निर्णय नं. १६१५ - ज्यान जातक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६१५ - ज्यान जातक भाग: २५ साल: २०४० महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/०१/१२ २७८९ निर्णय नं. १६१५ ने.का.प. २०४० अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०२९ सालको फौ.पु.नं. ३१० फैसला भएको मिति : २०४०।१।१२।२ मा पुनरावेदक/वादी : विष्णुप्रसादको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : का.प.जि.महेन्द्र ज्योति गा.पं.वडा नं.६ बस्ने रत्नकुमारी खड्का समेत मुद्दा : ज्यान जातक (१) बच्चाले स्याहार सुसार पाई सकी दुई दिन पछि मरेको देखिँदा प्रहरी प्रतिवेदन दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय हुने अवस्था रहेन । (प्रकरण नं. १४) पुनरावेदकतर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता श्री कामानन्दप्रसाद देव (साविक पेज नं. १२) फैसला न्या.धनेन्द्रबहादुर सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य निम्नअनुसार छ । २. २०३५।८।१० गते बिहान कामी गाउँको पुछार पिपलको रुख मुनी जिउँदो सालनाल सहितको बालक मिल्काएको सानुनानी कमेनीले रोएको सुनी हेर्न जाँदा सालनाल समेत रहेछ मेरो घरमा लगी सालनाल समेत बेडाई पालताल गरी राख्दा भोलिपल्ट मृत्यु भयो बच्चा कसले मिल्काएको हो सुराक पत्ता लगाई लास जाँच समेत गरिपाउँ भन्ने समेत विष्णुप्रसादको जाहेरी दरखास्त । ३. शंकर भुजेलको वीर्यबाट बच्चा जन्मिएको हो, मेरो र शंकर भुजेलको मञ्जूरीबाट बालक शंकर भुजेलले लगी फालेको हो भन्ने समेत प्र.रत्नकुमारी खड्काले प्रहरीमा गरेको बयान कागज । ४. शंकर भुजेल र रत्नकुमारी दुवैले जन्मिएको जिउँदो बालकलाई फाली मारेकोले ज्यानसम्बन्धी महलको सजाय माग दावी गरेको प्रहरी प्रतिवेदन । बालक शंकर भुजेलसँग सहबास भई जन्मिएको हो, बालक जन्मिए पछि मैले शंकर भुजेललाई के गर्ने भनी सोद्धा जे गरे पनि म गरुँला भनी बालक हातमा उठाई लगेका थिए उक्त बालक लगे देखि आजसम्म भेटघाट भएको छैन भन्ने समेत प्र.रत्नकुमारी खड्काले अदालतमा गरेको बयान । ५. प्र.रत्नकुमारीलाई चिन्दछु, निजको माइती र मेरो घर नजिकै छ । म सिकर्मी काम गर्ने भएकोले पु.२ नं. चरीकोटमा ०३४।१२।२४ गते गई ०३५।२।२५ गते घर फर्की आएको हुँ । जातक फाल्ने काम गरेको भन्ने समयमा समेत म घरमा छैन । प्र.रत्नकुमारीलाई मैले करणी गरेको समेत होइन भन्ने समेत शंकर भन्ने पदमबहादुर भुजेलले अदालतमा गरेको बयान । ६. पिपलको बोट मुनी सालनालको बच्चा फेला पारेको हो । सो जातक हाल थाहा पाएसम्म रत्नकुमारीले जन्माएको हो । को–को भई फाले थाहा छैन भन्ने समेत जाहेरवाला विष्णुप्रसादको बयान । ७. शंकर भुजेल सिकर्मी काम गर्न चरिकोट गई ०३५ साल आषाढमा मात्र घर फर्केका हुन् भन्ने समेत ध्रुब थापा र बाबुकाजी खत्रीको बकपत्र । ८. बच्चा फालेको ठाउँमा मरेको नभई अरूको संरक्षण पाई मरेको देखिनाले ज्यानमारा सरह सजाय गर्न नमिली ज्यानसम्बन्धीको १८ नं.बमोजिम प्र.रत्नकुमारी खड्कालाई कैद बर्ष ४ चार हुने ठहर्छ । शंकर भुजेलको हकमा रत्नकुमारीका पोल अनुसार सबूत वादीबाट गुजार्न नसेको पोलिएकै भरबाट सजाय दिन न्यायसंगत नहुने हुँदा प्र.शंकर भन्ने पदमबहादुर भुजेलले सफाई पाउने ठहर्छ भन्ने शुरू का.प.जि.अ.को फैसला । सो फैसलामा चित्त बुझेन भन्नेसमेत वादी श्री ५ को सरकारको र प्रतिवादी रत्नकुमारीको बेग्ला–बेग्लै पुनरावेदनपत्र । ९. शुरूको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको ०३८।२।२१ को फैसला