निर्णय नं. १६१६ - उत्प्रेषण लगायत आदेश पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६१६ - उत्प्रेषण लगायत आदेश पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: बैशाख अंक: १ फैसला मिति :२०३९/१२/०३ २३९२ निर्णय नं. १६१६ ने.का.प. २०४० अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नं. ८३७ आदेश भएको मिति : ०३९।१२।३।५ मा निवेदक : काठमाडौं जिल्लाका न.पं.वडा नं.१६ बालाजु बजार बस्ने हेरामानको सकारवाला रामकृष्ण श्रेष्ठ विरूद्ध विपक्षी : काठमाडौं जिल्ला का.न.पं.वडा नं.१६ बालाजु बजार बस्ने हरिकासी गुरुङ समेत विषय : उत्प्रेषण लगायत आदेश पूर्जि जारी गरिपाउँ (साविक पेज नं. १४) (१) अदालतबाट हक बेहक छुट्याई आउनु भनी नसुनाई नगरपञ्चायतले नक्सा बमोजिम ढोका पर्खाल बनाउन पाउने ठहर्छ भनी गरेको फैसला कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री नूतन थपलिया विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल आदेश न्या.धनेन्द्रबहादुर सिंह १. प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३९।५।६।१ मा परी पेश हुनआएको छ । २. तथ्य यस प्रकार छ : मेरा नाउँमा का.गु.त.मा दर्ता भएको कि.नं.१९४ को क्षेत्रफल ०–६–२ मध्येको जग्गामा नक्सा बमोजिमको ढोका पर्खाल बनाउन पाउँ भन्ने समेत हरिकासीको नक्सा दरखास्त विपक्षीको नक्सा दरखास्तमा मेरो पर्खाल र जग्गा समेत गरी पूर्वपट्टि १० फुट र पश्चिमपट्टि १३ फिट जग्गा मेरो कि.नं.४९ को जग्गा समेत घुसाई पर्खाल बनाउन खोज्नुभएको हुँदा मेरो जग्गा कटाई पाउँ भन्ने रिट निवेदकको उजूरी परेकोमा वादीले नक्सा बमोजिम ढोका पर्खाल बनाउन पाउने ठहर्छ भनी विपक्षी काठमाडौं नगरपञ्चायतबाट भएको ०३९।४।४ को फैसला। ३. रिट निवेदन जिकिर यस प्रकार छ : नगरपञ्चायत ऐन, ०१९ को दफा ४९ को उपदफा (२) र (३) ले विवाद उठेको जग्गामा नक्सा पास गर्ने अधिकार नगरपञ्चायतलाई नभई अदालतमा हक बेहक गरी आउनु भनी सुनाउनु पर्ने व्यवस्था गरिएको छ । नगरपञ्चायतले नै नक्सा पास गर्ने नगर्ने भनी बोल्ने अधिकारै नभएको कुरामा निर्णय गरेको हुँदा अ.बं.३५ नं.ले स्वतः बदर हुने हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीसँग लिखितजवाफ लिने भन्ने समेत सर्वोच्च अदालत सिड्डलबेञ्चको ०३९।५।१०।५ को आदेश । ५. पर्खाल ढोका बनाउने भनेको कि.नं.१९४ को जग्गाको कित्ताकाट र दर्ता हुँदा उजूर नगरी चित्त बुझाई बसेको देखिन्छ । सो जग्गामा पर्खाल घेर्छु भन्दा विपक्षीलाई असर पर्ने देखिँदैन । कानुन बमोजिम नक्सा पास गरी दिएको सो रिट खारेज हुनुपर्दछ भन्ने समेत (साविक पेज नं. १५) काठमाडौं नगरपञ्चायतका प्रधानपञ्चको लिखितजवाफ । ६. निजको जग्गा घुसेको भए मैले राजीनामा लिँदा र नामसारी हुँदा समेत कुनै उजूर विरोध गर्न नसकेकोले हाल हक बेहकको प्रश्न उपस्थित भयो भन्ने कथन निराधार र अर्थहिन छ । नक्शा पास गरी दिने निर्णय कानुनसंगत छ रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत हरिकासी गुरुङको लिखितजवाफ । ७. निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री नूतन थपलियाले नक्सा दरखास्तमा मेरो पर्खाल र जग्गा समेत गरी पूर्वपट्टि १० फुट र पश्चिमपट्टि १३ फिट जग्गा मेरो कि.नं.४९ को जग्गा घुसायो भन्ने मेरो पक्षको उजूर परेपछि सो जग्गा घुसेको हो होइन भनी निर्णय गर्न अदालतमा जानु भनी सुनाउन पर्ने नसुनाई नक्सा पास गर्ने गरेको निर्णय त्रुटिपूर्ण छ बदर हुन