक्षी सुन्दर झाले खिचोला गर्दा दे.पु.नं.४३८ को जग्गा खिचोला मुद्दामा मिति २०२८।८।१४ मा धनुषा जिल्ला अदालतबाट, मिति २०३२।५।४ मा जनकपुर अञ्चल अदालतबाट र मिति २०३४।६।२५ मा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट समेत खिचोला ठहर्याई फैसला भएबमोजिम मैले भोगगर्दै आएकोमा जनकपुर शहरी क्षेत्र नापी हुँदा मेरो उक्त जग्गा जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ४ सिट नं. १३९५—१९ कित्ता नं. १९ मा ०—४—१० नापी भै मेरो वारेसमार्फत् मेरो नाम