निर्णय नं. ९११७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९११७ - उत्प्रेषण भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०४/१४ ३१०३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्र.न्या. श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७१।४।१४।४ 070-WO-०६२७ मुद्दा : उत्प्रेषण/परमादेश । निवेदक : महोत्तरी जिल्ला, खयरमारा गा.वि.स.वडा नं.६ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.४ बस्ने मुकेशराज काफ्ले विरूद्ध विपक्षी : नेपाल सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत § नेपाल सरकार, ऊर्जा मन्त्रालयबाट मिति २०६८।८।१५ मा प्रकाशित सूचना अनुसार नेपाल विद्युत्‍ प्राधिकरणको कार्यकारी निर्देशक पदको लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा रामेश्वर यादव मुख्य उम्मेद्‍वार र यी निवेदक मुकेशराज काफ्ले वैकल्पिक उम्मेद्‍वारको रूपमा सिफारिस भएकोमा विवाद देखिँदैन । नेपाल विद्युत्‍ प्राधिकरणको कार्यकारी निर्देशक पदका मुख्य उम्मेद्‍वार रामेश्वर यादव भ्रष्टाचारको कसुरमा मिति २०७०।५।९ मा निलम्बनमा परेको कारणबाट नेपाल सरकार, ऊर्जा मन्त्रालय र रामेश्वर यादवबीच मिति २०७०।१।१२ मा सम्पन्न कार्यसम्पादन सम्झौताबमोजिम त्रैमासिक तथा पछिल्लो ६ महिनाको कार्यसम्पादन मूल्याङ्कन हुन नसकेको अवस्थामा रामेश्वर यादव नेपाल विद्युत्‍ प्राधिकरणको कार्यकारी निर्देशक पदमा बहाल रही रहेको भन्न नमिल्ने हुँदा वैकल्पिक उम्मेद्‍वारको रूपमा सिफारिस भएका यी निवेदक मुकेशराज काफ्लेलाई रिक्त रहेको कार्यकारी निर्देशक पदमा तत्काल नियुक्ति दिनुपर्नेमा नेपाल विद्युत्‍ प्राधिकरणको कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१ मा मिति २०७०।५।१६ मा संशोधन गरी नेपाल सरकारको सहसचिव अर्जुनकुमार कार्कीलाई नेपाल विद्युत्‍ प्राधिकरणको कार्यकारी निर्देशकको पदमा कामकाज गर्न खटाउने गरी मन्त्रिपरिषद्‍बाट भएको मिति २०७०।५।१७ को निर्णय बद्‍नियतपूर्ण रहेको देखिने । (प्रकरण नं. २५) § नेपाल विद्युत्‍ प्राधिकरणको कार्यकारी निर्देशक पदका मुख्य उम्मेद्‍वार रामेश्वर यादवलाई नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०५९।८।१९ को निर्णयानुसार नियुक्ति गरी नेपाल सरकार, ऊर्जा मन्त्रालय र रामेश्वर यादवबीच २०७०।१।१२ मा कार्यसम्पादन सम्झौता भएकोमा रामेश्वर यादवउपर भ्रष्टाचारको कसुरमा विशेष अदालतमा मिति २०७०।५।९ मा मुद्दा दायर भई सोही मितिबाट निज स्वतः निलम्बनमा परेकोले उल्लिखित कार्यसम्पादन सम्झौताबमोजिम त्रैमासिक तथा पछिल्लो ६ महिनाको कार्यसम्पादन मूल्याङ्कन हुन नसकी रिक्त हुन आएको नेपाल विद्युत्‍ प्राधिकरणको कार्यकारी निर्देशक पदमा वैकल्पिक उम्मेद्‍वारको रूपमा सिफारिस भएका निवेदक मुकेशराज काफ्लेलाई तत्काल नियुक्ति दिई कामकाज गर्न लगाउनु भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. २७) निवेदकको तर्फबाट : वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र अधिवक्ता डालकुमार खड्का विपक्षीको तर्फबाट : नायब महान्यायाधिवक्ता राजनारायण पाठक एवम्‍ उपन्यायाधिवक्ता सूर्यराज दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल विद्युत्‍ प्राधिकरणको कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा, सर्त र सुविधासम्बन्धी विनियमावली, २०६१ विनियमावली ३१क. नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(३)(च), १३(१), १८(१) र १९(१) नेपाल विद्युत्‍ प्राधिकरण कर्मचारी सेवा विनियमावली, २०६२ को विनियम ३७ (२)(घ) नेपाल विद्य