निर्णय नं. ४६५८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६५८ - कर्तव्य ज्यान भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११ फैसला मिति :२०४९/११/१४ २७८७ निर्णय नं. ४६५८ ने.का.प. २०४९ (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री उदयराज उपाध्याय २०४७ सालको फौ.पु.नं. २६६ फैसला भएको मिति: २०४९।११।१४।५ मा पुनरावेदक/वादी: माधवप्रसाद श्रेष्ठको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी : जि.सुनसरी धरान न.पं. वार्ड नं. १ बस्ने इश्वर श्रेष्ठसमेत मुद्दा : कर्तव्य ज्यान (१) अदालतमा कसूर स्वीकार गरेको देखिँदैन; सबै इन्कार छन् । अभियोग पुष्टीको लागि जाहेरवालाको जाहेरी र बीमला राइको कागजलाई मुख्य प्रमाण बनाएको देखिन आउँछ । निज दुवै अदालतमा आई बकपत्र गरेको पाइँदैन । जाहेरवालाले जाहेरीमा तथ्यसाथ खुलाउन नसकेको र विमला राइको प्रहरीमा भएको कागज हेर्दा दिनको ३ बजेको सिनेमा हेरी सकेपछि छाता चोकबाट बन्दना श्रेष्ठलाई प्रतिवादीहरुले लगेको र करणी गरेको भन्ने लेखाएकोमा मंसीर महीनामा ३ बजेको सिनेमा पछि अन्दाजी ६ बजे पूर्ण अँध्यारो हुने टाढाबाट करणी गरेको देखेको भन्ने कुरा पत्यारलायक भन्न सकिने र गुप्ताड्डको रौं यो यसको भनी किटान नभएको अवस्थामा प्रतिवादीका विरुद्धमा प्रमाणमा लगाउन नमिल्ने । (प्रकरण नं. २३) (२) शंकाको सुविधा अभियुक्तले नै पाउने । (प्रकरण नं. २३) (१) भरपर्दो एवं शंकारहित प्रमाणको अभावमा प्रतिवादीहरुलाई कसूरदार ठहर्याउन न्याय कानुन कुनै दृष्टिले पनि नमिल्ने । (२) (प्रकरण नं. २३) पुनरावेदक, वादीतर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री बलराम के.सी. फैसला न्या.मोहनप्रसाद शर्मा १. पू.क्षे.अ. बाट मिति २०४७।३।५ मा फैसला भए उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निर्णय यस प्रकार छ । २. म घर छुट्टीमा बसेको अवस्था आज ०४१।७।२४।६ का दिनको अं. १३.१५ बजेको समयमा मसिना केटा केटीहरुले सुनाए अनुसार मेरो घरदेखि अं. ५०० गज फरक पश्चिम खहरे खोलाको नजिकमा हेर्न जाँदा मैले नचिने नजानेको नाम थर वतन थाहा नभएको अं. ३२ वर्ष जति उमेर भएकी टाउको उत्तर, खुट्टा दक्षिण पारी एकजना आइमाई मानिस मरी राखेको देखिएकोले भवितव्य या कर्तव्य के भई मरेको हो आवश्यक कारवाही हुन अनुरोध छ, भन्ने त्रि.वि.वि. सुरक्षा गार्ड दरबन्दी भई हाल छुट्टिमा बसेको प्र.ना.नि. देवेन्द्रनाथ वास्तोलाले ०४१।७।२४।६ मा प्रहरी थाना धरानमा चढाएको प्रतिवेदन । ३. मेरो जेठी श्रीमती पट्टीको बोली नआउने वर्ष २३ को बन्दना श्रेष्ठ बजारमा त्यस्तै खालका साथीहरुसंग आफू खुसी डुली हिंड्ने गरेकी, घरमा कहिले कहीं आउने र निज बुचुरी भन्ने विमला राई नाम गरेकी संग बस्ने गर्दथिन र मेरो छोरी बन्दनासंग हिंड्ने केटीहरुलाई रातको समयमा बाटो घाटो कुनै ठाउँमा भेट्यो भने धरान नगर पञ्चायत वार्ड नं. १ बस्ने नरेश नेपाल नाम गरेको व्यक्ति र निजका साथीहरुले मिली लोभ लालच देखाई फकाई यताउती लाने ल्याउने गर्दछन भन्ने कुरा मानिसहरुबाट सुन्दथे र मिति ०४१।७।२३ गते रात अं. ११ बजे समयमा ध.न.प. वार्ड नं. १३ जिरो प्वाइन्टमा बस्ने विमला राईले नरेश नेपाल र निजका साथीहरुले तानेर लगी अनैतिक काम बलात्कार गरेको कारणबाट मेरो छोरी बन्दना श्रेष्ठको मृत्यु भएको कुरा बताई थाहा भएकोले नरेश नेपाल समेतका व्यक्तिहरुलाई खोजतलास गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको माधवप्रसाद श्रेष्ठले ०४१।७।२६।१ मा प्रहरी थाना धरानमा चढाएको दर्खास्त । ४. साल महीना थाहा भएन आज भन्दा करीब १०–१