निर्णय नं. १६१७ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६१७ - लिखत बदर भाग: २५ साल: २०४० महिना: बैशाख अंक: १ फैसला मिति :२०३९/१२/१० २५७१ निर्णय नं. १६१७ ने.का.प. २०४० अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३८ सालको दे.पु.नं. २२५ फैसला भएको मिति : २०३९।१२।१०।४ मा पुनरावेदीका/वादी : बारा जिल्ला प्रगन्ना चेरवन्त सपही गा.पं.वडा नं.८ बस्ने पसपतिया थरुनीसमेत विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने शर्मानन्द थारु समेत मुद्दा : लिखत बदर (१) तिरो तिरान भई सगोलमा भोगी चर्ची आएको सम्पत्ति निजी आर्जनको भन्न मिलेन । (प्रकरण नं. १६) पुनरावेदीकातर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला न्या.त्रिलोकप्रताप राणा १. प्रस्तुत मुद्दा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य निम्नअनुसार छ । २. विपक्षी बेचत चौधरीले हामीलाई थाहा खबर नदिई हाम्रो मञ्जूरी नलिई विपक्ष शर्मानन्द रायलाई (साविक पेज नं. १७) रू.१२०००। मा सपही गा.पं.वार्ड नं.८ को कि.नं.६९ को ०–८–० र कि.नं.५१ को ०–९–० समेत सम्पूर्ण १–१७–० जग्गा २०३०।८।१३ मा राजीनामा लेखिदिएको विपक्षी शर्मानन्दले रजिष्ट्रेशन पारित गराई पाउँ भनी नालेस गरी ०३१।८।२४ मा पारित गराई लिएको कुरा ०३१।११।२९ गते थाहा पाई फिराद गर्न आएको छु राजीनामा गरी दिएको ज.वि.१–१७–० मध्ये आधा ०–१८–१० मा पसपतियाको र ज.वि.०–१८–१० मध्ये विगाहा ०–९–५ मा कल्पितयाको हकको लिखत बदर गरी हामीहरूका नाउँमा दर्ता गरिपाउँ भन्ने समेत फिरादपत्र । ३. वादीहरू र प्र.बेचत मिली जग्गा हात लगाउन फिराद गरेको हो, लिखत बदर हुनुपर्ने होइन भन्ने समेत शर्मानन्दको प्रतिउत्तर । ४. प्रतिवादी बेचनले प्रतिउत्तर नफिराई शुरू म्याद गुजारी बसेको । ५. पारित भएको मितिले ३५ दिन भित्र उजूरी नदेखिनाले वादीहरूको मञ्जूरी लिई बिक्री व्यवहार भएको मान्नु पर्ने स्थिति देखिँदा ४ खण्डको ३ खण्ड लिखित बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत बारा जिल्ला अदालतको ०३३।९।१२ को फैसला । ६. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादीहरूको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदन । ७. पुर्खौली सम्पत्ति बेचबिखन भएको भन्ने सबूत प्रमाण पेश नभई वादी दावी अनुसार लिखत बदर गरी पाउन नसक्ने हुँदा शुरू जि.अ.बाट वादी दावी अनुसार लिखित बदर गरी पाउने ठहर्दैन भनी गरेको फैसला सदर हुने ठहर्छ भन्ने समेत नारायणी अञ्चल अदालतको २०३९।३।९।५ को फैसला । ८. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीहरूको निवेदन परेकोमा अंशबण्डाको १९ नं.को विपरीत र लेनदेन व्यवहारको १० नं.को प्रत्यक्ष कानुनी त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएकोछ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३७।१२।१०।५ को आदेश । ९. नारायणी अञ्चल अदालतको फैसलामा कानुनी त्रुटि नदेखिँदा केही परिवर्तन गर्नुपर्ने भएन। इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३७।२।६।२ को फैसला । १०. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीहरूको निवेदन परेकोमा अंशबण्डाको १९ तथा लेनदेन व्यवहारको १० नं.समेतको त्रुटि भएको देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।५।१७।४ को आदेश । ११. पुनरावेदीकाहरूको